अविराम प्रेमकी पर्याय मोमिला – Janata Live
  • Wednesday, October 28, 2020

अविराम प्रेमकी पर्याय मोमिला

  • जनता लाइभ
  • जेठ ३०, २०७६

अविराम प्रेमकी पर्याय मोमिला

कविताझैँ सुन्दर छिन् मोमिला । उनको सुन्दरताको बयान कविताको बजारमा उस्तै चलिरहन्छ । सुन्दरता सबैलाई मन पर्छ । तर कस्तो पुरुषमा सुन्दरता देख्छिन त ? उनलाई पुरुषको केले आकर्षण गर्छ ? पुरुषको संरचना उनका लागि जहिल्यै आकर्षण हुन्छ त ? तर कुन कोणबाट ? हरेक महिलाभित्र एउटा लोग्नेमान्छे हुन्छ । उनीभित्र कस्तो लोग्नेमान्छे छ, जसको कारणले तीनपटकसम्म सुसाइट गर्न खोजिन् । उनको बैंसालु उमेरमा भेटिएको लोग्नेमान्छेले सिकाएको प्रेमले नै आज मोमिला प्रेमिल छिन् ।

उमेरले ‘हाफ सेन्चुरी’ हान्यो तर मोमिला अहिले पनि प्रेममा छिन् । ‘डेटिङ’ जान्छिन् ।  तर अहिलेका तन्नेरीहरूझैं होइन । उनीहरू १३ वर्षदेखि सँगै काम गर्छन् । भेटघाट भइरहन्छ । हाप सेन्चुरी उक्लिसकेकी मोमिला अलिअलि लज्जाउँदै भन्छिन— ‘हामी बिहे गर्दैछौं ।’

५८ वर्षीय प्रेमीले ‘फुच्ची’ भनेर सम्बोधन गरेको खुबै मन पर्छ उनलाई । ‘बाबु’ भनेर बोलाउँछिन् उनी पनि । आफ्नो प्रेमी सोझो र सहयोगी स्वभावको भएकोमा गर्व छ मोमिलालाई । उनलाई अहिले पनि चार युवकले प्रेम प्रस्ताव राखेका छन् । उनीहरू विद्वान् छन् अरे । चालिस/बयालिसका ती युवाहरू उनलाई चाहन्छन् । तर उनी त्यसलाई ‘हेट’ गर्दिनन् । बरु सम्मान गर्छिन् । किन कि आफू ‘अलरेडी’ प्रेममा परेकोले तिनीहरूको प्रेम प्रस्ताव स्वीकार्न सक्दिनन् ।

उनी आफूभन्दा परिपक्वलाई मन पराउँछिन् । सानो मान्छेलाई प्रेम गर्न सक्दिनन् । आफूले मात्रै माया गरेर उनलाई सन्तुष्टि हुँदैन । कम्तीमा आफूले चाहेको मान्छेले पनि उस्तै माया गरोस्, प्रेम गर्न सिकाओस्, यो उनको चाहना हो ।

‘दुःखको क्षणमा उसको सहयोग ठूलो रह्यो,’ उनी प्रेमीलाई सम्झन्छिन् ।
मोमिलाले दिएको वचन ती प्रेमीले पूरा गरेका छन् । प्रेमलाई सम्मान गर्छन् । उसै पनि खुरुखुरु भनेको मान्ने लाग्नेमान्छे या प्रेमीलाई बहुतै आदर गर्छन् महिलाहरूले । त्यस्तै आदर छ उनलाई प्रेमीप्रति । मोमिला तारिफ गर्छिन् — ‘ऊजस्तो सुन्दर कोही लाग्दैन ।’

स्कुले जीवनहरूमा उनले कहिल्यै फेल हुनु परेन । सा-सानो जीतले पनि उनलाई सधैँ खुसी बनायो । नृत्य, आर्ट, गायकीजस्ता कलामा उनी जहिल्यै पहिलो भइन् । कवितामा पनि पहिलो भइन् । तर उनलाई पहिलो प्रेमले भने हराइदिएको थियो । पहिलोपटक प्रेममा फेल भएकी थिइन् ।

