गृहले बदल्यो निर्णय- भारतीय गाडीमा शंका लागे प्रहरीले जुनसुकै समय र स्थानमा चेकजाँच गर्न सक्ने

काठमाडौं । गृहमन्त्रालयले जेठ २ देखि भारतबाट नेपाल भित्रिने गाडी गृहको पत्रमा नियामक निकायको अनुमति र समन्वयबिना नरोक्न आदेश जारी गरेको थियो । तर गृहले अहिले सो निर्णयको बचाउ गरेको छ ।
भारतबाट नेपाल भित्रिने मालवाहक गाडी चेकजाँच गर्दा ट्राफिक प्रहरीले दुःख दिने गरेको गुनासो आएको भन्दै चेकजाँच नगरेरै नेपाल छिर्न दिन गृहमन्त्री रामबहादुर थापाले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्देशन दिएका थिए ।
तर अहिले गृहले भारतबाट भित्रिने मालवाहक गाडीमा शंका लागे प्रहरीले जुनसुकै समय र स्थानमा चेकजाँच गर्न सक्ने गृहमन्त्रालयले जनाएको छ । गृहले कुनै मालवाहक सवारीसाधनमा गैरकानुनी ओसारपसार भएको शंका लागेमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलगायत अन्य सम्बद्ध निकायले रोक्न र जाँच गर्न सक्ने बताएको हो ।
झापा, मोरङ, सुनसरी र सप्तरीलगायत तराईका २२ जिल्लाहुँदै उद्योगका लागि कच्चा पदार्थ बोकेर नेपाल भित्रिने एवं मालवाहक गाडीहरुलाई गृहको पत्रमा नियामक निकायको अनुमति र समन्वयबिना नरोक्न भन्दै मन्त्रालयस्तरको विज्ञप्ती जारी गरेको थियो । जुन निर्णयले सीमा क्षेत्रमा अवैध सामान ओसारपोसार गर्न सजिलो हुने वातावरण सिर्जना भएको सीमा क्षेत्रका प्रहरीले असन्तुष्टि जनाएका थिए ।
सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता
काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...
प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी
मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...
विजयी सुरुआतसँगै चर्चामा योगेश
गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...
निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था
काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...
जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते
जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...
मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने
काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।
बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत
बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...
आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै
काठमाडौँ – सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९...