आमा मारिइन्, बाबु फरार, सन्तानलाई कुपोषण – Janata Live
  • Wednesday, February 8, 2023

आमा मारिइन्, बाबु फरार, सन्तानलाई कुपोषण

  • जनता लाइभ
  • असार ०७, २०७६

आमा मारिइन्, बाबु फरार, सन्तानलाई कुपोषण

काठमाडौं । सरकारले बालबालिकामा हुने कुपोषण रोक्न ठूलो लगानी गरेको छ तर सम्बद्ध व्यक्तिमा त्यो पुग्न नसक्दा लगानी प्रभावकारी बन्न सकेको छैन। वीरगन्ज महानगर २३ प्रसौनीकी डेढ वर्षीया बालिका कुपोषित भेटिनु त्यसैको उदाहरण हो।

आमा गुमाएकी सुन्दरमाला दासमा चरम कुपोषण रहेको पाइएको छ। बुबाले आमाको हत्या गरेर फरार भएपछि दासले पोसिलो आहार पाइनन्। सुन्दरमालाका ३३ वर्षीय बुबा पन्नालालले ३० वर्षीया पत्नी अञ्जुलाई वैशाख ६ गते कुटपिट गरी हत्या गरेका थिए।

घटनापछि फरार उनी प्रहरीको खोजी सूचीमा छन्। ७० वर्षीया हजुरआमा शोशिला दासको पालनपोषणमा हुर्किरहेकी सुन्दरमालाको तौल साढे ५ किलो मात्र छ। औसतमा डेढवर्षका बालबालिकाको तौल ११ किलो वा त्यसभन्दा बढी हुन्छ। अति कमजोर सुन्दरमाला हिँडडुल परको कुरा, राम्ररी बस्नसमेत सक्दिनन्। उनको टाउको ठूलो छ भने शरीर पातलो छ। करङ र शरीरका अन्य हड्डी प्रस्ट देखिन्छन्।

दासका बाबु बेपत्ता भएपछि परिवारको बिजोग छ। पन्नालालका सुन्दरमालाबाहेक थप ३ छोराछोरी छन्। १० वर्षीय छोरा रञ्जन, पाँच वर्षीया छोरी रुक्मिणी र ३ वर्षीय छोरा साजनसहितको परिवारको बोझ एकल तथा वृद्धा शोशिलाका काँधमा छ।खेतीपाती नभएको तथा आम्दानीका स्रोत पनि नभएकाले उनलाई घर चलाउन धौधौ छ। छुट्टिई बसेका जेठा छोरा देवशरणले केही मद्दत गरे पनि उनकै ९ जनाको ठूलो परिवार छ।

ज्यालामजदुरी गर्दै आएका उनलाई पनि दुई घर एकसाथ चलाउन हम्मेहम्मे छ। नातिनीले पोसिलो खाना र आमाको दूध खान नपाएकाले कुपोषित भएको शोशिलाले बताइन्। यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

भाइटीकाको साइत कुन देशमा कतिबजे ?

काठमाडौं– यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा जुरेको छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले यस वर्षको...