स्कुल बन्द गरेर नेताको भतिजको बिहे भोज – Janata Live
  • Thursday, October 21, 2021

स्कुल बन्द गरेर नेताको भतिजको बिहे भोज

  • जनता लाइभ
  • जेठ २९, २०७६

स्कुल बन्द गरेर नेताको भतिजको बिहे भोज

महोत्तरी । फिल्म ‘छक्का पन्जा ३’ मा पढ्ने समयमा स्कुललाई शक्तिशालीले भोजस्थल बनाएको दृश्य छ । त्यो अभिनय थियो । त्यसको वास्तविकता भने मंगलबार महोत्तरीमा देखिएको छ ।

गौशाला नगरपालिका १ स्थित श्री माध्यमिक विद्यालय निगौंलामा दिनभर भोज चल्यो। पढाइ भएन। स्कुलमा विवाह भोज गर्न व्यवस्थापन समितिले निर्णय गरेर विद्यार्थीलाई छुट्टी दिएको थयो। विवाह थियो– संघीय समाजवादी पार्टीका केन्द्रीय नेता लक्ष्मी महतोका भतिजको ।

पढाइ रोकेर आयोजना गरिएको भोजमा स्थानीय जनप्रतिनिधि र नेताहरू सामेल भए । गन्नेमान्ने निम्तालुले बालबालिका बसेर पढ्ने डेक्स–बेन्चमा भोज खाएको दृश्य रमितलाग्दो थियो । ठूला व्यक्तिको बिहेमा बराती राख्न र विवाह भोज खुवाउन पहिलेदखि नै स्कुल बन्द गराउँदै आएको व्यवस्थापन समितिका अध्यक्ष शत्रुधन रामले बताए ।

‘व्यवस्थान समितिले नै विद्यालयको जग्गा दातालाई आवश्यक परेमा विवाह र व्रतबन्ध गर्न एक दिन स्कुल बन्द गर्न पाइन्छ भन्ने निर्णय गरेको छ। त्यहीअनुरूप मंगलबार विद्यालय बन्द गरेर विवाह भोज भयो,’ उनले भने । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

Loading...
Loading...
Loading...

बाढी पहिरोबाट ८७ को मृत्यु, २८ बेपत्ता

काठमाडौं– बेमौससी वर्षाका कारण देशका विभिन्न भागमा बाढी र पहिरोले ८७ जनाको ज्यान गएको छ । २८ जना बेपत्ता छन्...

बाढी र पहिरोबाट ११ वर्षमा २१ सयको मृत्यु

काठमाडौं– ०६८ देखि ०७८ कात्तिक ३ सम्म बाढी र पहिरोका कारण मात्रै मुलुकभर दुई हजार एक सय ३२ जनाले ज्यान...

यसरी बन्यो बैंक लुट्ने योजना

मोरङ– व्यवसायी श्याम मुखियाले करिब ५ वर्ष अगाडि १० लाख रुपैयाँ ऋण लिएर विराटनगर–६ मा गार्मेन्टको कारोबार सुरु गरे । तर,...

देशभर भारी वर्षाको सम्भावना, होशियारी अपनाउन आग्रह

काठमाडौं– आज (आइतबार) बिहान प्रदेश–१, प्रदेश–२ र वागमती प्रदेशमा सामान्य बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ...

८०४ ले जिते कोरोना, ४५५ नयाँ थपिए, आठको मृत्यु

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ४५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६,२१४ जनाकाे परीक्षण गर्दा पीसीआर विधिबाट...

नक्कली नोटको कारोबार : दुई जना पक्राउ परेपछि थप पाँच जना समातिए

धनकुट्टा– जिल्ला प्रहरी कार्यालय धनकुटाले नक्कली नोटको कारोबारमा संलग्न सात जनाको समूहलाई पक्राउ गरेको छ । असोज ११ गते धनकुटाकै...

दशैंको मासु भाग लगाउने क्रममा विवाद, चिर्पटले हानेर युवकको हत्या

सिन्धुली– दशैंको मासु भाग लगाउने क्रममा भएको विवादको क्रममा एक युवकको हत्या भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका–११ छतिवन बस्ने...

आज महाअष्टमी : शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिदै

काठमाडौं– आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरूपमा मनाउँदैछन्...