अफेयरकै क्रममा एउटा वकिल उनीसँग नजिकिएछन् । त्यो कुरा मोमिलाले प्रेमीसँग शेयर गरिछन् । त्यतिखेर प्रेमीले उनलाई ‘मसँग भन्दा बढी ऊसँग खुसी हुन्छ्यौ भने उसैसँग बिहे गर’ भनेका रहेछन् । प्रेममा त्यस किसिमको त्यागले मोमिला फतक्क भइछन् । ‘मेरो नजरमा जहिले पनि महान् छ ऊ । उसलाई म प्रेम गर्छु । नजिक हुँदा पनि र टाढा रहदा पनि,’ भावुक हुँदै भनिन् ।
जीवनमा स्वयम् खुसी हुन सिकिन् । प्रेमीको जन्मदिन पनि एक्लै मनाइदिएकी छिन् । आफूले मन परेको मान्छेको नाममा एक्लै केक काटेर ताली पिट्दै भनेकी छन्— ‘ह्याप्पी बर्ड डे टु यु ।’

गल्तीले सच्चिएको आकर्षण
कुनै विद्वान्ले भनेका छन्— ‘बाहिरी सुन्दरताको अभावलाई मनको सुन्दरताले पूर्ति गर्ला तर मनको सुन्दरताको अभावलाई बाहिरी सुन्दरताले पूर्ण गर्न सक्दैन ।’

जीवनमा पहिलोपटक आकर्षण भएको पुरुष अझै पनि भेट भइरहन्छ उनीसँग । तर ऊसँग प्रेम बाँचेन । त्यो धेरैपछि बुझिन् । केवल आकर्षण थियो, त्यो । आकर्षण क्षणिक हो । प्रेम प्राकृतिक हो । प्रेम टाढा भए पनि सकिन्न । आकर्षण र प्रेममा आकाश–जमिनको फरक छ ।

संसारमा दृष्टिविहीन मान्छेहरू उज्यालोबाट वञ्चित छन् । दृष्टि भएकाहरूको हिँडाइ र दृष्टिविहीनको हिँडाइ फरक हुन्छ । त्यसैले प्रेममा बाटोको गन्तव्य भन्नुस् या जीवनको हिडाइ, प्रिय लाग्छन् । आकर्षणमा त्यो रहँदैन । मनले चाहिरहेको छ । दिमागले ‘इग्नोर’ गरिरहेको हुन्छ ।

आकर्षण आँखाबाट सुरु हुन्छ । यसमा बाहिरी भूमिकाले खेल्छ । तर मनको आँखाले देखेको सुन्दरताले पनि आकर्षण गर्छ । मष्तिस्क या हृदयबाट मान्छे कोमामा जान्छ तर हृदय त चल्छ नि ! त्यतिखेरको माया पनि त प्रेम हो– उनको मत छ ।

धेरैको जीवनमा प्रेमले उतारचढाव ल्याइदिएको छ । उनको जीवनमा पनि त्यस्तो भयो । भौतिकवादी प्रेमले मान्छेहरू क्रमशः कोल्टे फेरेका छन् । उनले पनि विवाहपछि ‘फिजिकल’ यातना भोगिन् । सम्बन्ध टुक्रियो । तर उनी पश्चात्ताप गर्दिनन् । त्यसलाई चित्त बुझाएर स्वीकारिन् । जीवनका ‘पहेँली’हरूमा जसलाई प्रेम गरिन्, उसलाई पाउन सकिनन् । तर जसको नजिक भइन् उसलाई प्रेम गर्ने ख्याल कहिले आएनछ । उनी भन्छिन्— ‘जसले ‘फिजिकल सम्बन्ध’लाई मात्रै प्रेम ठान्छ भने, त्यहाँ सम्बध समाप्त हुनु सहज हो ।’

