एक सातामा ५ महिलाले दिए सुईजस्तै तिखो चीजले घोचेको उजुरी – Janata Live
  • Wednesday, February 8, 2023

एक सातामा ५ महिलाले दिए सुईजस्तै तिखो चीजले घोचेको उजुरी

  • जनता लाइभ
  • असार ०८, २०७६

एक सातामा ५ महिलाले दिए सुईजस्तै तिखो चीजले घोचेको उजुरी

काठमाडौं । अज्ञात व्यक्तिले सुईजस्तै तिखो चीजले आफूलाई घोचेको भन्दै पछिल्लो एक सातामा पाँच महिलाले उजुरी दिएका छन्। प्रहरीका अनुसार सबैजसो घटना कालीमाटी ढल्लु क्षेत्रमा राती ९ देखि १० बजेको अबधिमा भएको छ ।

पाँचैवटा घटनामा पैदल हिँडिरहेका बेला मोटरसाईकलमा आएका अज्ञात व्यक्तिले सुईजस्तै तिखो बस्तुले घोच्ने र फरार हुने समान प्रवृत्ति देखिन्छ।सुईजस्तै बस्तुले घोचिएका भनिएका युवतीमध्ये तीन जना स्वास्थ्य परीक्षणका लागि शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पताल टेकुमा समेत पुगेका छन्।

अस्पतालका निर्देशक डा. बासुदेव पाण्डेले अहिलेसम्म केले घोचिएको हो भन्ने निष्कर्ष ननिस्किएको बताए। महानगररिय प्रहरी वृत्त स्वयम्भूका डिएसपी लालध्वज सुवेदीका अनुसार नयाँ घटना बाहिर आउन थालेपछि पुराना घटना पनि प्रहरीमा आउन थालेका छन्।

स्वयम्भू वृत्तमा जेठ २० र २९ गते भएको घटनालाई लिएर भर्खरै उजुरी परेको छ। एक युवतीले आफू श्रीमानसँग हिँडिरहेको बेला मोटरसाईकलमा आएको मान्छेले सुईजस्तै तिखो चीजले घोचेर बेपत्ता भएको प्रहरीलाई बताएकी छन्।यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ – सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९...