निर्दयी सानीआमा ! जस्ले खान नदिएर दैनिक कुटिरहिन् – Janata Live
  • Friday, February 3, 2023

निर्दयी सानीआमा ! जस्ले खान नदिएर दैनिक कुटिरहिन्

  • जनता लाइभ
  • असार ०८, २०७६

निर्दयी सानीआमा ! जस्ले खान नदिएर दैनिक कुटिरहिन्

बुटवल । बालगायक अशोक दर्जीको गीत, ‘आमा जस्तो ठूलो कोही छैन संसारमा’ भन्ने गीत खुबै चर्चामा छ। तर रुपन्देहीको देवदहमा भने तीनै आमाबाट दुई बालबालिका प्रताडित बनेका छन्। आमा गुमाएपछि आएकी सौतेनी सानीआमाको कुटपिटले आठ वर्षीया सिर्जना सारु र १२ वर्षीया शुशिल सारु प्रताडित बनेका हुन्। छोराछोरीलाई पशु व्यवहार गर्ने आमा डिलमाया सारुलाई प्रहरीले पक्राउ गरेको छ।

दुई वर्षअघि दुई सन्तान छाडेर डिलमायाले सिर्जना र शुशिलका बाबु जीतबहादुरसँग दोस्रो बिहे गरेकी थिइन। जब घरमा सानाीआमा भित्रिइन् यी दुई बालबालिकाका कष्टका दिन सुरु भए। आमाले कहिल्यै माया त गरिनन् नै खानसमेत दिइनन्। बाबु विदेश भएका कारण उनीहरुले कसैलाई भन्नसमेत सकेनन्।

विनाकारण दैनिक कुटिइरहने दाजुबहिनीको पीडा विद्यालयका शिक्षकहरुले पत्तो पाएका छन्। शुक्रबार विद्यालयमा झोक्रिएर बसेका सुशिललाई शिक्षकले कारण सोधे तर बताएनन्। सीता मावि चरङ्गेका शिक्षक लेखनाथ थापाले ढाडमा के छोएका थिए शुशिल ऐया आमा भनेर चिच्याए। ‘सर्ट निकालेर हेर्दा ढाडभरी नीलडाम र चोट थिए’ उनले भने ‘सानी आमाले कसैलाई भनिस भने कुट्छु भन्ने धम्की दिएकाले उनले बोल्न सकेनन्।’

शिक्षकले कुटिएर सख्त घाइते देखेपछि बहिनी सिर्जनालाई सोधे। उनको पनि शरीरको विभिन्न अंगमा नीलडाम थिए। ‘दाजुबहिनी नै कुटिएको देखेपछि छिमेकीलाई सोधीखोजी ग¥यौं’ शिक्षक थापाले थपे, ‘घरकै सानीआमाले पिटेको भन्ने रहस्य खुल्यो।’ शिक्षकले प्रहरीलाई खबर गरी दाजुबहिनीको उद्धार गरे।

छोराछोरी कुट्ने डिलमाया सारुलाई प्रहरी पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले बताए। ‘उजुरीका आधारमा आमालाई पक्राउ गरेर अनुसन्धान थालेका छौं’ उनले भने, ‘बालबालिकामाथि कठोर रुपमा कुटिएको छ।’ पीडित दाजुबहिनीको लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य परीक्षण गरी उनीहरुको फुपुको घरमा पठाइएको उनले बताए।

सानीआमा डिलमायाले दाजुबहिनीलाई खानसमेत नदिने गरेको छिमेकीले बताएका छन्। शुसिलले पानीसँग रोटी खान दिने तर त्यही पनि पेटभरी नदिने गरेको बताए। ‘सँधैजसो कालो पाइपले कुट्नुहुन्छ। खाना खान पाइदैन। खाना दिँदा बङगुरलाई खुवाउन ल्याएको बिग्रिएको ब्रेड पानीसँग खानुपर्छ’ दाजुबहिनीले भने, ‘कहिले चिउरा पानीसँग खाएर सुत्छौ, कहिले त चिउरामा रक्सी हालेर जबरजस्ती त्यसैसित खान लगाउनुहुन्छ नखाए पाइपले पिटनुहुन्छ, गाउँका कसैसँग बोले दिनभरी घाममा उभ्याएर राख्नुहुन्छ।’

सिर्जना दुई वर्षकी हुँदा उनकी आमाले दोस्रो बिहे गरेर गएकी थिइन्। फुपुकोमा हुर्किएका उनीहरु दुई वर्षअघि मात्रै बाबुको घर फर्किएका थिए। घटनास्थलमा पुगेकी मानवअधिकारकर्मी रिमा बिसीले अमानवीय तवरले बालबालिकामाथि कुटपीट भएको बताइन्। ‘कुटपिट गर्ने, खान नदिने, चर्को घाममा दिनभर बाहिर राख्ने गरेको भेटियो’ उनले भनिन्। बिहिबार मात्रै उनीलाई पानीको पाइपले निर्घात कुटेको पाइएको छ।

पटक–पटक सम्झाउँदा पनि डिलमायाको व्यवहार नसुध्रिएको स्थानीय आशा पुनले बताइन। दाजुबहिनीलाई पिटेको देख्दा छिमेकीहरु आफै सहन नसकेर रुँदै घरभित्र बस्ने गरेको अर्की छिमेकी सीता थापाले बताइन्। टोलविकास संस्थालेसमेत छोराछोरी नकुट्न आग्रह गरेको थियो। संस्थाका अध्यक्ष ओमबहादुर रानाले बालबालिकाले न्याय पाउनुपर्ने बताए। यो समाचार आजको अन्नपूर्ण पोस्टमा छ ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

भाइटीकाको साइत कुन देशमा कतिबजे ?

काठमाडौं– यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा जुरेको छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले यस वर्षको...