त्रिवि सेवा आयोगमा भ्रष्टाचार : प्रश्नपत्र निर्माणदेखि नतिजासम्मै चलखेल – Janata Live
  • Friday, February 3, 2023

त्रिवि सेवा आयोगमा भ्रष्टाचार : प्रश्नपत्र निर्माणदेखि नतिजासम्मै चलखेल

  • जनता लाइभ
  • असार ०३, २०७६

त्रिवि सेवा आयोगमा भ्रष्टाचार : प्रश्नपत्र निर्माणदेखि नतिजासम्मै चलखेल

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले सञ्चालन गरेको खुला परीक्षामा अनियमितता भएको पाइएको छ। प्रश्नपत्र निर्माणदेखि नतिजा प्रकाशनसम्म चलखेल भएको पाइएको हो। आयोगले नियम मिच्दै एकलौटी तरिकाले प्रश्नपत्र निर्माणदेखि नतिजा निकालेको पाइएको हो।

परीक्षा प्रक्रियामा लोकसेवा आयोगका एक जना सदस्यको अनिवार्य उपस्थिति हुने प्रावधान छ। तर, लोकसेवा आयोगका सदस्य ब्रह्मदेव रायले त्रिविको परीक्षा प्रक्रियामा आफूलाई औपचारिकता निभाउन मात्रै बोलाइएको बताए। उनले भने, ‘मन लागेपछि बोलाउने, मन नलागेपछि नबोलाउने काम भएको छ। लोकसेवा आयोगको अनुभवका आधारमा जानुपर्छ भन्दा पनि सल्लाह नमानेको पाएँ।’

प्रश्नपत्र बनाउनेदेखि परीक्षणसम्मको गोपनीयतामाथि प्रश्न चिह्न उठेको स्रोतले बताएको छ। आयोगले प्रकाशन गरेको लिखित परीक्षाको नतिजामा आयोगका पदाधिकारी र सत्तारुढ दलका नेताका नातेदारहरूको नाम निस्किएको भन्दै तीव्र विरोध भएको थियो। यसैबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिवि सेवा आयोगले लिएको परीक्षा सन्दर्भमा भइरहेको छानबिन अन्तिम चरणमा पुगेको जनाएको छ ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले अनियमितता देखिए प्रमाणसहित अदालतमा जाने बताए। यो खबर आजको राजधानी दैनिकमा छ ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ – सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९...