क्यान्सरभन्दा छोराको प्रश्न भारी – Janata Live
  • Friday, February 3, 2023

क्यान्सरभन्दा छोराको प्रश्न भारी

  • जनता लाइभ
  • जेठ २७, २०७६

क्यान्सरभन्दा छोराको प्रश्न भारी

भनिन्छ, मृत्यु, रोग, प्राकृतिक प्रकोप र दशाले कसैलाई छोड्दैन । न धनी न गरिब न त उच्च पदस्थअधिकारी नत निम्नस्तरमा काम गर्ने व्यक्ति । यी चार दशाका अघि केही पनि अछुत हुँदैनन् । युरोप, मध्यपूर्व र अफ्रिकाको लागि फेसबुककी वरिष्ठ कार्यकारी पदकी निकोला मेन्डोलसेनको जीवनमा पनि यस्तै भएको छ । उनलाई ब्लड क्यान्सर रहेको उनैले खुलाएकी छन् ।

अन्र्तराष्ट्रिय क्यान्सर दिवसका अवसरमा ‘द सन्डे टाइम्स’मा प्रकाशित उनको लेखमा उक्त रोगको बारेमा उल्लेख गरेकी हुन् । सन् २०१६ नोभेम्बरमा नै उनलाई उक्त रोग लागेको जानकारी थियो । ‘फोलिक्युलर लिम्फोमा’ नामक यो ब्लड क्यान्सर एक प्रकारको बिस्तारै बढ्ने क्यान्सर हो । जसको पूर्ण उपचार विज्ञान र प्रविधिले अहिलेसम्म भेटाउन सकेको छैन । तर, क्सान्सर लागेका मानिस औसतमा पनि १० देखि १५ वर्ष बाँच्ने हुन्छन् ।

उनले आफूलाई क्यान्सर भएको कुरा आफ्ना सन्तानलाई बताउनु सबैभन्दा गाह्रो काम भएको बताइन् । सुरुमा उनको ग्रोइन (कम्मर र तिघ्राबीचको भाग) मा सानो गाँठो आएको थियो । तर, पछि सिटी–स्क्यान गरेर हेर्दा त्यो ट्युमर उनको शरीरभरी फैलिएको थाहा पाएको उनले उल्लेख गरेकी छन् । यदि, रोग अझ बल्झिएमा केमोथेरापी र इम्यूनोथेरापी गर्ने योजना छ । ४६ वर्षीया निकोला मेन्डोलसेनले अब फेसबुकमा यस रोग सम्बन्धमा चेतना जागरणमा लाग्ने पनि उक्त लेखमा लेखेकी छन् । फेसबुक ग्रुपमै पनि तीनहजार पाँचसय व्यक्ति उक्त रोगले प्रभावित रहेको उनले पत्ता लगाएकी छन् ।

जब जब उनी क्यान्सर शब्द सुन्छिन् आफ्नो कान्छो छोरा ज्याकको ‘के तपाईं मर्दै हुनुहन्छ ?’ भनेर सोधेको प्रश्नले झस्काउने गरेको उनले उल्लेख गरेकी छन् । – एजेन्सी

Loading...
Loading...
Loading...

गोप्य विवरण सार्वजनिक गरेको भन्दै क्यानाडेली प्रधानमन्त्रीसँग रिसाए सी जिनपिङ

बाली– चीनका राष्ट्रपति सी जिनपिङले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले गोप्य विवरण चुहावट गरेको आरोप लगाएको छन् । जी २० शिखर...

अवैध औषधि प्रयोग गर्दा यमनमा १० बालबालिकाको मृत्यु

यमन– यमनको राजधानी सानाको एक सार्वजनिक अस्पतालमा तस्करी गरिएको औषधि प्रयोग गरी उपचार गरिँदा ल्युकेमिया भएका दश बालबालिकाको मृत्यु भएको...

राष्ट्रसंघमा युक्रेनको पक्षमा नेपालको मतदान

काठमाडौं– संयुक्त राष्ट्रसंघको साधारण सभामा १४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पासविक आक्रमणको निन्दा र भर्त्सना ना गर्दै...