सुकुम्बासीका ‘हिरो लिडर’ थिए पौडेल, आखिर किन मारिए ? – Janata Live
  • Friday, February 3, 2023

सुकुम्बासीका ‘हिरो लिडर’ थिए पौडेल, आखिर किन मारिए ?

  • जनता लाइभ
  • असार ०६, २०७६

सुकुम्बासीका ‘हिरो लिडर’ थिए पौडेल, आखिर किन मारिए ?

काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सलार्ही जिल्ला इन्चार्ज तथा जनकपुर ब्युरो सदस्य कुमार पौडेललाई प्रहरीले नियन्त्रणमा लिइसकेपछि हात र टाउकोमा गोली प्रहार गरी हत्या गरेको तथ्य सार्वजनिक भएको छ । प्रहरीले भिडन्त भएको बताएपनि उनको गैरन्यायिक हत्या भएको पाइएको छ ।

विप्लव समुहको दाबीलाई टेवा पुग्ने फोटो सार्वजनिक भएको छ । विप्लव नेकपाका अनुसार सर्लाहीको लालबन्दी नगरपालिका वडा नं १ लखन्तीमा उनलाई नियन्त्रणमा लिएर सुरुमा दुइटै हात भाँचेको (दायाँ हात दुइ -दुइ ठाउँमा जुन तलको फोटोमा) देख्न सकिन्छ । त्यसपछि टाउकोमा गोली प्रहार गरी हत्या गरिएको र पछि प्रहरी आफैले उनको हातमा पेस्तोल राखिदिएको दाबी विप्लव नेकपाले गरेको छ ।

घटनास्थलबाट प्राप्त तस्विर यस्तो छ ।

फोटो: सञ्चार केन्द्र

उनको हत्या गरिएपछि प्रहरी आफैले केहि समयपछि उक्त स्थानबाट पौडेलको शव उठाएको थियो । त्यसपछि उनको शवलाई गाउँलेले थाहा नपाउँने गरि जिल्ला अस्पताल मलंगवातर्फ लगिएको थियो । उक्त स्थानमा पछि पत्रकारहरु पुग्दा रगत बगेको मात्र देखिएको थियो ।

बिहिबार दिउसो विप्लवका कार्यकर्तासँग भिडन्त भएको समाचार प्रहरी आफैले सार्वजनिक गरेको थियो । प्रहरीको दाबी अनुसार उनको साथबाट पेस्तोल बरामद भएको छ । तर, विप्लव नेकपाका अनुसार प्रहरीले उनको हत्या गरिसकेपछि प्रहरीले आफ्नै पेस्तोल उनको हातमा राखेको थियो ।

स्थानीयका अनुसार त्यहाँ कुनै भिडन्त भएको थिएन र गोली चलेको आवाज पनि सुनिएको थिएन् । उनलाई गिरफ्तार गरिसकेपछि एकान्तमा लगेर हत्या गरिएको स्थानीय बताउँछन् । तर प्रहरी भने दोहोरो भिडन्तमानै मारिएको दाबी गरिरहको छ ।

प्रहरीको एउटै जवाफ छ ‘सुरक्षा जाँच गर्न खोज्दा विप्लवका जिल्ला इन्चार्जले प्रहरीमाथि गोली चलाए, त्यसपछि प्रतिकार गर्दा उनी मारिएका हुन् ।’

मृतकका परिवार र आफन्तले घटनाको निष्पक्ष छानविनको माग गरेका छन् । मृतक पौडेलका ७२ वर्षीय बुवा खिलकराज पौडेलले भ्रष्टाचारविरुद्ध लड्दा छोरामाथि गोली प्रहार गरी हत्या गरिएको बताएका छन् ।

‘नेपालमा गणतन्त्र होइन्, लुटतन्त्र आएको छ । लुटतन्त्रमा भ्रष्टाचाविरुद्ध बोल्नेलाई यसरी नै गोली हानेर मारिन्छ ।’ छोराको मृत्युपछि विक्षिप्त बनेका बुबा खिलकराज पौडेलले सञ्चारकर्मीहरुसँग भने, ‘प्रहरीले आफ्नो छोराको दोहोरो भिडन्तमा मृत्यु भएको भन्ने झुठो हल्ला फिँचाएको छ । यसको सत्य–तथ्य छानविन होस् ।’