उनी आकाशतिर हेरेर भन्छिन्— ‘प्रकृतिमा हेर्नुस्, भालेको कस्तो राम्रो सिउर हुन्छ, प्वाख हुन्छ । अनि घुमाइलो पुच्छर हुन्छ । बघेनीभन्दा बाघ राम्रो हुन्छ । सिंह पनि राम्रो हुन्छ । बाख्रामा बोका सुन्दर देखिन्छन् । त्यसैगरी गोरू कति हृष्टपुष्ट र आकर्षक देखिन्छ । घोडा झनै आकर्षक देखिन्छ । पोथीको लागि भाले, गाईको लागि गोरू, घोडीको लागि घोडा लडाइँ गर्छन् । ‘नेचुरल्ली, आशय प्रकृतिले दिएको गुण नै पुुरुषको आकर्षण हुन्छ । त्यस्तो भएन भने त्यो पुरुष पुरुष नै हुँदैन । पुरुषको ‘जाँच पास’ यही हो ।

प्रेममा ‘दिलोज्यान’ले लाग्छन् पुरुष, तर महिलाहरू हृदयले । पुरुषहरू बडो जोखिम उठाउँछन् । उनीहरू हरेक कुरा आँट गर्छन् । साहस देखाउँछन् । बाउ र आमाको सम्बन्धमा बच्चाहरू जहिले आमा नजिक हुन्छन् । आमा कोमल हुन्छिन् भने बा कडा । त्यसैले पुरुषमा त्यो पुरुषार्थ देखिनुपर्छ । नारीले कोमलताको गर्व गर्छे भने पुरुषले पुरुषार्थको गर्व गर्छन् । त्यसैले पुरुष पुरुषजस्तो देखिनुपर्छ ।

उनी भन्छिन्— ‘पुरुष संरचनाको सौन्दर्य शास्त्रभित्र— तपाई नजिक बस्दा मलाई दिक्क लाग्नु हुँदैन । बोलीचाली, प्रस्तुति, बौद्धिकस्तर, त्यो अन्जान शक्ति हुनुपर्छ । जसले महिलालाई आकर्षित गरिरहोस् । जति समय पनि अपुग भइरहोस् ।’

देउताजस्तै सुन्दर पुरुष पनि मन पर्दैन उनलाई । कमजोरीयुक्त मान्छे पनि धेरै सुन्दर ठान्छिन् । कम्तीमा गल्ती सच्याओस् । गल्ती गर्दै सच्याउँदै जीवन बाँचोस् । गल्ती गर्दै नगरेको महान् मान्छेभन्दा गल्ती गर्दै आफूलाई सुधारेको मान्छेले उनलाई आकर्षित गर्छ । र, अकर्षण भोलिका दिनमा प्रेममा पुग्न पनि सक्ला । आफ्नो गल्तीलाई स्वीकार गर्दै बाँचेको मान्छे अझ सुन्दर हुन्छ । उसले आफ्ना अहमलाई पैतलामुनि राख्नु हो । त्यो नै सुन्दरता हो ।

विपरित लिंगको आकर्षण त छँदैछ । तर महिलालाई त्यतिले पुग्दैन । कुनै एउटा क्षणिक यात्रामा पनि आनन्द आओस् । सामिप्य प्रिय लागोस् । कुनै पनि बाधा आइनपरोस् । उसको साथले सुरक्षित महसुस भइरहोस् । त्यसपछि तब मात्रै बाहिरी सुन्दरता गौण हुँदै जान्छ ।

प्रेमिल नोष्टाल्जिया
उनका दाइमार्फत् पहिलोपटक केटा घरमा हेर्न आएछन् । केटो कम बोल्ने स्वभावको रहेछ । उनी त्यस केटालाई नजिकबाट चिन्ने रहिछन् । केटो राम्रो र ट्यालेन्ट रहेछ । ऊसँग बिहे छिनिन लागिसेकेको थियो । उनी सम्झँदै भन्छिन्— ‘मैले मौन स्वीकृति पनि दिइसकेको थिएँ ।’ हिंसक प्रेम रुचाउनेहरूले त्यो कुरो रोकिदिए । कुरो छिनिएन । बिहेका कुरा चल्दै गए । कलेज जीवनले भित्र्याएको प्रेम पनि उनीभित्र सर्दैै गयो ।

