महासमय दिवस – Janata Live
  • Sunday, February 5, 2023

महासमय दिवस

  • अनुवाद- बिष्णु धनञ्जय
  • असार ०३, २०७६

महासमय दिवस

जेठ-मुल-पुण्ण मासी = मूल जेष्ठ पूर्णिमा को माश अथवा महिना अतुलनीय भगवान बुद्धले महासमय सुत्त देशना धर्मोपदेश गर्नु भएको थियो । महासमय भन्नाले महा- सर्बश्रेष्ठ उत्तम, समय- अवसर वा मौका, काल-बेला विशेष महान् अवसर (Special Great Occasion) हो।

बुद्ध भगवान हुनु भैसके पश्चात् जानकारी अनुसार चार बर्षबास को समय कालिन मध्यमप्रदेश कपिलवस्तु र कोलिय ई दुई प्रान्त सीमान्तर संयोजन सहभागी किसान हरु रोहिणी (रोहिनी) नदी पानीको बिषयमा निजनिज् मेरो भाग, मेरो भाग भन्दा भन्दै भनाभन झगडा कलह मच्चिन थाल्यो र कृषकहरुबाट श्रेष्ठीहरु, श्रेष्ठीहरुबाट राज-पुत्रहरु लगायत सैनिक बल पूर्वक शास्त्र अस्त्र गर्दै बिषय बिशाल भै एक एक प्रान्त पक्षको झण्डै महा युद्ध हुनै लागेको थियो। त्यही प्रतिपक्ष को समयमा भगवान गौतम बुद्ध, युद्ध शान्त गर्नको निम्ति आकाश मार्गबाट केश द्वारा गाढा घनघोर कालो अन्धकार रोशनी ढाकेर देखाउँदा सम्पूर्ण लोकधातु नै अन्ध्यारो भयो। त्यस बेलामा दुबै पक्षबाट ठिक लड्न तयारी भएका सबै व्यक्तिहरु डर भयले कँम्पित अफ्शोचमा परेको बेलामा नै, छः प्रकारका रोशनीले फैलाएर सौम्य शान्ति सम्झौताको न्यायिकतालाई अग्र राखेर निम्न प्रकार धेरै पूर्वोदाहरण उपमा उपमेयर दृष्टान्तहरुद्वारा धर्म उपदेश गर्नु भयो।

१. फन्दन जातक = गल्ती शत्रुता को कारणले दुबैको हानि विनाशकारी थियो।

२. दुद्दुभ जातक = पहिरो गयो (भूस्खलन भयो) भनेर चिच्च्याउँदै दगुरेको (दुद्दु गर्ने दुद्दुभायमान शब्द लाई सुनेर) अरुको झूठो कुरालाई पत्यार सित्तैमा धेरैले दुःख पाएका थिए।

३. लट्टुकिक जातक = दुर्बलता भनेर संदेहयुक्त कमजोर ठानी लापरवाही गर्दा आफु बलशाली भएता पनि शत्रुले विजयी प्राप्त गरेको थियो।

४. सम्मोदमान जातक = मेलमिलाप राम्रो सम्झौता हुँदा शत्रुको हातबाट फुत्केर उम्किन पाएतापनि पछि कुरा नमिल्ने, मन नमिल्दो भएर एक आपसमा राम्रो भएको मेलमिलाप टुट्यो र शत्रु (शिकारी) को जालमा परेका थिए।

५. रुक्खधम्म जातक = निर्जीव (निष्प्राण) भएका रुख वृक्षहरु पनि एकजुट समूहमा गठ्ठा स्थिर भएर वायु भय अन्तरायहरुबाट दूर हुन्छन्।

६. अत्तदण्ड = आफुलाई आफैँले सम्झाएर सम्हाल्नु पर्दछ भन्ने सुत्र निकाली भनेर सम्झाउँदै उपदेश दिनु भयो।

