दासी – स्त्री (खज्जुत्तरा) – Janata Live
  • Saturday, February 4, 2023

दासी – स्त्री (खज्जुत्तरा)

  • जनता लाइभ
  • असार ०२, २०७६

दासी – स्त्री (खज्जुत्तरा)

मानिस भन्ने वित्तिकै दुई हात, दुई खुट्टा, दुई आँखा, दुईवटा कान, एउटा नाक र एउटा मुख भएको प्राणी भनी सहजै परिचित हुन्छ । मानिस एकै जातिका प्राणी हो । तर रङ्ग र वर्ण विभेदले गर्दा संसारका मानिसलाई गोरा, काला, पहेला याने ककेसियन, मंगोलियन, नेग्रो आदि जातिमा गनिए ।

फेरि प्रत्येक जातिमा कोही धनको कारणले, कोही जनको कारणले, कोही बलको कारणले, कोही शिल्प विद्याको कारणले, कोही बुद्धि-विवेकको कारणले गर्दा विभिन्न जातिमा विभेद भयो । मानिस-मानिसमा श्रेष्ठ-अश्रेष्ठ, सानो-ठूलो । भन्ने भेदभाव देखियो । धन, बल, विद्या, बुद्धिको मात्रा घटीबढीले मानिस-मानिसको बीचमा एकले अर्कालाई मान्ने, आदर गर्ने, सेवा गर्ने चलन चल्तिको विषय बन्न गयो । पूर्वीय देशमा विशेषतः ब्राह्मण, क्षेत्री, वैश्य, शुद्र, जातिको विभेद भए मैं पाश्चात्य देशमा पनि जातिको भिन्नता देखिन्छ । कारणवशः धन, बल, विद्या, बुद्धिको कमिले गर्दा साना जातिमा गनिएका संसारका कुनै पनि समाजका मानिसहरू आ-आफ्ना समाजबाट उपेक्षित भएर रहेको देखिन्छ । तिनीहरूले कुनै न कुनै किसिमबाट ती-ती समाजका मानिसहरूको सेवा, चाकरी, नोकरी गरेर आएको देखिन्छ ।

निम्न वर्ग वा गरीबीको कारणले मानिस आफू बेचिएर रहनु पर्ने अवस्था हुन्छ, जसलाई दास वा दासी भनिन्छ । विश्वको प्रायः सबै जसो भागमा अठारौं शताब्दीसम्म दास-प्रथा थियो । नेपाल र भारत पनि यस प्रथाबाट बच्न सकेनन् । नेपाल बीसौं शताब्दीको शुरु तिर अर्थात् तात्कालीन प्रधानमन्त्री चन्द्रसमशेरको समयमा सन् १९२४ मा दासप्रथा रोकिन सफल भयो ।

मानिसको सबभन्दा गए गुज्जेको अवस्था दास-दासीको अवस्था हो । ऊ पशुपंछि सरह पैसाले किनिएको हुन्छ । ऊ खोरमा थुनिएको जन्तु कैं, पिंजडा भित्र राखिएको पन्छि झैं सीमित परिधि भित्र रहनु पर्ने हुन्छ । ऊ बिल्कुल परतन्त्र हुन्छ । मालिकले अहाएको काम गरी, दिएको खाई सन्तुष्ट हुनु पर्ने हुन्छ । उसले जन्माइएको बाल-बच्चा पनि मालिक कै अधिनमा हुने गर्दछ । यसरी दास-दासीको जीवन मात्र होइन, भावि सन्तानको जीवन समेत अर्पण गर्नु पर्ने हुन्छ । मानिस-मानिसको बीचमा यस्तो भेद्भाव पूर्ण व्यवहार, आपसमा किनिने-वेचिने प्रथा सर्वथा अयोग्य छ, त्याज्य छ । यसले समाज विकास गर्नुको साटो समाजमा विभेदको विजारोपन गर्छ । संकुचित भावनाको सृजना गर्छ । ठूलोसानोको भेद्भाव पैदा गर्छ । विषम परिस्थिति र अशान्त वातावरणको शुरुवात गर्छ ।

