मुला खाँदा फाइदै फाइदा – Janata Live
  • Sunday, February 5, 2023

मुला खाँदा फाइदै फाइदा

  • जनता लाइभ
  • असार ०१, २०७६

मुला खाँदा फाइदै फाइदा

मुला : क्यान्सरदेखि गिजाबाट रगत आउने जस्ता समस्याका लागि उपयोगी

धेरैले मुलालाई निकै सामान्य तरकारी वा सलादको रुपमा बुझेका हुन्छन् त्यसैले मुला खाने कुरामा खासै ध्यान दिँदैनन्। खासै महत्व नभएको वा बेतुकको मानिसलाई मूला भनेर गाली गर्ने हाम्रो प्रचलनले पनि मूलाप्रतिको हेलत्व दर्शाउँछ।

तर मूला हाम्रो स्वास्थ्यका लागि निकै फाइदाजनक हुने कुरा बुझियो भने सायद मूला हाम्रो अभिन्न अंग बन्नेछ। विज्ञहरुका अनुसार मूलाको सेवनले हाम्रो स्वास्थ्यमा पूराउने फाइदा यस्ता छन् :

क्यान्सरबाट बचावट स् क्यान्सर जस्ता असाध्य रोगसँग लड्नु असम्भव मानिन्छ। त्यसैले यस्ता रोगबाट बच्नु नै सबैभन्दा उत्तम उपाय हो। मूलाको नियमित सेवनले क्यान्सरको जोखिम घटाउने विभिन्न अध्ययनहरुले देखाएका छन्। मूलामा भिटामिन सी हुने हुँदा यसले सरीरका लागि चाहिने एन्टी अक्सिडेन्टको पनि पर्याप्त आपूर्ति गर्दछ जसका कारण कोषका डिएनए नष्ट हुनबाट बचाउँछ। मूला तथा सागपातको सेवनले खासगरी पेट र आन्द्राको क्यान्सरको जोखिम कम गर्ने विशेषज्ञहरुले बताएका छन्।

यसले रक्तचाप सन्तुलित बनाउन मद्दत गर्छ। मूलामा पर्याप्त पोटासियम तत्व हुने भएकाले यसले सरीरमा सोडियम पोटासियम लवणको सन्तुलन कायम राख्न मद्दत गर्छ।

रगतमा ग्लुकोजको मात्रा नियन्त्रित गरी मधुमेहको जोखिम पनि कम गर्छ।

वजन नियन्त्रणका साथै मोटोपना घटाउन समेत सहयोग गर्छ। मूलामा निकै कम क्यालोरी र पर्याप्त फाइबर हुन्छ। १ सय ग्रामको मुलामा १६ क्यालोरी मात्र इनर्जी हुन्छ। त्यसैले मूला अघाउँजी खाँदा पनि बढि क्यालोरी भएर मोटोपना बढ्ने जोखिम हुँदैन।

दमका रोगीका लागि समेत मूलाको सेवन हितकर हुन्छ। मूलाको सेवनले स्वासनलीमा हुने एलर्जीको समस्या समेत क मगर्ने बताइन्छ।

मूलाको नियमित सेवनले छालामा हुने विभिन्न खाले संक्रमणको जोखिम घटाउनुका साथै अनुहार र छालालाई स्वस्थ राख्न मद्दत गर्छ।

मूलामा प्रसस्त फाइबर हुने भएकाले यसले पाचन प्रक्रियालाई नियमति गर्ने तथा कब्जियतको समस्या कम गर्छ।

दाँतलाई स्वस्थ र चम्किलो बनाउन पनि मूलाको सेवन उपयोगी हुन्छ।

मूलामा प्रसस्त मात्रामा पानी हुने भएकाले यसको सेवनले सरीरमा पानीको आपूर्ति पर्याप्त बनाएर मृगौलाजन्य रोगको जोखिम पनि घटाउँछ।

गिजाबाट रगत आउने समस्या भएकाहरुका लागि मूलाको सेवन निकै फाइदाजनक हुन्छ। मूलाको रस सेवन गर्ने र मूलाकै रसले मुख कुल्ला गर्ने गर्नाले जिवाणुहरु नष्ट गर्न सहयोग गर्छ। जसले मुख गन्हाउने तथा गिजामा संक्रमण भै रगत बग्ने समस्या समेत कम हुन्छ।

Loading...
Loading...
Loading...

तौल बढ्न नदिन के खाने, कसरी खाने?

काठमाडाैं- खाना घटाएर वजन घटाउने खोज्छन् धेरैले। तर, यो गलत तरिका हो। किनभने यसो गर्दा शरीरका लागि चाहिने न्युनतम तत्वको...

किन चिलाउँछ हत्केला, कसरी बच्ने?

काठमाडौं- हत्केला शरिरको संवेदनशील अंगमध्ये एक हो। यो सबै भन्दा बढी प्रयोग वा उपयोगमा आउने अंग हो। त्यसैले हत्केला चिलायो...

अमृत तुल्य ज्वानोले यस्ता रोगबाट छुटकरा मिल्छ, ज्वानोका चमत्कारी ९ फाइदा

मौसम परिवर्तनको बेला हुने संक्रमणले मानिसहरू अनेक खालका मौसमी रोगबाट पीडित छन् । यस्तोमा राम्रोसँग तरकारीमा ज्वानोको प्रयोग गर्ने हो...

विस्तारामा पिसाब फेर्ने समस्या छ ? यसाे गर्नुहाेस्

नेपालमा यो समस्या धेरै घरहरूमा देख्न र सुन्न सक्नु हुन्छ । बच्चा बच्चीहरूमा देखिने यो समस्याले एकातर्फ परिवार र आफन्तलाई...

विहान उठ्नु अघि अनिवार्य गर्नुस् यी ३ काम

जीवनमा सफलता र प्रगतिका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो चिन्तन र मनन । चिन्तनको अर्थ समस्याका विषयमा सोंचेर बस्नु भन्ने...

शरीरमा भिटामिन डीको कमी भएको ५ संकेत

अन्य पोषण तत्व झै शरीरमा भिटामिन डीको पर्याप्ता हुन जरुरी हुन्छ। सूर्यको प्रकाश भिटामिन डीको सबैभन्दा ठूलो स्रोत हो। शरिरको...

कुन अवस्थामा स्तन क्यान्सरको जोखिम बढी हुन्छ?

परिचय विकासोन्मुख देशहरुमा स्तन क्यान्सर एउटा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएको छ। स्तनमा भएका कोष कोषिकाहरुमा असामान्य परिवर्तन भई तिनीहरूको...

कफी पिउँदा रोग हैन, मुटु जोगाउँछ

न्युयोर्क- कफी पिउँदा मुटु रोग लाग्नुको सट्टा जोगाउन सकिने एउटा अध्ययनले देखाएको छ । कफीको प्रयोगलाई लिएर केही चिकित्सक र...