भारतबाट नेपाल आउने सवारीसाधनको चेकजाँच नगर्न गृहको निर्देशन – Janata Live
  • Saturday, February 4, 2023

भारतबाट नेपाल आउने सवारीसाधनको चेकजाँच नगर्न गृहको निर्देशन

  • जनता लाइभ
  • असार ०२, २०७६

भारतबाट नेपाल आउने सवारीसाधनको चेकजाँच नगर्न गृहको निर्देशन

काठमाडौं । भारतबाट आउने मालवहाक सवारी साधनको चेकजाँच नगर्न गृहमन्त्रालयले निर्देशन दिएको छ । भारतबाट कच्चा पदार्थ बोकेर नेपाल आउने मालबाहक सवारीसाधनको चेकजाँच नगर्न मन्त्रालयले निर्देशन दिएको हो ।

मन्त्रालयले मेचीदेखि महाकालीसम्म भारतसँग सीमा जोडिएका जिल्ला प्रशासनलाई परिपत्र गरेर चेकजाच नगर्न निर्देशन दिएको हो। नेपाली उद्योगका लागि भारतबाट कच्चा पदार्थ लिएर नेपाल प्रबेश गर्ने मालवाहक सवारी साधनको चेकजाँच नगर्न परिपत्र जारी गरिएको मन्त्रालयका शाखा अधिकृत दीपक पौडेलले जानकारी दिए।

भारतीय मालबाहक गाडीलाई प्रहरीले ठाउँ ठाउँमा रोकेर अनाबश्यक दुख दिएको उद्योगीले लिखित गुनासो गरेकाले चेकजाँच नगर्न परिपत्र गरिएको पौडेलले थाहालाई जानकारी दिए। बाटोमा ट्राफिक प्रहरीबाट ओभरलोड भनेर ट्रक र ट्रेलरहरु समाति दुःख दिने, जरिवाना तिराउने, हैरानी दिने, दुईरतीन दिनसम्म होल्डमा राख्ने गरेको लिखित र मौखिक गुनासाहरु आएको हुँदा भारतबाट आयात गरिने औद्योगिक कच्चा पदार्थ बोकेका भारवहन ट्रक र ट्रेलरहरुलाई चेकजाँच नगर्न गृहको परिपत्रमा भनिएको छ ।

बैशाख २७ गतेको गृहमन्त्री स्तरीय निर्णयबाट जारी भएको परिपत्रको नेपाली ट्रक व्यवसायीले विरोध गरेका छन्। भारतीय ट्रक र ट्रेलरहरुको चेकजाँच नगर्ने तर, कच्चा पदार्थ बोकेका नेपाली ट्रकलाई भने दुःख दिने गरिएको भन्दै व्यवसायीले बिरोध गरेका हुन् । नेपाली ट्रक व्यवसायीले निर्णय सच्याउन गृहमन्त्रालयमा लिखित गुनासो गरेका छन् । नेपाली व्यवसायीको गुनासोबारे भने गृहमन्त्रालय छलफलमै रहेको शाखा अधिकृत पौडेलले बताए ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ – सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९...