त्रिवि रजिस्ट्रारको मनपरीः आफ्नो बढुवा आफैंले

काठमाडौं । कर्मचारीले आफ्नो बढुवा आफैं गर्न सक्छन् र रु धेरैको उत्तर हुन्छ– सक्दैनन् । तर त्रिभुवन विश्वविद्यालयमा कर्मचारी आफैंले आफ्नो बढुवा गर्न सक्छन् ।
पदमा बस्यो, नियम आफू अनुकुल बनायो अनि बढुवा भइहाल्यो । लामो समयदेखि त्रिवि यस्तै बेथितिको मारमा गुज्रिरहेको छ ।
त्रिविका तीन रजिस्ट्रार पदमै रहेका बेला सहप्रध्यापकबाट प्राध्यापकमा बढुवा भएका छन् । सहप्रध्यापकबाट प्राध्यापकमा बढुवा भएका रजिस्ट्रार डिल्ली उप्रेती पछिल्ला व्यक्ति हुन् । यसअघि चन्द्रमणि पौडेल र गीताभक्त जोशी आफू अनुकुल नियम परिवर्तन गरेर बढुवा भएका थिए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ।
सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता
काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...