भगवान बुद्धको जीवनकालमा दास-दासीको प्रथा प्रचुर मात्रामा चलेको देखिन्छ । कुनै पनि महाजन परिवारमा दास-दासीको व्यवस्था देखिन्छ । राजपरिवारमा यिनीहरूको घुइँचो लागेको सुनिन्छ । कुनै सेठ वा साहुले पनि दास-दासी पालेको बुझिन्छ । बिम्बिसार, उद्यन, शुद्धोदन आदि राजाहरू, अनाथपिण्डिक, धनञ्जय, मिगार आदि सेठहरूले प्रशस्त मात्रामा दास-दासीहरू राखेको प्रमाण बौद्ध साहित्यमा यत्रतत्र पाइन्छ । त्यस्तै एक-एक महाजन-पुत्री तथा महारानीहरूले पनि सयकडौं दासी आफ्नो अधिनमा राख्ने गरेको कुरो बौद्ध इतिहासले बताउँछ । यसरी दास-दासीको रूपमा जकडिएका ती अभागी नर-नारीहरू मध्ये कोही-कोही भाग्यवश भगवान बुद्धको करुणाको परिधिमा परेर दुष्कर्मबाट सुकर्ममा लागेको, दासत्वबाट मुक्त हुन पुगेको, अभागी भाग्यमानीमा परिणत भएको प्रमाण हाम्रो समक्ष यथेष्ट छ । ती मध्ये दासी-स्त्री खुज्जुत्तरा पनि एक हो ।

खज्जुत्तरा निम्न वर्गकी महिला थिई । त्यसबेला निम्न वर्गको निमित्त ज्यादै परिश्रम गरेर आफ्नो जीवन यापन गर्नु पर्दथ्यो । फलस्वरूप खुज्जुत्तरा कौशाम्ब नरेशको पटरानी श्यामावतीकी दासी भएर रहेकी थिइन् । तिनको खास नाम उत्तरा थियो । तर तिनी होची, पुड्की र खोच्याउने भएकीले तिनलाई ‘खुज्जुत्तरा’ भनी बोलाउन गर्यो ।’

राजा उद्यनले रानी श्यामावतीको निमित्त खुज्जुत्तरालाई फूल किष दिनको आठ काषपण (असर्फी) दिई पठाउने गथ्र्यो । तिनले दिनहूँ चार कार्षापण थैलीमा राखी सुमन नामक मालाकार कहाँ गई चार कार्षापणको मात्र फूल किनेर लैजाने गर्थिन् ।

एक दिन सधै झै चार कार्षापण एकातिर पन्छाई चार कार्षापण हातमा लिई तिनी मालाकार कहाँ सरासर गइन् । त्यो दिन भने सुमन मालाकारलाई अत्यन्त बेफुर्सतको दिन थियो । किनकि उसले भिक्षुमहासंघ सहित भगवान बुद्धलाई आफ्नो घरमा निमन्त्रणा गरेको थियो । तिनले आउने बित्तिकै फूल पाउन सकिनन् ।

भोजनको ठीक समयमा शाक्यमुनि भगवान बुद्ध बडो संयमित रूपले भिक्षु महासंघको अगाडि-अगाडि पाल्नु भयो । बिछ्याइएको आसनमा बस्नु भई भोजन पश्चात् जन-समूहलाई सम्बोधन गर्नु भई भन्नु भयो- “गृहपतिहरू ! ………… मानिसले दुराचरणलाई राम्ररी बुझी त्याग गर्नु पर्दछ र असल आचरणलाई यथार्थ थाहा पाई ग्रहण गर्नु नै सम्यक्दृ-ष्टिका खुडकिला चढ्नु हुन आउँछ ………… ।”

यस बेला खुज्जुत्तरा पनि तथागतका यस अमृतमयी उपदेश एक कुनामा बसी सुनिरहेकी थिइन् । तथागतका यी उपदेशरूपी दिव्य किरण खुज्जुत्तराको अँध्यारो हृदयमा पर्न गयो । तिनलाई भगवान बुद्धको यी वाक्य मानो तिनको निमित्त नै प्रकाश गरेको हो कि जस्तो लाग्यो । तिनले दिनहूँ चार कार्षापण कसैले चाल नपाउने गरी आफ्नो थैलीमा घुसाएको त भगवान बुद्धले पो देख्नु भयो किु भन्ने । शङ्का लाग्यो । ‘तिनले गरिरहेकी चोरी काममा बुद्धको दृष्टि पो पयो कि’ भनी विचार गर्न लागिन् । तिनको विचारको क्रम बढ्दै गयो । तिनले एक पछि अर्को कुरो सोच्दै यथार्थमा आउन थालिन् ।