माथिका ६ प्रकारका उदाहरणहरुलाई सुन्न पाएर दुबै पक्षका लड्न तयारी भएका योद्धाहरु को क्रोधको अग्नि निभेर शान्तभै शस्त्र अस्त्र हटाई त्यागदिए । उनिहरु को मैत्री स्वभाव जीवित (जागृत) भएर आयो। एक एक पक्षमा २५०, २५० गरि ५०० जना व्यक्तिहरु सासनको दरवार (सीमा) भित्र प्रवेश भएर भिक्षु धारण गरे।

ती भिक्षुहरुले आफ्ना घरमा रहेका पत्नीहरु लाई सम्झेर, झझल्को याद गर्दै सम्झनामा आएर सासन भित्र रमाउन नसक्ने भैरहेका हुनाले भगवान बुद्धले उनिहरु को मन लाई जान्नु भै शक्तिद्वारा आकाश मार्गबाट हिमालय भित्रको रमणीय वन कुणाल पोखरीमा लगेर कुणाल पंक्षी को महाकुणाल जातक उपदेश गर्नु भयो। धर्म उपदेशको अन्तिममा सम्पूर्ण ५०० वर्गिय भिक्षुहरु नै ऋद्धि प्राप्ति स्रोतापन्न हुनु भयो।

भगवान बुद्ध ५०० वर्गिय भिक्षुहरु सहित वहाँहरु आफुले प्राप्त गर्नु भएको ऋद्धि शक्ति द्वारा आफैँ आकाश मार्ग बाट कपिलवस्तु को नजिक महावन भगवान कहाँ पाल्नु भै, भगवान द्वारा वहाँहरु लाई कर्मस्थान दिनु भयो। जेष्ठ पूर्णिमामा आगेपछि सम्पूर्ण ५०० वर्गिय भिक्षुहरु अरहत्त फल मा पुग्नु भयो। ५०० वर्गिय भिक्षुहरुले आँफुले प्राप्त गरिएको पदलाई भगवान बुद्धलाई बिन्ति बिसाउन भनेर जेष्ठ पूर्णिमाको साँझ पख जम्मा भएर पाल्नु भयो।

यसरी असामान्य कहिल्यै नदेखेको बिशेषज्ञ उल्लेखनीय संघ सम्मेलन महा सभा वहाँ संघहरु को जमात समूह (बैठक-सभा) लाई देखेर आमन्त्रणा नभए तापनि, श्रद्धा पूर्वक दर्शन गर्न चाहने इच्छा भएका सम्पूर्ण ब्रह्मा, देवता, असूर, गरुड, नाग आदि देवताहरु महावनलाई गठ्ठ एकत्रित जम्मा हुँदै आए। दश हजार चक्रवल बाट अनगिन्ती भएका थरी थरीका धेरै प्रकारका झुण्ड झुण्ड नाना देवता ब्रह्माहरु पनि थुप्रो टोली टोली विशाल जमात का साथ जम्मा भए। कुनै सुद्धवास ब्रह्मा लोकबाट अनागामी, अर्हन्त ब्रह्मा जी हरु, समापत्ति ध्यान प्रवेश गर्नु भएको ठाउँबाट उठेर वहाँहरु निबास गर्ने लोकको ठाउँमा हेर्दा निःशब्द चुपचाप मौन भएको लाई देख्दा अन्य एउटा ब्रह्माहरु पनि नभए जति थियो। सबै महावन महासमय सभामा उपस्थित भेला भैसकेका रहेछन् भन्ने बुझ्दा खेरी वहाँहरुको अबेर ढिला भैसकेको देखेर सभा भेट्ने गरि छिटो आउनुस्, बेगले जल्दै आउनुहोस् बस्ने ठाउँ छैन भनेर चक्रवलको अन्तिम पर्खाल टाँस्सिदै बस्नु परेको थियो। जग्गा (बस्ने ठाउँ) पाउन कठिनाइ भएको थियो।

