असल अभिभावकका गुण – Janata Live
  • Wednesday, February 8, 2023

असल अभिभावकका गुण

  • डा. नवल पजियार
  • जेठ २९, २०७६

असल अभिभावकका गुण

बालबालिकासँग परिवारका सदस्यले कहिल्यै नराम्रो बोलीवचन, व्यवहार देखाउनु हुँदैन । त्यसो गर्दा बालबालिकाको मनोबल घट्ने मात्र होइन उनीहरूमा विकृत मानसिकताको विकास हुन्छ ।

असल अभिभावक बालबालिका लागि संरक्षक एवमं पथप्रदर्शक पनि हुन् । परिवार सबै सदस्यको उत्तिकै जिम्मेवारी र भूमिका हुन्छ । बालबालिकालाई शिक्षा, स्वास्थ, मनोरञ्जन, खानपान आदिको व्यवस्था गर्नु सबै आमा–बाबुको जिम्मेवारी हो । परिवार राम्रो बनाउन र बालबालिकालाई असल बनाउन अभिवावकको भूमिका महत्वपूर्ण हुन्छ ।

कस्तो व्यवहार गर्नुपर्छ भन्ने चाँसो धेरैमा हुन्छ । बालबालिकालाई असल आचरणमा राख्न पारीवारिक वातावरण राम्रो बनाउनुपर्छ । नैतिक मुल्य मान्यताहरू सिकाउने, आफ्ना सन्तानहरूलाई आत्मविश्वासी बनाउने काम गर्नुपर्छ । अभिभावकले नै बालबालिकाको भविश्य निर्धारक भएकाले आफू अनुशासित हुन जरुरी छ । परिवारमा शान्तीपूर्ण वातावरण, मेलमिलाप, सरसहयोग, मायाममता हुनुपर्छ । त्यो भएन भने त्यस्तो परिवारमा हुर्केका बालबालिका कहिल्यै आफूलाई असल सावित गर्न सक्दैनन् ।

बालबालिकालाई असल नैतिक आचरण, अनुसाशित जीवनशैली एवं राम्रो शिक्षा दिनु अभिभावकको कर्तव्य हो । बालबालिकाको सुन्दर भविश्यका लागि यो आवश्यकता हो । बालबालिकालाई आवश्यक पर्ने गाँस, बास, कपास, स्वास्थ, शिक्षा सरसफाईको उचित व्यवस्थापन भयो भने बालबालिकामा मनोवैज्ञानिक सुरक्षा प्रदान हुन्छ । अभिवाकले आफ्ना बालबालिकालाई आफूले चाहेजस्तो बनाउने कासिस पटक्कै गर्नु हुँदैन । किनभने बालबालिकाहरू जहिले पनि वर्तमानमा रमाइरहेका हुन्छन् । उनीहरूभित्र आफ्नै खालको सम्भावना लुकिरहेको हुन्छ । अभिभावकले आफूले चाहेजस्तो बनाउन खोज्दा उनीहरूभित्रको प्रतिभा मरेर जान्छ भने हामीले चाहेको पनि बन्न सक्दैन । अभिवाकले बालबालिकालाई कहिल्यै पनि अरूसँग तुलना गर्न हुँदैन । तुलना गरेर गाली गर्ने, हप्काउने जस्ता त्रियाकलाप गर्न हुँदैन । यसो गर्नाले उनीहरूमा हीन भावनाको विकास हुन्छ । जसले गर्दा बालबालिकामा नकारात्मक प्रभाव पर्नसक्छ ।

भनिन्छ ‘बालबालिकाको पहिलो पाठशाला परिवार हो ।’ त्यसैले आफ्ना सन्तानलाई राम्रो बनाउनका लागी परिवारले नैतिक ज्ञान, मानवीय व्यवहार, सामाजिक संस्कार, अनुशाशनजस्ता कुरालाई उचित तरिकाले सिकाउनुपर्दछ । अभिभावकले बालबालिकालाई मुल्य मान्यता र अनुशासन जस्ता कुरामा उचित वातावरण दिने हो भने ऊ सजिलै समाजमा धुलमिल हुन्छ । विशेष गरी सहरिया समाजमा आफ्नो खुकुलोका लागि बालबालिकालाई होस्टेल वा किन्डरगार्डेन राख्ने चलन बढेको छ । कहिल्यै पनि बालबालिकालाई परिवारबाट टाढा राख्नु हुँदैन । आमा–बाबुको मायाबाट टाढा राखियो भने बालबालिकाको शारिरिक, मानसिक र भावनात्मक विकास हँदैन । उनीहरूमा नकारात्मक प्रभाव पर्छ । एकलकाँटे, चिडचिडा र अटेरी हुन्छन् ।

परिवारमा उचित वातावरण दिँदा बालबालिकाको चौतफी विकास हुन्छ । बालबालिका भोलीका भरोसा हुन्, देशका भविश्य हुन् । समाजका पथ प्रदर्शक हुन्, देशका कर्णधार हुन् । त्यसैले परिवारले आफ्नो दायित्व बुझेर उचित व्यवहार र राम्रो वातावरण दिनुपर्छ । सक्षम नागरिक बनाउनुपर्छ । राज्यले पनि उनीहरूको उचित स्वास्थ्य, शिक्षाको ग्यारेन्टी गर्नुपर्छ ।

बालबालिकासँग परिवारका सदस्यले कहिल्यै नराम्रो बोलीवचन, व्यवहार देखाउनु हुँदैन । त्यसो गर्दा बालबालिकाको मनोबल घट्ने मात्र होइन उनीहरूमा विकृत मानसिकताको विकास हुन्छ । परिवारमा अनुशासन कायम राख्न आमाबुवाले राम्रो प्रस्तुति देखाउनुपर्छ । धुम्रपान, मध्यपान गर्ने वा नराम्रो बानीव्यहोरा देखाउनु हुँदैन । बालबालिकामा सकारात्मक प्रभाव पार्ने बानीहरू मात्रै प्रस्तुत गर्नुपर्छ । उनीहरूको सामु झै–झगडा गर्नु हुँदैन । यसले उनीहरूमा आक्रोसित हुने, रिसालु हुने बानीको विकास हुन्छ । बालबालिका कुनै काममा असफल हुँदा गाली होइन हौसला प्रदान गर्नुपर्छ । फेरि लगनशील भएर लाग्न पे्ररित गर्नुपर्छ । यसले उनीहरूमा मिहिनेत गर्ने बानी मात्र होइन मनोबल समेत बढाउँछ । असल आमाबुवाले आफ्ना बालबालिकाका लागि समय र परिस्थित अनुसार राम्रो व्यवहार गरेर असल नागरिक बनाउन सक्छन् । (बालमनोविश्लेषक पजियारसँगको कुराकानीमा आधारित)

Loading...
Loading...
Loading...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

भाइटीकाको साइत कुन देशमा कतिबजे ?

काठमाडौं– यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा जुरेको छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले यस वर्षको...

देउवालाई ओलीको चुनौती : निर्वाचनमा ‘लाइभ डिबेट’ गर्न तयार छु

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग एजेण्डामा आधारित ‘लाइभ डिबेट’...

सत्यमोहनले इच्छाएको चक्रसंवर

जोशी अस्पताल भर्ना भएदेखि नै चित्रकारको मनमा बेचैन छ– छिटो पूरा गरेर देखाउने । मौलिक शास्त्रअनुसार चित्रहरू कोर्ने, रङ भर्ने...