सम्पतीका लागि विवाह : हप्ता दिनमै डिभोर्स गरेर केटी पक्षबाट सम्पती माग्दै धम्की

काठमाडौं । बागलुङ हरिचौरस्थित काशीराम गौतम हिजोआज कहिले गृह मन्त्रालय, कहिले काठमाडौं जिल्ला अदालत त कहिले पुल्चोकस्थित उच्च अदालतमा भेटिन्छन्। बुहारीको माइती पक्षले दिनुसम्म दुःख दिएपछि उनी सुरक्षा र न्याय माग्दै काठमाडौं आइपुगेका हुन्।
५-६ वर्षअघि उनका छोरासँग नाटकीय रूपमा बिहे गरेकी सुस्मिता पौडेलका माइती पक्षले अहिले धम्की दिँदै धनसम्पत्ति माग्न थालेको उनी बताउँछन्। ‘लामो समय विदेश बसियो, यहाँको समाजसँग त्यति घुलमिल हुन पाइएन, छोराको बिहेको कुरा अघि बढ्यो। आफन्तबाटै अघि बढ्यो,’ काशीरामले भने, ‘तर सम्पत्तिको प्रलोभनमा केटी पक्षले नाटकीय बिहे गराएको रहेछ, बिहेको सातरआठ दिनमै केटी पक्षबाट डिभोर्स गर्ने निर्णय भयो, त्यसपछि पैसाको बार्गेनिङ थालियो।’
उनका अनुसार सम्पत्तिको प्रलोभनमा परेर बेहुलाका केही आफन्त र बेहुली पक्षकाले केटीलाई फकाएर ‘नाटकीय रूपमा’ बिेह गर्न लगाएका रहेछन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।
सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता
काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...
प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी
मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...
विजयी सुरुआतसँगै चर्चामा योगेश
गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...
निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था
काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...
जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते
जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...
मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने
काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।
बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत
बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...
भाइटीकाको साइत कुन देशमा कतिबजे ?
काठमाडौं– यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा जुरेको छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले यस वर्षको...