चौतर्फी दबाबपछि सार्वजनिक यातायातको भाडा बढाउने निर्णय फिर्ता – Janata Live
  • Saturday, February 4, 2023

चौतर्फी दबाबपछि सार्वजनिक यातायातको भाडा बढाउने निर्णय फिर्ता

  • जनता लाइभ
  • जेठ ३०, २०७६

चौतर्फी दबाबपछि सार्वजनिक यातायातको भाडा बढाउने निर्णय फिर्ता

काठमाडौं । सरकारले बिहीबार दिउँसो वृद्धि गरेको सार्वजनिक यातायातको भाडा साँझ फिर्ता लिएको छ ।

असार १ गतेदेखि लागू हुनेगरी बिहीबार दिउँसो सार्वजनिक यातायात तथा मालबहाकमा २० प्रतिशत र ट्याक्सीमा १२ प्रतिशत भाडा बढाउने निर्णय सरकारले गरेको थियो।

ट्याक्सीको हकमा पहिलो एक किलोमिटरमा ५० रुपैयाँ निश्चित गरिएको थियो। त्यसपछिको प्रति दुई सय मिटरमा ८ रुपैयाँ ८० पैसा निर्धारण गरिएको थियो।

विभागले देशभरको नयाँ भाडादर समेत सार्वजनिक गरिसकेको थियो । सरकारले यातायातको भाडा बनाएको ५ घन्टा नवित्दै निर्णय फिर्ता लिने निर्णय गरेको हो ।

विभागले प्रकाशित गरेको सूचनामा असार १ गतेदेखि लागु हुनेगरी उपत्यकाको शहरी क्षेत्रमा मालबहाक सवारी साधनलाई रोक्ने, रात्रीकालिन यातायात सञ्चालन र भाडावृद्धि तत्कालका लागि स्थगित गरिएको जनाइएको छ ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ – सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९...