विकास खर्चबाट संसद्ले नयाँ गाडी किन्दै

काठमाडौं । विकास खर्च शीर्षकमा सरकारले दिएको थप साढे ६ करोडले संसद्ले ११ वटा गाडी खरिद गर्दै छ ।
सचिवालयले संसदीय समिति सभापतिहरूका लागि गाडी खरिद प्रक्रिया अघि बढाइसकेको हो ।
११ गाडी खरिदका लागि टेन्डर आह्वान गरिएको र टेन्डरको म्याद १ असारमा सकिएपछि कम्पनी छनोट गरेर खरिद गरिने सचिवालयले जनाएको छ । जब कि एक महिनाअघि मात्रै सचिवालयले अर्थ मन्त्रालयको स्वीकृतिमा पाँचवटा गाडी किनेको थियो ।
अहिले संघीय संसद्मा ९२ गाडी छन् ।
‘संसदीय समिति सभापतिका लागि नयाँ गाडी खरिद गर्नुपर्ने स्थिति छ । पाँचवटा नयाँ गाडी खरिद भइसकेका छन् । थप ११ वटा गाडी खरिद गर्न लागिएको हो ।
संसद्मा भएका पुराना गाडी मर्मत गर्नुपर्ने, समिति सभापति लामो यात्रामा जाँदा बाटोमै बिग्रिने समस्याका कारण नयाँ नै खरिद गर्न लागिएको हो,’ संसद् सचिवालयका एक सचिवले भने । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।
सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता
काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...
प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी
मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...
विजयी सुरुआतसँगै चर्चामा योगेश
गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...
निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था
काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...
जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते
जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...
मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने
काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।
बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत
बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...
आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै
काठमाडौँ – सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९...