टिनएजमा ब्वाइफ्रेन्डसँग हात समाएर सहरका गल्लीमा रल्लिन्थिन् मोमिला । टिनएज कटेपछि प्रेम चिन्दै गइन् । त्यो प्रेमले दुर्घटना पनि निम्त्यायो । उनी भन्छिन्— ‘त्यो प्रेम कम, बढी आकर्षण थियो ।’ प्रेमले जीवनको अस्तित्व भेट्न सघाओस् । टिनएज गुज्रेपछि उनले प्रेम गरिन् । जसले जीवनको उडानको कुरा गरेकी थिइन् । प्रेम सफलै हुन्छ भन्ने थिएन । खतराको संकेत त्यतिखेर नि उनलाई लागेको थियो । त्यसका बाबुजुद पनि सहजै स्वीकारिन् ।

प्रेम सहज रूपमा हुँदैन । उनको लागि पनि भएन । सम्झँदै भन्छिन्— ‘त्यो क्षण मैले दुर्घटना हुने सम्भावना पहिले नै थाहा पाएको थिएँ ।’ त्यस्तो नभइदिएको भए हुन्थ्यो । उनी धेरै रोइन् । के सोचेँ, के भयो । जीवन बाँच्ने सुरुवातमा थिइन् । जीवनका ‘पहेँली’हरू भर्खर त सुरुवात हुँदै थिए । वास्तविक जीवन सुरु हुँदै थियो । उनले आफूमा परिवर्तन भेटिन् । चित्त धेरै दुखेको थियो । तैपनि उनले त्यो क्षणलाई पाठको रूपमा सिकिन् अलिकति ‘नोष्टालोजिक’ भएर भन्छिन्— ‘त्यो मान्छेसँग अहिले पनि रिस उठ्दैन ।’

स्कुले जीवनहरूमा उनले कहिले फेल हुनु परेन । सानो सानो जीतले उनलाई सधैँ खुसी बनायो । नृत्य, आर्ट, गायकीजस्ता कलामा उनी जहिल्यै पहिलो भइन् । कवितामा पनि पहिलो भइन् । तर उनलाई पहिलो प्रेमले भने हराइदिएको थियो । पहिलोपटक प्रेममा फेल भएकी थिइन् ।

२०४४ सालमा पहिलो कविता रूपरेखा पत्रिकामा प्रकाशित भएपछि उनका दिनहरू अँध्यारा भए । कविताको प्रकाशन र उनको प्रेमको प्रकाशन उनको जीवनमा सँगै भइदियो । कविता खुल्दै फुर्दै गयो, प्रेम अस्ताउँदै । डम्म बादल लागेको आकाशपारि पनि ताराहरू र निलो आकाश छन् भनेर देखाउने नै उनी थिए । जसलाई म प्रेम गर्थे हिजाको दिनमा ।

उनले अविश्वास गरे । झुटो आश्वासन दिएका थिए । कर्मले पनि धोका दियो । भौतिक सुखको आश्वासन चाहिएको थिएन उनलाई । तर जीवनभरि सँगै यात्रा गर्ने भनेका थिए, साथ दिएनन् । अहिले उनलाई ती धोकेबाज प्रेमीप्रति मायाभन्दा बढी दया लाग्छ ।

सानोमा एक नम्बर कम हुँदा पनि उनलाई पीडा हुन्थ्यो । अस्तित्वको भोक पहिलेदेखि नै थियो । ‘त्यो प्रेमले मेरो जीवनको अस्तित्व बचाइदियो । हिँडेपछि गन्तव्यमा पुग्नुपथ्र्यो तर पुगिएन,’ उनले भनिन् । त्यसले धेरै दुःखी बनायो उनलाई । त्यसपछि उनले प्रेम गर्न जानिन् । त्योभन्दा पहिले प्रेमको नाममा आकर्षण मात्रै बुझेकी रहिछन् । त्यो मान्छेसँग उनी रिसाउँदिनन् । त्यो मान्छेसँग उनको बोलाचाल अहिले पनि छ । उसलाई शिक्षाको माध्यम ठान्छिन् । उनले त्यो मान्छेबाट प्रेम र आकर्षण छुट्याउन सक्ने भइन् ।
‘हामीसामु एउटै पहाड छ,
मैले पनि त्यो अहंको पर्वत उक्लनु छ ।’

