गौतम बुद्धको यतिसम्म अपमान गरेपछि… – Janata Live
  • Friday, February 3, 2023

गौतम बुद्धको यतिसम्म अपमान गरेपछि…

  • जनता लाइभ
  • असार ०८, २०७६

गौतम बुद्धको यतिसम्म अपमान गरेपछि…

नयाँदिल्ली । भारतीय सेलीब्रेटी बलिउड अभिनेता आयुष्मान खुरानाकी पत्नी ताहिरा कश्यपले गौतम बुद्धको काखमा बसेको तस्वीर सामाजिक सञ्जालमा राखेकी छन् ।

जसका कारण ती सेलिब्रेटीको भारतभर विरोध मात्र भएन, आफ्नो उक्त हर्कतप्रति उनले माफी नै मागेकी छन् ।

सामाजिक सञ्जालमा ताहिरामाथि भगवानको अपमान गर्ने अनैतिक र मुर्ख महिलाको आरोप लागेको छ । ‘म जानाजान कसैको दुःखको कारण बन्न चाहन्न’, ताहिराले लेखेकी छन्, ‘अन्जानमा मेरो व्यवहारले कसैमाथि परेको दुःखका लागि क्षमा चाहन्छु ।’

विवादमा तानिएपछि उनले तस्वीर हटाएर माफी मागिन् । तर, त्यसको चर्चा अझै सेलाइसकेको छैन । निजी भ्रमणका बेला एक रिसोर्टमा पुगेकी ताहिराले त्यहाँ रहेको बुद्धमुर्तिको काखमा बसेर तस्वीर खिचिन् । त्यसलाई उनले इन्स्ट्राग्राममा पोस्ट गरेकी थिइन् ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

गोप्य विवरण सार्वजनिक गरेको भन्दै क्यानाडेली प्रधानमन्त्रीसँग रिसाए सी जिनपिङ

बाली– चीनका राष्ट्रपति सी जिनपिङले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले गोप्य विवरण चुहावट गरेको आरोप लगाएको छन् । जी २० शिखर...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...