संसारकै शक्तिशाली रकेटको रहस्य – Janata Live
  • Sunday, February 5, 2023

संसारकै शक्तिशाली रकेटको रहस्य

  • एजेन्सी
  • जेठ २७, २०७६

संसारकै शक्तिशाली रकेटको रहस्य

संसारकै शक्तिशाली भनिएको रकेटले फ्लोरिडाको ठीक त्यही स्थानबाट उडान भरेको थियो, जहाँबाट पहिलोपटक चन्द्रमा जाने व्यक्ति आफ्नो यात्रामा निस्किएका थिए । मंगल ग्रहमा मान्छे पु¥याएर नयाँ सिराबाट इतिहास लेखिँदै छ । ‘फल्कन हेब्बी’ नामक यस विशाल रकेटले ‘केप केनावेराल’ स्थित अमेरिकी अन्तरिक्ष संस्था नासाको जोन एफ केनेडी स्पेस सेन्टरबाट मंगलबार उडान भरेको थियो । यो रकेट एउटा ‘स्पेस एक्स’ नामक निजी संस्थाले लन्च गरेको हो ।

‘फाल्कन हेवी’ को टैंकमा एक टेस्ला कार राखिएको छ । यो अन्तरिक्षमा पुग्ने पहिलो गाडी हुनेछ । यो रकेट केनेडी सेन्टरको त्यही प्लेटफर्म एलसी ३९ एबाट लन्च गरिएको हो । चन्द्रमामा मानव अवतरणपछि प्रतिक्षा गरिएको यही घडी थियो जसमा मान्छेले अन्तरिक्षमाथि विजयको झण्डा फहराएको होस् । केप केनावेरालमा यस गौरवशाली अवसरको साक्षी बन्नका लागि ठूलो संख्यामा मानिस भेला भएका थिए । स्पेस एक्स र टेस्ला दुवै अरबपति व्यापारी एलन मस्कका कम्पनी हुन् । एलन मस्क भविष्यमा पनि अभियानकै रूपमा यस्ता भारी रकेट मंगल ग्रहमा पठाउन चाहन्छन् ।

अन्तरीक्षको कथा
‘फल्कन हेब्बी’ अन्तरीक्ष यात्राको दौरानमा ११ किमी प्रतिसेकेण्डको गतिमा प्रक्षेपण गरिएको छ । यो रकेट ७० मिटर लामो छ भने यसको बजन ६४ टन छ । यो बजन पाँच ‘डबल डेकर’ बसको बराबर हो । यसको क्षमतालाई केवल सेटर्न–भी एयरक्राफ्टले मात्रै चुनौति दिनसक्छ । ६० र ७० को दशकमा अपोलो अभियाको दौरान सेटर्न–भी एयरक्राफ्ट प्रयोगमा ल्याइएको थियो । त्यसपछिका बाँकी रकेटले एकपटकमा जति भार लैजान सक्छन्, त्यसको दुई गुणा भार ‘फल्कन हेब्बी’ले लैजानसक्ने क्षमता राख्छ ।

टेस्ला स्पोर्टस् कार
स्पेस एक्सका सीईओका अनुसार यस उडानको सफलता उडानपूर्व केबल ५० प्रतिशत रहेको ठानिएको थियो । तर, उडान भर्न सफल रह्यो । पहिलो उडान खतरापूर्ण छ भन्ने जान्दाजान्दै पनि यस रकेटका साथ इलोन मस्कको पूरानो रातो रङको गाडी पनि पठाइयो ।

यस कारको ड्राइभिङ सिटमा स्पेस सुट पहिरिएको व्यक्तिको पुतला राखिएको छ । यदि यो रकेटले उडानका सबै चरणमा सफलता प्राप्त ग¥यो भने टेस्ला कार र त्यस कारभित्रको यात्रीलाई अण्डाकार कक्षमा सूर्यको आसपाससमेत पु¥याउँछ । र त्यो स्थान मंगल ग्रहको एकदमै नजिक हुन्छ । एलेन बक्सका संवाददाताले भने, ‘कार अन्तरीक्षको कक्षमा पृथ्वीबाट ४ सय मिलियन किमीको दूरी तय गरेर पुग्ने छ । यसको रफ्तार ११ किमी प्रतिसेकेण्ड हुनेछ ।’

Loading...
Loading...
Loading...

गोप्य विवरण सार्वजनिक गरेको भन्दै क्यानाडेली प्रधानमन्त्रीसँग रिसाए सी जिनपिङ

बाली– चीनका राष्ट्रपति सी जिनपिङले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले गोप्य विवरण चुहावट गरेको आरोप लगाएको छन् । जी २० शिखर...

अवैध औषधि प्रयोग गर्दा यमनमा १० बालबालिकाको मृत्यु

यमन– यमनको राजधानी सानाको एक सार्वजनिक अस्पतालमा तस्करी गरिएको औषधि प्रयोग गरी उपचार गरिँदा ल्युकेमिया भएका दश बालबालिकाको मृत्यु भएको...

राष्ट्रसंघमा युक्रेनको पक्षमा नेपालको मतदान

काठमाडौं– संयुक्त राष्ट्रसंघको साधारण सभामा १४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पासविक आक्रमणको निन्दा र भर्त्सना ना गर्दै...