यौनहिंसाको उच्च जोखिममा किशोरीहरू – Janata Live
  • Friday, February 3, 2023

यौनहिंसाको उच्च जोखिममा किशोरीहरू

  • जनता लाइभ
  • जेठ २९, २०७६

यौनहिंसाको उच्च जोखिममा किशोरीहरू

वीरगन्ज । समाजमा किशोर उमेरका मबिलश्रहरू फरकफरक किसिमले जोखिममा रहेको पछिल्ला घटनाक्रमले देखाएको छ। बलात्कार तथा यौनहिंसायुक्त घटनाको शिकार हुने, उमेर नपुग्दै प्रेमको आकर्षणमा परी बेचबिखनको जोखिममा पर्ने, कलिलै उमेरमा गर्भधारण र असुरक्षित गर्भपतन गर्ने जस्ता घटना एकपछि अर्को बाहिरिने क्रम जारी छ ।

जेठ १२ गते १५ वर्षीया किशोरी एक्लै भारततिर जान लागेको देखेर वीरगन्ज नाकास्थित शंकराचार्यद्वारनजिक रहेका सुरक्षाकर्मी र माइती नेपालका स्वयमसेवीले शंका गरे। रोकेर सोधपुछ गर्दा ती किशोरीले साथीसँग पारि जान थालेको बताइन्। छिमेकी गाउँका १९ बर्से केटा नेपाल–भारत जोड्ने मितेरी पुलमा ती किशोरीलाई पर्खिरहेका थिए। ती केटाले भगाएर किशोरीलाई भारततिर लैजान लागेका थिए । किशोरीले घरको दराजबाट झिकेर ल्याएको पचास हजार रुपैयाँ पनि साथमै थियो।

‘हामीले अभिभावकको जिम्मा लगाएर पठाएका छौं, कलिलो उमेरमै जोखिमपूर्ण बाटोमा जान लागेकी रहिछन् उनी,’ माइती नेपालको वीरगन्जस्थित कार्यालय प्रमुख संगीता पुरीले भनिन्, ‘यो संवेदनशील उमेर हो, बाबुआमाले ध्यान पु¥याउन नसक्दा वा गलत संगतको प्रभाव पर्दा किशोरीहरू कुबाटो र जोखिममा परिरहेका छन् ।’ पारिवारिक वातावरण बिथोलिँदा पनि किशोरीहरू जोखिममा परेका थुप्रै घटना रहेको उनले बताइन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।-तस्वीर सांकेतिक

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

भाइटीकाको साइत कुन देशमा कतिबजे ?

काठमाडौं– यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा जुरेको छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले यस वर्षको...