सियो को टुप्पो जति ठाउँमा पनि देव(ब्रह्मा (१०, २०, ३०, ४०, ५०, ६०, ८०, शुक्ष्म शरीर धारण गरेर जम्मा भएका थिए। चक्रवलको पर्खाल सम्म पूर्ण चूली खाँदाखाँद भरि भराउ थियो। सम्पूर्ण अर्हन्त ५०० वर्गिय भिक्षुहरु सहित र टोकरी भित्र पीठो टप्प भरिएको जस्तै उदाहरणार्थ रुपमा धेरै खाँदाखाँद देव(ब्रह्मा हरु भरिएका हुँदा, भब्य रुपमा परिषद्सभा बैठक समारोह मनाइएको दिवस भएको हुनाले “महासमय” भनिएको हो।

गनेर नसक्ने अनगिन्ती देव-ब्रह्माहरु भित्र कुनै देवताहरुले सोचेँ ! यति धेरै मात्रामा भरिएका सबै देवता आदिहरुलाई भगवानले जान्न सक्नु हुन्न अरे। ई देवताहरु ले उनिहरु आएको कुरालाई भगवान लाई जानकारी दिन इच्छा भएको चित्तलाई भगवानले जान्नु भएर उनिहरुको इच्छा पुर्ती सन्तुष्टि प्रशन्नताका लागि सुन्न खोज्ने देवता-ब्रह्माहरुको झुण्ड-समुदाय अथवा टोली+दल group हरुको एक एक नाम वंशावली (नामाङ्कित) सूचीलाई घोषणा गर्दै भनेर बताउँदै बैठकमा उपस्थित सबैलाई यो कुराको परिचित गराई दिनु भयो। त्यही देवतापीय (देवता प्रिय) नामावली सुची घोषित बिषय जोडेर संगायनामा उल्लेखित अभिलेख “महसमय सुत्त” भनी भएर आयो।

यो जेष्ठ पूर्णिमा महावन बैठकमा उपस्थित महासमय सभा मा जम्मा भएका देव-ब्रह्माहरु लाई भगवान बुद्धले-

१. राग बाक्लो भएका समूह, टोली

२. दोष धेरै बलशाली भएका टोली

३. मोह ज्यादै बडि भएका टोली

४. श्रद्धा बल राम्रो भएका टोली

५. वितर्क धेरै बलशाली भएका टोली

६. प्रज्ञा धेरै बलशाली भएका टोली

भनेर ६ समूहको भाग लगाउनु भै, ६ समूहलाई सउचित धर्म देशना ६ पदलाई प्रश्नोत्तर गरेर उपदेश गर्नु भयो।

अतुलनीय भगवान बुद्धले प्रश्न गर्नु भएको मा उत्तर दिन सक्ने नभएका हुनाले भगवानको ठाउँमा प्रतीक प्रतिनिधी “निम्मित” एक बुद्ध उत्पत्तिहेतु खडा गर्नु भयो ।

भगवान बुद्धले स्वयं प्रशन गरेर उत्पत्तिहेतु खडा गर्नु भएको निम्मित रुपले उत्तर दिनु हुन्थ्यो। अहिलेको आधुनिक युगमा मानिषले सोधेको प्रश्नको जवाफ कम्प्युटर यन्त्रले उत्तर दिए जस्तो होइन। उत्पत्तिहेतु प्रकट रुप र भगवान छुट्याउन नसक्ने गरि एउटै प्रकारको सम रुप विराजमान हुनु हुन्थ्यो। जस्तै कि- दुई बुद्ध उत्पन्न हुनु भएको छ अथवा अर्को चक्रवलबाट अर्का भगवान बुद्ध पाल्नु भएको छ।

महासमयको उत्तम महान बिशेषज्ञ रुपरेखा नै हो। जिवित भगवान बुद्धको छः प्रकारका रोशनी निम्मित भगवान बुद्धका छः प्रकारका रोशनीहरु मिश्रण भएर चक्रवलको चरम बिन्दु तर्फ तिब्र गतिमा छेऊ बाट दौडिंदै आठौँ दिशा स्नाथानुन्मुखलाई ढाकेर माथि अकनिट्ठ सम्म उज्ज्वल फैलिएको थियो।