उनी कविताको दुई लाइन सुनाउँदै भन्छिन्— ‘उचाइ नै गहिराइ हो । गहिराइ नै उचाइ हो । मात्र नाप्ने कताबाट भन्ने हो । एउटै पहाडको उचाइको अहंमा बाँचेका छौं ।’ यदि मान्छेले सपनाको संकेतलाई चिन्न सक्यो भने विपनामा हुन सक्ने घटनाहरूबारे थाहा पाउन सक्छन् ।

मोमिलाको जिन्दगीमा पनि एउटा सपना थियो । आफूले मन पराएको पुरुषले हातमा फूल समाएको देखिन् । उनको हृदयले एउटा ‘लख’ काटेको थियो— ‘ऊ टाढिदै छ ।’ मन परेको पुरुषसँग भेटघाट पातलियो, उनी अनुरोध गर्थिन् भेट्नलाई तर ऊ क्रमशः व्यस्तता देखाउँथ्यो । एकदिन उनले सहन नसकेर भनेकी थिइन्— ‘तिम्रो मन बहकिएको हो ।’ नभन्दै बिस्तारै त्यो पुरुष टाढियो, सधैँलाई ।

उनी धेरै धन्यवाद दिन्छिन् उसलाई किनकि उसैबाट प्रेम सिक्ने अवसर पाएकी थिइन् । अनुहारै छोप्ने कपाललाई कानमा सिउरिँदै भन्छिन्— ‘साँच्चै नै उहाँले प्रेम सिकाउनुभयो । उहाँसँग अहिले पनि बोलचाल त छ नि ।’

साह्रै असल लाग्ने ती प्रेमीलाई अहिलेको प्रेमको बारेमा पनि उनी सुनाउँछिन् । आकर्षण पनि, विकर्षण पनि भयो । उनीसँग अहिले पनि उस्तै प्रेम छ । केवल माध्यम मात्रै फरक हो । जहाँ पनि छछल्किन सक्छ । उनी भावुक हुँदै भन्छिन्— ‘एउटा पातलो पर्दा उसलाई छोडिदिएकी छु ।’

‘प्रेमको आशय, तपाईं हाँस्दा मलाई खुसी लाग्नु हो,’ उनी भावुक हुँदै भन्छिन्, ‘आनन्द भनेको प्रेम हो । मन परेको पुरुषले एक वचन बोलेर सरी भनिदियो भने पक्कै युवती कन्भिन्स हुन्छे ।’ तर पुरुषले नै अनेक बहाना बनाएर ठूलो कुरा गर्न थाले भने युवतीलाई अति रिस उठ्छ भन्ने उनको अनुभव छ । आफूले मन पराएको पुरुष जहिले पनि मायाले बोलिदिएको रुचाउछिन् मोमिला ।

‘प्रेममा सम्भोग भए राम्रो,’ उनी हाँँस्दै भन्छिन् । तर उनलाई प्रेमको नाममा खेलबाड गरेको मन पर्दैन । आकर्षणले मात्रै सेक्स नभएकै राम्रो मान्छिन् उनी । आकर्षण खिइँदै जान्छ । त्यो आशक्तिसिवाय केही होइन । र सकिने प्रेम, प्रेम नै होइन । रिलेशन भएर मात्रै प्रेम हुँदैन । प्रेम हृदयबाट फुर्दछ, मोमिलाको ठम्याइ छ ।

पहिलो हेराइ आँखाबाट छुन्छ । त्यो प्रेमका लागि नि हुन सक्छ । आकर्षणका लागि पनि हुनसक्छ । डाइरेक्ट हेराइले मान्छे चिनिन्छ । त्यसलाई बुझ्न सक्ने क्षमता पनि हुनपर्छ, महिलामा । आँखामा निश्चलता हुन्छ । निर्दोशपना हुन्छ । अलिकति कमजोर लोग्नेमान्छे प्रायः केटीको आँखामा हेर्न सक्दैनन् । त्यस्ता मान्छेहरू हिच्किचाउँछन् । टाउको मोडेर बोल्ने पुरुष मन पर्दैन उनलाई । उनी हाँस्दै भन्छिन्— ‘पुरुषको आइकन्ट्याक्ट’ मज्जा लाग्छ ।’