खिलकराजले घटना भएको दुई दिन भैसक्दा समेत प्रहरीले छोराको शव बुझ्न आउनु भनेर खबर समेत नगरेको उनको गुनासो छ । घटनापछि मृतक पौडेलका बुवाआमा, श्रीमती, दुई छोरा–छोरी र भाईबुहारीसहित घरका सबै सदस्य शोकमग्न छन् ।

प्रहरीको गोली लागेर पौडेलको मृत्यु भएको खबर थाहा पाएदेखि नै श्रीमती कला र छोरी कामना पटक–पटक मुर्छित भइ रुवावासी गरिरहेका छिमेकीले बताएका छन् ।

सर्लाहीबाट एउटा राजनीतिक हत्याको घटना सार्वजनिक भएपछि राजनीतिक बृत्तमा तरंग फैलिएको छ । विप्लव नेकपाले गैरन्यायिक हत्याको बदला एकिकृत जनक्रान्तिमार्फत लिने चेतावनी दिइसकेको छ ।

प्रहरीबाट मारिने पौडेल को थिए ?
विप्लव नेकपाको सर्लाही जिल्ला इन्चार्ज रहेका पौडेल बागमती नगरपालिका धरहराका स्थानीय बासिन्दा हुन् । उनै पौडेलको नेतृत्वमा विप्लव नेकपाका नेता, कार्यकर्ता र प्रहरीबीच केही महिनाअघि पनि सुकुम्बासी बस्ती हटाउने विषयलाई लिएर तनाव उत्पन्न हुँदा प्रहरीले गोली चलाएको थियो । तर, त्यतिबेला भने कुनै मानवीय क्षति भएको थिएन ।

बागमती नगरपालिका धरहरामा सागरनाथ वन परियोजनाको करिब ४ हजार बिघा जग्गा भु-माफियाहरुले कब्जा गर्न खोजे पछी विप्लव नेकपाले कब्जा गरी सुकुम्बासीहरुलाई राखेको थियो । प्रहरीले सो जग्गा खाली गर्ने क्रममा यसअघि पनि गोली चलाएको थियो ।

पौडेल सुकुम्बासीहरुका बीच निकै प्रिय नेता थिए । पौडेलले भू-माफियाहरुबाट जग्गा खोसेर स्थानीयलाई बसालेपछि उनको सामाजिक छवि सकारात्मक थियो ।

घर जग्गा नभएकालाई मूर्तिया क्षेत्रमा जग्गा दिलाउने, घर बनाउन सहयोग गर्ने आदि काममा कुमार सक्रिय थिए । उनको पक्षमा सारा वस्तीनै थियो । कुमारको एक इसारामा ५–७ हजार मानिस तुरुन्त सडकमा आउन तयार हुन्थे ! तर, एक्कासी उनको किन सरकारले हत्या गर्यो गाँउनै शोकाकुल बनेको छ ।

पौडेल नेकपा माओवादी फुटेपछि मोहन वैद्य नेतृत्वको पार्टीमा लागेका थिए । पछि उनी नेत्रविक्रम चन्दले नेकपा बनाएपछि सोही पार्टीको प्रदेश नम्बर २ कै माथिल्लो तहमा थिए । त्यसअघि उनी चुरे भावर पार्टीमा थिए ।

आइए उत्तीर्ण पौडेल सितेरियोका ब्ल्याक बेल्ट समेत हुन् । पूर्व खेलाडीसमेत रहेका पौडेल पहिलेदेखि आँटिलो स्वभावको भएको उनका नजिकका एक आफन्तले बताए ।

मेयरलाई दिइएको थियो कारवाहीको चेतावनी

विप्लव नेकपाले बागमती नगरपालिकाका मेयर भरत थापालाई कारबाही गर्ने चेतावनी दिएको थियो ।

पूर्वमाओवादी मेयर थापाले जनयुद्धकालमा सुराकी गरेको, आर्थिक अपचलन गरेको, भ्रष्टाचार र गुण्डागर्दी गरेको आरोप लगाउँदै जनताले दण्डित गर्ने चेतावनीपूर्ण विज्ञप्ति जारी गरेको थियो । पछिल्लो समय सो नगरपालिकामा प्रहरी सक्रियता बढाइएको स्थानीयले बताए ।

 

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ – सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९...