जिवित भगवान बुद्ध र निम्मित भगवान बुद्धहरु आमने-सामने बसेर प्रश्नोत्तर गरेर जिवित भगवान बुद्धले प्रश्न गर्नु भएको जतिलाई निम्मित (निर्मित) भगवान बुद्धले उत्तर दिँदै धर्म देशना ६ पद अथवा ६ सुत्रहरु भए।

१. राग चरित्र (पुद्गलिकभाव अथवा व्यक्तित्व) स्वभाव भएका देव-ब्रह्माहरुको निम्ती सम्मापरिब्बाजनिय सुत्र देशना उपदेश गर्नु भयो।

२. दोष चरित्र स्वभाव भएका देव-ब्रह्माहरुको निम्ती कलहविवाद सुत्र देशना उपदेश गर्नु भयो।

३. मोह चरित्र स्वभाव भएका देव-ब्रह्माहरुको निम्ती महाब्यूह सुत्र देशना उपदेश गर्नु भयो।

४. वितर्क चरित्र स्वभाव भएका देव-ब्रह्माहरुको निम्ती चूलब्यूह सुत्र देशना उपदेश गर्नु भयो।

५. श्रद्धा चरित्र स्वभाव भएका देव-ब्रह्माहरुको निम्ती तुवट्ठ सुत्र देशना उपदेश गर्नु भयो।

६. प्रज्ञा चरित्र स्वभाव भएका देव-ब्रह्माहरुको निम्ती पुराभेद सुत्र देशनाहरु एकै दिनमा उपदेश गर्नु भयो।

यसरी महासमय सुत्र धर्म देशना लाई उपदेश गर्दा दश हजार चक्रवल मा देव-ब्रह्मा एकलाख करोडौँ (लाखौँ कोटि) मुक्त छुट्कारा पाएर अरहत्त फल तर्फ पुगेका थिए। स्रोतापत्ति फल, सकृदागामी फल, अनागामी फल प्राप्त गर्नेहरु असंख्य अनगिन्ती को रुपमा थिए।

जेष्ठ पूर्णिमा को दिन विशेषज्ञहरु मध्ये

१. किसानहरु पानीको निजनिज् बिषयमा उठेको कलह वैरभावको झगडा सुल्झीयो ।

२. कपिलवस्तु र कोलिय दुई सीमान्त पक्ष युद्ध गर्ने भयबाट छुट्कारा पाएर सम्झौता र शान्ति प्राप्त भएको थियो।

३. पाँच सय राज-पुत्रहरु सासनको सीमा भित्र प्रवेश भएर भिक्षु धारण गरेको दिन थियो।

४. पाँच सय भिक्षुहरुले नै अर्हन्त फल प्राप्त गर्नु भएको दिन थियो।

५. देवता, ब्रह्मा, असूर, गरुड, नागहरु र भिक्षुहरु एक साथमा एकत्रित जम्मा उपस्थित भएको दिन थियो ।

६. महासमयको बिषय बनेर गरुड र नागहरु बिचको वैरीभाव हटेर मैत्रीभाव जागरुकता भै आश्चर्यचकित बिशेष अत्युत्तम दिन थियो ।

७. निर्मित र प्रकृति भगवान बिचको प्रश्नोत्तर धर्मोपदेश भएको दिन थियो।

९. महासमय बिषय सम्बन्धित ७ प्रकारका सुत्र लाई उपदेशलाई देशना गर्नु भएको दिन थियो।

९. भिक्षुणी सासनमा आरम्भिक प्रवेश गर्नु भएको बिशेष दिन थियो ।

यस बिशेषज्ञलाई आरम्मण लिएर बुद्ध वंशावलीहरुले जेष्ठ पूर्णिमाको दिन महासमय दिवस (पर्व) लाई चिह्न प्रतीकत्वद्वारा उत्सव मनाउँने गर्दछन्।अनुवाद- बिष्णु धनञ्जय

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...