कालिञ्चोक भगवतीको दर्शन गरि राशिफल हेर्नुहोला, भेटी स्वरुप एक सेयर गरौं । तपाईंको मनोकामना पुरा हुने छ । #ॐ: – Janata Live
  • Wednesday, February 8, 2023

कालिञ्चोक भगवतीको दर्शन गरि राशिफल हेर्नुहोला, भेटी स्वरुप एक सेयर गरौं । तपाईंको मनोकामना पुरा हुने छ । #ॐ:

  • जनता लाइभ
  • असार ०४, २०७६

कालिञ्चोक भगवतीको दर्शन गरि राशिफल हेर्नुहोला, भेटी स्वरुप एक सेयर गरौं । तपाईंको मनोकामना पुरा हुने छ । #ॐ:

मेष (चु,चे,चो,ला,ली,लु,ले,लो,अ)सुरुमा आर्थिक उन्माद बढ्न सक्ने सम्भावना छ । विद्वान्जनको सल्लाह लिनु उपयुक्त हुनेछ । कष्टकर यात्राको सम्भावना बलियो रहेको छ । अनावश्यक झन्झटको सामना गर्नुपर्नेछ । बोलीकै कारण आफन्तजनसँग विवाद होला । पढाइमा मन जाने छैन् । कुटुम्बिक सम्बन्धमा सुधार ल्याउन सकिनेछ । उद्यमव्यवसाय एवं पेसागत कामकार्यमा राम्रो पौरख गर्न सकिनेछ । शुक्र मध्याह्नपछि आइतबार मध्याह्नसम्म जनव्यवहारमा सावधानी अपनाउनु उपयुक्त हुनेछ अन्यथा वादविवादको झमेला नपर्ला भन्न सकिन्न ।

वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)धार्मिक क्षेत्रको यात्रा आजका दिनमा सफल देखिन्छ । आफ्ना लागि भन्दा अरुका काम व्यबहारमा समय खर्च गर्नुपर्नेछ । केहि अपजसको सामना गर्नुपर्ला । सुरुमा बढी चाहना गरेको काममा भने केही अड्चन आउन सक्ने देखिएको छ तथापि मानसम्मान प्राप्त हुने, यशकृति बढ्ने तथा गरेको कामबाट सन्तुष्टि प्राप्त हुनेछ । अड्चन निवारणको लागि बंगलामुखीको दर्शनभक्ति गर्नु उपयुक्त हुनेछ । क्रमशः आर्थिक कोषको वृद्धि हुने तथा कार्यमा सफलता हात पार्न सकिनेछ । शारीरिक पराक्रम बढेर आउने र पुरुषार्थ देखाउन सकिनेछ ।

मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)स्वास्थ्य ठिक ठाक हुने हुनाले नविन कार्यको थालनी होला । व्यक्तित्वको चर्चा हुनेछ । सामाजिक काम, व्यबहारबाट सम्मान मिल्नेछ । आर्थिक पक्ष मजबुत देखिन्छ । अलि हौस्याहट बढ्ने र पूर्ण भइसकेको काम बिग्रने हो कि भन्ने डर देखिन्छ । तर पनि समयलाई सकारात्मक मान्न सकिन्छ । व्यावहारिक कर्माभ्यासले सुख समृद्धि र आर्थिक लाभ हुनेछ ।

कर्कट (हि,हु,हे,हो,डा,डी,डु,डे,डो)अध्ययन बढ्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । कामप्रतिको लगनशीलता बढेर जानेछ । आम्दानीका नयाँ स्रोत बढ्नेछन् । व्यबसायमा लाभ मिल्नेछ । पुरुषार्थ वृद्धि हुने र प्रशंसा पनि मिल्नेछ भने आफन्त जनबाट सहयोग मिल्नेछ । कामकार्यमा अवरोध सिर्जना हुने एवं बेचैनी बढ् नसक्नेछ । धैर्यता बुद्धिमानी हुनेछ । शनिबारबाट सुधार आउने र कर्मक्षेत्रबाट लाभ र सफता मिल्नेछ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)उच्चतहसँगको सम्पर्क जोडिने र व्यवसायबाट लाभ मिल्नेछ । सञ्चित धनको नास हुनाले खिन्नता छाउँला । शारीरिक शिथिलताका कारण काम गर्ने जागर लाग्ने छै्न । व्यर्थको भ्रमण हुनेछ । प्रशंसकहरू बढ्नेछन्, सहयोगी मिल्ने हुनाले कार्यमा सफलता हात पार्न सकिनेछ । विशेष कार्यबारे योजना बन्न सक्नेछ । शनिबारबाट भने खर्च वृद्धि हुने, संघर्ष पर्ने र व्यावहारिक कठिनाइ आइपर्न सक्ने सम्भावना छ । भगवान् हनुमान एवं शनिदेवको स्तुति गर्नु शुभप्रद हुनेछ ।