अन्तमा तिनले मनमनै आफैलाई सोध्न थालिन्”हारानी श्यामावतीले आफ्नी दासी माथि विश्वास गरी दिएको रूपियाँबाट आधि झिक्नु साँच्चै रानीको भरपर्दो विश्वासमा आगो राख्नु त भएन । के यसो गर्नु उचित छ त ? विश्वासघाट ठूलो पाप होइन र ? विश्वासघाटी मानिस जीवनमा कहिले सफल होला त ? अहँ । हुनै सक्तैन । हुनत महारानी श्यामावतीको निमित्त यी चार कार्षापणको केही मूल्य हुँदैन । तिनको यत्रो श्री। सम्पत्तिको अगाडि यी चारवटा कार्षापण त्यसै हराएर पनि जान सक्छ, बिलाएर पनि जान सक्छ । तर मानिसको आदत । पहिले यस्तै सानोतिनो कुरोको प्रलोभनमा परेर नै बिग्रन जान्छ । लोभ-लालचमा फँसेर नै चरित्रमा धक्का लाग्छ । चोरी, बदमासी गर्न पुग्छ ।

बाहीयात काम गर्न अघि सर्छ । जसबाट बन उसलाई झूठ बोल्न बाध्य तुल्याउँछ । एक असत्य सत्य सावित गर्न अर्को सय असत्य बोल्न बाध्य तुल्याउँछ । एक असत्य सत्य सावित गर्न अर्को सय असत्य बोले पनि असत्य सत्य सावित गर्न कठिन पर्छ । यसले केवल मानिसको चरित्रमा दाग लगाउँछ । उसको जीवनको सफलतामा आगो लगाउँछ । अनि दागी चरित्रले गरेको परिश्रममा विफलताको आगो सल्किई विश्वमा बदनामको धुवाँ फैलाउनु सिवाय अरू के फल पाउन सक्ला ?

साँच्चै मैले नकाम (नहुने काम) गरेकी छु । मालिकको विश्वासमा घाट (प्रहार) गरेकी छु । यो चार कार्षापण नलिए पनि मलाई के हानी हुन्छ र ! खान, लाउन मलाई मालिकले पुयाएकै छ। म एक अवला दासी हुँ । दासी भएर मैले दासीको कर्तव्यलाई भुलेकी छु । बाटो बिराएकी छु । गर्न नहुने काम गरिरहेकी छु । तथागतको यस दिव्य उपदेशले मलाई चेतना दिलायो । अहिले पनि समय छ । अब म अवश्य सतर्क हुनेछ । आफ्नो भूललाई स्वीकार गर्नेछ । यस चोरी कामबाट बिल्कुल पन्छिई सत्यवादी बन्ने मौका आएको छ । जे हुनु भइगयो । अब आइन्दा यस्तो काम गर्दिन । रानी रिसाए । रिसाउन, वा घुसाए घुसाउन्, मैले आफ्नो भूल तिनको समक्ष राखिदिन्छ । भएभरको हाल तिनलाई भनिदिन्छ । के आफ्नो भूल आफैले स्वीकार्नु आफ्नो चरित्रलाई सुधार्नु होइन र ?” यसरी खज्जुत्तराले मनमनै दृढ निश्चय गरी भगवान बुद्धको उपदेशलाई पालन गर्ने हृदयदेखि प्रण गरिन् ।

तिनले थैली खोलिन् । थैली भित्र घुसाइसकेको चार कार्षापण दुइ औलाले च्यापेर बिस्तारै निकालिन् । एकचोटी पुलुक्क हेरिन् । अनि आतै कार्षापण हातमा मुठी पारी सुमन मालाकारको सामुन्ने गइन् । फूल मागिन् । मालीले अरू दिनमा भन्दा दोब्बर पैसा पाउनाले दोब्बरै फूल दियो । खुज्जुत्तरा दिइएको फूल थापी सरासर दरबारतिर लागिन् । एकातिर ‘चोरी सकेको धन त्यागेकोमा तिनलाई गर्व थियो त अर्कोतिर महारानीले केही भन्ने हो कि’, ‘केही गर्ने हो कि भन्ने आशाले तिनी अलि-अलि डराएकी पनि थिई ।

महारानी श्यामावती पनि कम बुद्धिमती नारी थिइनन् । तिनी समय र परिस्थिति अनुकूल व्यवहार गर्न जान्दथी । तिनी व्यवहार कुशल र क्षमाशील रानी थिई ।

त्यो दिन खुज्जुत्तराले अरू दिनमा भन्दा बढाएर फूल ल्याएको तिनले देखिन् । तर खुज्जुत्तराको रूपाकृति र मनोदशालाई थाहा पाई यस विषयमा तिनले केही प्रश्न गरिनन् । तिनी चुपचाप मौका पर्खन्दै थिइन् ।

एक दिन श्यामावतीले खुज्जुत्तरालाई सोधिन्”- खुज्जुत्तरा ! केही दिनदेखि तिमीले पहिले भन्दा बढाएर फूल ब्याउने गयौ ? किन ? के महाराज खुशी भएर फूलको निमित्त डबल पैसा दिइबक्स्यो कि ?”