कवितामा ग्ल्यामर
रक्सीको ग्ल्यामर, घुमफिरको गल्यामर, केटाकेटीको गल्यामर । उनी भन्छिन्— ‘गल्यामर भन्ने चिज नै कुनै एउटा बत्ती झल्मलाउँदा बत्ती मर्छ भन्ने सोचिन्न । ग्ल्यामर भनेको पनि त्यस्तै हो ।’
सहरमा कविहरूको संख्या ह्वात्तै बढ्यो । कविताहरू किनिन्छन्, बेचिन्छन् । कविहरू पैसामा गुड्दै छन्, उड्दै छन् । व्यवसायिक हुँदै आएको यो भीडमा आफूभन्दा अरू भनेर बढी हिँडेको जस्तो लाग्छ उनलाई । बाँच्नको लागि गरिएको संघर्षले उनी बेस्त छिन ।

उनले जीवनमा धेरै पाइन् तर पाएजस्तो भएन— त्यो हो प्रेम । उनलाई आफूले गरेको प्रेम अधुरो लाग्छ । र प्रेमविना जीवन अधुरो लाग्छ । प्रेमलाई आफैँले पनि पूर्णता दिन नसकिरहेझैँ ठान्छिन् उनी । हरेक मान्छेसँग कमजोरी हुन्छ । त्यस्तै कमजोरीसहितको मान्छे ठान्छिन् आफूलाई उनी ।
तीनपटक सुसाइट गर्न खोजिन् उनले । उनी विष पनि खान खोजिन्, झुन्डिने प्रयास पनि गरिन् । पानीमा डुब्न पनि चाहिन् । उनी ‘गड’लाई धन्यवाद दिन्छिन् ।

यति गर्न उक्साउने नै प्रेमको नाममा पाउने दुःख थियो । प्रेम नै थियो । मृत्युको मुखमा पु¥याउन पनि सक्छ प्रेमहीनताले । तर प्रेमको महसुस नहुँदा मान्छे मर्न खोज्छन् । प्रेमहीन त मरेर बाँचेको मान्छे हो । तर प्रेमले बाँचेको मान्छे सधैँ जीवन्त हुन्छ ।

Loading...
Loading...
Loading...

आज विजयादशमी, टीकाको उत्तम साइत १०ः१९ बजे

काठमाडौं, १० कार्तिक । आज विजयादशमी अर्थात दशैंको टीकाको दिन । दुर्गापक्षको मुख्य दिन विजयादशमीका दिनमा मान्यजनको हातबाट नवदुर्गाको प्रसादका...

आज महानवमी : तलेजु मन्दिर नखुल्ने

काठमाडौं, ९ कार्तिक । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज (आइतबार) हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी...

महामारीबाट जनताको जीवनरक्षा गर्नु सरकारको पहिलो काम र कर्तव्य: प्रधानमन्त्री (सम्बोधनको पूर्णपाठ)

प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गरेका छन् ।दशैंको अवसर पारेर प्रधानमन्त्री ओलीले सम्बोधन गरेका हुन् । प्रधानमन्त्री ओलीले...

काठमाडौं उपत्यकामा थप २७ सय २० जनामा संक्रमण, कुल संक्रमितको संख्या ६७ हजार नजिक

काठमाडौं, ७ कात्तिक । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय २० संक्रमित फेला परेका छन् ।...

आज थपिएका ४,४९९ जना कोरोना संक्रमितमध्ये कुन जिल्लाका कति ?

काठमाडौं, ७ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप ४४ सय ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।...

आज शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै

काठमाडौं । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँघरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा...

काठमाडौँ उपत्यकामा १ हजार ५५२ संक्रमित थपिए

काठमाडौं, ६ कात्तिक । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ५२ संक्रमित फेला परेका छन् ।...

एकैदिन ३ हजार ६ सय ३७ संक्रमित थपिए, कुल संक्रमितको संख्या डेढ लाख नजिक पुग्यो

काठमाडौं, ६ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप ३६ सय ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।...