जन्म समयबाट थाहा पाउनुस् व्यक्तिको स्वभाव र भविष्य – Janata Live
  • Friday, February 3, 2023

जन्म समयबाट थाहा पाउनुस् व्यक्तिको स्वभाव र भविष्य

  • जनता लाइभ
  • असार ०१, २०७६

जन्म समयबाट थाहा पाउनुस् व्यक्तिको स्वभाव र भविष्य

ज्योतिषको मद्दतले जन्म समयको आधारमा कुनै पनि व्यक्तिको भविष्य र स्वभावको जानकारी पाउन सकिन्छ । राती जन्मेका र दिउँसो जन्मेका मानिसहरुबीच निकै भिन्नता हुन्छ ।

ज्योतिषाचार्य पं. मनिष शर्माका अनुसार राती जन्मेका मानिसहरु धेरै जोखिम मोल्छन् भने दिउँसो जन्मेकाहरु काम प्रति धेरै इमान्दार रहन्छन् ।

ज्योतिष शास्त्र अनुसार थाहा पाउनुस् दिउँसो र राती जन्मेका मानिसहरुको स्वभाव कस्तो हुन्छ ।

दिउँसो जन्मेका मानिसहरुको स्वभावः

– दिउँसो जन्मेका भन्दा राती जन्मेका मानिसहरु साहसी हुन्छन् । – स्वास्थ्यको मामलामा दिउँसो जन्मेका मानिसहरु भाग्यमानी हुन्छन् । उनीहरुको स्वास्थ्य निकै राम्रो हुन्छ ।

– राती जन्मेका मानिसहरु थोरै अल्छी हुन्छन् तर दिउँसो जन्मेकाहरुले कुनै पनि काममा अल्छी हुँदैनन् । प्रत्येक काम इमान्दारीपूर्वक गर्न रुचाउँछन् ।

– यी व्यक्तिहरु भावुक हुन्छन्, अरुको समस्या देख्न सक्दैनन् र मद्दतका लागि सधैं तत्पर रहन्छन् । – उनीहरु भगवानप्रति पूर्ण विश्वास राख्छन् र उनीहरुको स्वभाव धर्मबाट प्रभावित हुन्छ ।

– उनीहरु शान्तीपूर्वक काम गर्न रुचाउँछन् । – राती जन्मेका भन्दा दिउँसो जन्मेकाहरुलाई कम रिस उठ्छ । उनीहरुको रिस चाँडै नै कम हुन्छ पनि ।

– घर परिवार र समाजमा उनीहरुले मान–सम्मान पाउँछन् । – आफ्नो कर्मसहित कहिलेकाँही भाग्यमा पनि उनीहरु विश्वास गर्छन् । – जीवनसाथीप्रति इमान्दार रहन्छन् र सबैको सुखलाई ध्यानमा राख्छन् ।

राती जन्मेका मानिसहरुको स्वभावः

– राती जन्मेका मानिसहरुको कुण्डलीमा बृहस्पती र राहु बलियो हुन्छ त्यसकारण उनीहरुलाई कहिले पनि पैसाको कमी हुँदैन ।

– राती जन्मेका मानिसहरु आलोचक हुन्छन् । त्यसकारण उनीहरु सबैको आलोचना गरिरहेका हुन्छन् । – यी व्यक्तिहरु फ्रेन्डली हुन्छन् । दिउँसो जन्मिनेभन्दा राती जन्मेकाहरु साथी बनाउन निकै सिपालु हुन्छन् ।

– राती जन्मेका व्यक्तिहरु निकै आत्मविश्वासी हुन्छन् त्यसकारण उनीहरु सार्वजनिक स्थानमा आफ्नो कुरा निकै खुलेर प्रस्तुत गर्न सक्छन् ।

– यी व्यक्तिहरु धेरै कल्पनाशील र रचनात्मक स्वभावका हुन्छन् । – उनीहरु साहसी हुन्छन्, जस्तोसुकै जोखिम लिन तयार रहन्छन् ।

– उनीहरु चाँडै नै समस्या पत्ता लगाउन सक्छन् र त्यसको समाधानमा तत्पर रहन्छन् ।-एजेन्सी

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...