महारानीको यस प्रश्नले खुज्जुत्तरा अल्मलिनन् । तिनले कुनै कुरा लुकाउने छिपाउने प्रयत्न गरिनन् । किनकि तिनको कानमा बुद्धवाणी पर्ने बित्तिकै ‘चोरी नगर्ने’, ‘झुठ नबोल्ने’ तिनले मनमनै निश्चय गरी सकेकी थिइन् । त्यसैले तिनले विनम्र भई उत्तर दिइन्- “होइन महारानी ! महाराजले साविकै रूपियाँ अर्थात् आठ कार्षापण दिइबक्सेको थियो । लालचवशः मैले दिनहूँ चार कार्षापण आफ्नो थैली भित्र घुसारी चार कार्षापणको मात्र फूल किनेर ल्याउने गर्थे । तर केही दिन अघि सुमन मालाकारकहाँ भिक्षु महासंघ सहित भगवान बुद्धलाई निमन्त्रणा गरेको थियो । त्यसै सुअवसरमा मैले पनि सम्यक्दृ-ष्टि अर्थात् दुराचारलाई त्यागी सदाचार बन्नु पर्ने भगवान बुद्धका अमृत वाणी सुन्ने मौका पाएँ । बुद्धका त्यस दिव्य उपदेशले आजीवन मैले चोरी आदि कुकर्म नगर्ने प्रतिज्ञा गरिसकेकी थिएँ । त्यसैले इमान्दारपूर्वक आतै कार्षापणको फूल किनी तपाईकहाँ चढाउन ल्याइरहेकी छु । रिसानी माफ होस्, स्वामिनी । मेरो भूलमा क्षमा गर्नुहोस् ।”

विदुषी नारी श्यामावतीले दासीको कुरो सुनी विचार गरिन्- “यस्ती एक साधारण दासी-स्त्रीले त त्यस उपदेश सुनी त्यति प्रभावित भइन् र आफ्ना कुकर्मबाट बच्न पुगिन् भने ती उपदेश कर्ता अवश्य चानचुने मानिस होइन। उहाँ अवश्य कोही महापुरुष हुनुपर्छ । निश्चय नै उहाँको उपदेश जीवनोपयोगी र कल्याणकारी हुनुपर्छ । यिनैले सुनेर आएको उपदेश भए पनि एकचोटि सुन्नु श्रेष्ठकर हुनेछ ।”

यति विचार गरी श्यामावतीले आफ्नी दासीले गरेकी चोरी । कामलाई अमा दिइन् । दासत्वबाट मुक्त गराई राजमहिलाको स्थानमा राखिन् र भगवान बुद्धले उपदेश सुनाउन आग्रह गरिन् ।

खज्जुत्तरा योग्य आसनमा बसी तथागतको कल्याणकारी उपदेश महारानी श्यामावती सहित अन्य पाँच सय परिचारिकालाई सुनाउन थालिन् । तिनको व्याख्यानले रानी प्रसन्न भई तिनलाई बुद्धको अमरवाणी सुन्न र सुनाउने काम मात्र दिलाइन् ।

खज्जुत्तराले भगवान बुद्धको उपदेश सुनेको अनुसार प्रयोगमा ल्याई आफ्नो चरित्र सुधारमा ठूलो परिवर्तन ल्याइन् । दिनहूँ यसरी तथागतको उपदेश सुनेर यथावत् महारानीलाई सुनाउने गर्दागर्दै तिनी बुद्धकालीन बहुश्रुता उपासिकाहरूमा सर्वश्रेष्ठ भएर निस्किन् ।

यसरी खज्जुत्तराले भगवान बुद्धको अनुपम देन पाई दासत्वबाट मुक्त हुने सुअवसर पाइन् । उपासिकाहरूमा ‘बहुश्रुत’मा ‘एतदग्ग’ जस्तो असाधारण उपाधि प्राप्त गर्नमा सफल भइन् । नीच जातिमा जन्मेकी, दासी भएर हुर्केकी, पुड्की, खोच्याउँदै हिंड्ने भएकी खुज्जुत्तराले कारुणिक तथागतको दिव्य उपदेश पाई तिनी धन्य भइन् । अरूलाई पनि भाग्यमानी तुल्याउन समर्थ भइन् ।

धन्य ! नारी प्रति बुद्धका असीम कृपा ।

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...