कन्या (टो,प,पी,पु,ष,ण,ठ,पे,पो)धर्म–अध्यात्मतर्फ मन आकर्षित हुनेछ र व्यावासाियक लाभ हुनेछ । अरुको भर विश्वासमा पर्दा धोका मिल्नेछ । परिश्रमको उचित मूल्याङकन नहुँदा काम गर्ने जागर घट्नेछ । साताको सुरुमा बढी चाहना गरेकै काममा विघ्नता आउन सक्नेछ निवारणका लागि गरिब विद्यार्थीलाई सहयोग गर्नु शुभप्रद हुनेछ आइतबारबाट उन्नति–प्रगति, उच्च स्तरसँगको भेट, मनोबल बढ्ने एवं हैसियत र जिम्मेवारी मिल्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ति,तु,ते)घरमा नयाँ चहलपहल छाउनेछ । मानसिक क्षमतामा बृद्धि हुनेछ । व्यबसायमा मनग्य नाफा हुँदा खुसी भईनेछ । स्वास्थ्यमा मन्दता आउन सक्ने तथा दीर्घरोगीलाई बढी कष्ट हुन सक्ने सम्भावना छ । इष्टदेवको भक्तिले कष्ट निवारण गर्न मद्दत हुनेछ । काम कार्यमा क्रमशः सफलता मिल्न थाल्नेछ । कार्ययोजना आदिको बारेमा विचार विमर्श हुने र व्यावसायिक उन्नति भई राम्रो अर्थ लाभ गर्न सकिनेछ ।

वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यु,यी)दाम्पत्य तथा प्रेम सम्बन्धमा प्रगाढता आउने र जीवनसाथीबाट सुख मिल्नेछ भने प्रेमीबाट उपहार मिल्न सक्नेछ । स्वास्थ्य समस्या कायमै रहँला । लहिलहिमा लाग्दा अनावश्यक खर्च हुनेछ । मनोरन्जनमा भुल्दा महत्वपूर्ण अवसर फुत्कनेछ । शत्रु पक्ष सक्रिय हुनेछन् । कामकार्यमा पनि विभिन्न बाधा व्यावधानको सामना गर्न नपर्ला भन्न सकिन्न । शनिबारबाट केही संघर्षको बाबजुत भाग्य एवं धर्मको वृद्धि हुने र व्यावसायिक लाभ हुनेछ । यात्रा हुन सक्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)ज्ञानविज्ञानको क्षेत्र सफल भइनेछ । श्रीलक्ष्मीको कृपा मिल्नेछ । प्रतिस्पर्धा आदिमा सफल हुन सकिनेछ । शारीरिक आरोग्यता एवं कान्तिमा वृद्धि हुनेछ भने शत्रुपक्ष झुक्न आउनेछन् । व्यवसायमा चहलपहल बढ्नेछ । पारिवारिक मनमुटावले दैनिक काम व्यबहारमा असर पर्नेछ । अध्ययनमा रुची लाग्ने छैन् । व्यबसायमा मध्यम लाभ होला । क्रमशः दाम्पत्य तथा प्रेमसम्बन्धमा पनि सुधार आउने र मनोरञ्जनात्मक वातावरण बन्नेछ । शुक्रबार मध्याह्नपछि स्वास्थ्यमा प्रतिकूलता आउन सक्नेछ ।

मकर (भो,जा,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी)मांगलिक कार्यमा सहभागी हुने योग रहेको छ । व्यबसायमा राम्रै होला । आर्थिक लाभ हुने दिन रहेको छ । पराक्रम बढेर जानेछ । विद्याबुद्धि बढ्ने, लेखन तथा अध्ययनमा सफलता मिल्नेछ । अतिथिहरूको सेवासत्कार गर्न पाइनेछ । आरोग्यलाभ तथा कान्तिबृद्धि हुने, लौकिक वचस्व स्थापित हुने, शारीरिक जोश जाँगर बढेर आउने र प्रख्याति बढ्ने छ । शनिबारबाट रंगरस बढ्ने तथा दाम्पत्य सम्बन्ध सफल हुनेछ । यात्रा र व्यावसायिक लाभ हुनेछ । प्रेम पारिखीहरूको लागि दिन उत्तम रहनेछ ।

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)शारीरीक स्फूती बढेर जानेछ । आकस्मिक लाभको योग रहेको छ । बौद्धिक कलाको प्रसंशा हुनेछ । प्रियजनसँगको भेटले खुसीयाली छाउनेछ । परिणाम अपेक्षाकृत नहुन पनि सक्नेछ । तसर्थ कामकार्य एवं बोली व्यवहारमा सजग हुन जरुरी देखिन्छ । तदोपरान्तबाट घमन्डलाई संयम गर्न सकेको खण्डमा अध्ययनमा सफलता मिल्नेछ । रोकिएर रहेको काम अघि बढ्नेछ । क्रमशः अनुकूलता बढ्ने, कामकार्य एवं पेसाको क्षेत्रमा सफलता एवं लाभ मिल्नेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)सुरुमा केही अवरोधको बाबजुत शारीरिक स्पूmर्ति, कार्यमा रुचि र शुभेच्छुकबाट सहयोग मिल्नेछ । महत्त्वपूर्ण कामकार्य सम्पन्न गर्न सकिनेछ । मनोरन्जनात्मक कार्यमा सहभागी भैयला । विपरीत लिंगीको सहयोगले महत्वपूर्ण कार्यमा सफलता मिल्नेछ । सोचेका कार्यहरु एकाएक पुरा हुँदा हर्ष मिल्नेछ । शनिबारबाट भने केही प्रतिकूल ग्रहयोग छ, कामकार्यमा विघ्नबाधा, वादविवाद आदि समस्याको सामाना गर्नपर्ने सम्भावना छ । सोमबारबाट अनुकूलताको क्रम बढ्नेछ । लेखन एवं अध्ययनमा सफल हुन सकिनेछ । आर्थिक लाभ हुनेछ ।

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...