यातायातमन्त्रीकै गाडी खोलामा पल्टिएपछि… – Janata Live
  • Sunday, February 5, 2023

यातायातमन्त्रीकै गाडी खोलामा पल्टिएपछि…

  • पत्रपत्रिका
  • जेठ २८, २०७६

यातायातमन्त्रीकै गाडी खोलामा पल्टिएपछि…

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ चढेको गाडी स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–३ घट्टेस्थित दरौँ खोलामा पल्टेको छ । अर्जुनचौपारी–३ कै सहरे खोलामा पुल शिलान्यास गरेर सदरमुकाम फर्किने क्रममा मन्त्री सवार बा.२झ ४०२९ नम्बरको गाडी पल्टेको हो । गाडी खोलामा डुबेपछि मन्त्री महासेठलाई सुरक्षाकर्मीले तत्काल उद्धार गरेका थिए । गाडी क्रेन लगाएर झिकिएको थियो ।

दैनिक तीनवटा मिनिबस, १० जिप र मालवाहक सवारीसाधनहरू दरौँ खोलाको यही भँगालोबाट वारपार गर्न बाध्य छन् । देशकै पहिलो होमस्टे भनेर चिनिने स्याङ्जाको सिरुबारीसम्म दरौँ खोलो हुँदै सवारीसाधन चल्छन् । पोखराबाट स्याङ्जा सदरमुकाम हुँदै अर्जुनचौपारी बजार आउने गाडी जोखिमपूर्ण रूपमा दरौँ खोलो तरेर सिरुबारीसम्म पुग्छन् । स्थानीयले असोजदेखि जेठसम्म यसरी नै यात्रा गर्नुपर्छ । बर्खाको तीन महिना यो रुटमा यातायात बन्द हुन्छ ।

सहरे खोलामा मन्त्री महासेठले शिलान्यास गरेको पुल तयार भए दरौँमा अर्को पुल आवश्यक नपर्ने अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष दीर्घनारायण अर्याल बताउँछन् । ‘दरौँ खोलानजिकै ठूलो पहरो छ । त्यो पहरो केही महिनाभित्रै फोड्ने योजना छ । त्यसपछि दरौँ नतरी किनारैकिनार सहरे पुगिन्छ । त्यहाँ पुल बनेपछि खोलाबाट गाडी तर्नुपर्दैन,’ उनले भने । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ – सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९...