शरीरका फोकाफोकीबाट मुक्ति पाउने घरेलु उपाय – Janata Live
  • Sunday, February 5, 2023

शरीरका फोकाफोकीबाट मुक्ति पाउने घरेलु उपाय

  • जनता लाइभ
  • असार ०८, २०७६

शरीरका फोकाफोकीबाट मुक्ति पाउने घरेलु उपाय

शरीरको कुनै भागमा फोका वा पानीफोका आउँदा धेरै पीडा हुन्छ । अनुहारमा फोका आउँदा त सुन्दरता पनि हराउँछ । शरीरमा रगत फोहोर भएमा फोकाफोकी आउने हो ।

यहाँ हामी केही यस्ता घरेलु उपाय बताउँदैछौं जसलाई अपनाएर तपाईं पीडारहित तवरले फोका हटाउन सक्नुहुनेछ ।

तुलसी

रगत सफा गर्न बिहान खाली पेट पाँचवटा तुलसीका पात चुस्नुपर्छ । यसरी रगत सफा भएपछि फोकाफोकीबाट छुटकारा पाइन्छ ।

मूलाको बिउ

मूलाको बिउलाई पानीमा पिँधेर तताउनुस् र फोका आएको ठाउँमा लगाउनुस् । यसो गर्दा फोका पनि ठीक हुन्छ र फोकाका कारण छाला चिलाएको पनि बिसेक हुन्छ ।

नीम

शरीरमा आउने फोकाफोकी ठीक गर्नका लागि नीमका पात, बोक्रा र गेडालाई बराबर मात्रामा पिँधेर लेप बनाउनुस् । अब यसलाई दिनमा चारचोटि फोकामा लगाउनुभएपछि छिट्टो आराम पाइन्छ ।

बेसार

बेसारमा भएका एन्टीइन्फ्लेमेटरी गुणले रगत सफा बनाउँछ । तातो दूधमा बेसार मिसाएर पिउँदा रगत शुद्ध हुन्छ । त्यसअतिरिक्त बेसार र अदुवाको पेस्ट बनाएर फोकामा लगाउँदा पनि फाइदा हुन्छ ।

प्याज

प्याजको एक टुक्रा काटेर फोको उठेको ठाउँमा राख्नुस् र कपडाले बाँध्नुस् । प्याजमा भएको एन्टीसेप्टिक गुणले फोकोलाई छिटो ठीक गरिदिन्छ ।

अनार

अनारको बोक्रालाई पिसेर त्यसमा कागतीको रस मिसाएर फोकोमा लगाउँदा पनि लाभ हुन्छ ।

Loading...
Loading...
Loading...

तौल बढ्न नदिन के खाने, कसरी खाने?

काठमाडाैं- खाना घटाएर वजन घटाउने खोज्छन् धेरैले। तर, यो गलत तरिका हो। किनभने यसो गर्दा शरीरका लागि चाहिने न्युनतम तत्वको...

किन चिलाउँछ हत्केला, कसरी बच्ने?

काठमाडौं- हत्केला शरिरको संवेदनशील अंगमध्ये एक हो। यो सबै भन्दा बढी प्रयोग वा उपयोगमा आउने अंग हो। त्यसैले हत्केला चिलायो...

अमृत तुल्य ज्वानोले यस्ता रोगबाट छुटकरा मिल्छ, ज्वानोका चमत्कारी ९ फाइदा

मौसम परिवर्तनको बेला हुने संक्रमणले मानिसहरू अनेक खालका मौसमी रोगबाट पीडित छन् । यस्तोमा राम्रोसँग तरकारीमा ज्वानोको प्रयोग गर्ने हो...

विस्तारामा पिसाब फेर्ने समस्या छ ? यसाे गर्नुहाेस्

नेपालमा यो समस्या धेरै घरहरूमा देख्न र सुन्न सक्नु हुन्छ । बच्चा बच्चीहरूमा देखिने यो समस्याले एकातर्फ परिवार र आफन्तलाई...

विहान उठ्नु अघि अनिवार्य गर्नुस् यी ३ काम

जीवनमा सफलता र प्रगतिका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो चिन्तन र मनन । चिन्तनको अर्थ समस्याका विषयमा सोंचेर बस्नु भन्ने...

शरीरमा भिटामिन डीको कमी भएको ५ संकेत

अन्य पोषण तत्व झै शरीरमा भिटामिन डीको पर्याप्ता हुन जरुरी हुन्छ। सूर्यको प्रकाश भिटामिन डीको सबैभन्दा ठूलो स्रोत हो। शरिरको...

कुन अवस्थामा स्तन क्यान्सरको जोखिम बढी हुन्छ?

परिचय विकासोन्मुख देशहरुमा स्तन क्यान्सर एउटा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएको छ। स्तनमा भएका कोष कोषिकाहरुमा असामान्य परिवर्तन भई तिनीहरूको...

कफी पिउँदा रोग हैन, मुटु जोगाउँछ

न्युयोर्क- कफी पिउँदा मुटु रोग लाग्नुको सट्टा जोगाउन सकिने एउटा अध्ययनले देखाएको छ । कफीको प्रयोगलाई लिएर केही चिकित्सक र...