फेसबुकमा जिस्क्याउनेलाई ५ वर्ष जेल र १५ लाख जरिवाना हुने कानून पारित गर्ने तयारी – Janata Live
  • Friday, February 3, 2023

फेसबुकमा जिस्क्याउनेलाई ५ वर्ष जेल र १५ लाख जरिवाना हुने कानून पारित गर्ने तयारी

  • जनता लाइभ
  • असार ०७, २०७६

फेसबुकमा जिस्क्याउनेलाई ५ वर्ष जेल र १५ लाख जरिवाना हुने कानून पारित गर्ने तयारी

काठमाडौं । सरकारले ल्याएको सूचना तथा प्रविधि विधेयक सामाजिक सञ्जालमा बढ्दो मात्रामा देखिएको उच्छृंखल गतिविधि नियन्त्रण गर्न ल्याइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बताएका छन् । सरकारले सामाजिक सञ्जाल प्रयोगकर्ताले सभ्यताविपरीतका शब्द प्रयोग गरेकाले त्यसलाई नियन्त्रण गर्न विधेयक ल्याएको हो ।

सरकारले प्रतिनिधिसभामा दर्ता गरेको सूचना प्रविधि विकेयकमाथि संसद्को विकास तथा प्रविधि समितिमा छलफल भइरहेको छ । समितिमा छलफलका लागि शुक्रबारको बैठकमा उपस्थित भएका मन्त्री बाँस्कोटाले विधेयकप्रति आपत्ति मान्न नपर्ने सांसदलाई बताएका छन् । उनले सरकारले ल्याएको विधेयकमा भएका व्यवस्था सामाजिक सञ्जालमा प्रयोग भएका अमर्यादित विषयमा आकर्षित हुने बताए । प्रतिनिधि सभामा हाल विचाराधीन रहेको सूचना प्रविधि विधेयकले सामाजिक सञ्जाल प्रयोगकर्तालाई कस्ने प्रावधान राखेको छ ।

सामाजिक सञ्जालमा कुनै व्यक्तिलाई निरन्तर जिस्क्याउने, झुक्याउने, होच्याउने, हतोत्साही गर्ने, हप्काउने गरी कुनै कुरा लेखे पाँच वर्ष जेल १५ लाख जरिवाना वा दुवै सजायको प्रावधान छ ।

सरकारले यो प्रावधान उचित रहेको तर्क गर्दै आएको छ भने प्रतिनिधि सभामा रहेका नेकपाका सांसदले यो प्रावधानसहित कानुन बनाउनुपर्ने पक्षमा छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सांसद भने यो व्यवस्थाले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामा हनन हुने शंका व्यक्त गरिरहेका छन् । यो खबर आजको राजधानी दैनिकले छापेको छ ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

भाइटीकाको साइत कुन देशमा कतिबजे ?

काठमाडौं– यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा जुरेको छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले यस वर्षको...