कतारको स्टेडियममा १४ सय नेपालीको मृत्यु – Janata Live
  • Wednesday, February 8, 2023

कतारको स्टेडियममा १४ सय नेपालीको मृत्यु

  • जनता लाइभ
  • जेठ २७, २०७६

कतारको स्टेडियममा १४ सय नेपालीको मृत्यु

काठमाडौं । सन् २०२२ को विश्वकपको लागि निर्माण भईरहेका फुटबल स्टेडियम निर्माणको क्रममा १४०० नेपाली कामदारको मृत्यु भएको खुलासा भएको छ।

स्टेडियम निर्माण कार्य सुरुभएसंगै हजारौको संख्यामा नेपाली कामदार कतार गएका छन् । कतारमा स्टेडियम निर्माण कार्यमा ६० प्रतिशत नेपाली कामदार रहेका छन् । २०२२ को लागि हुन गइरहेको विश्वकपको लागि उक्त स्टेडियम निर्मा गरिएको हो ।

स्टेडियम निर्माण सुरु भएयता हालसम्म प्रत्येक बर्ष ११० जना नेपाली कामदारले ज्यान गुमाएको जर्मनीले एउटा तथ्यांक सार्वजनिक गरेको छ । जर्मनको एक टेलिभिजनले तयार गरेको डकुमेन्ट्रीमा उक्त कुरा उल्लेख गरिएको छ। स्टेडियम निर्माण सुरु भएपछि कतारमा बसोबासको अवस्थाको कारण तथा निर्माणको क्रममा हुने दुर्घटनाको कारण प्रत्येक बर्ष ११० जनाले ज्यान गुमाउनु परेको डकुमेन्ट्रीमा उल्लेख छ।

मृतकका परिवारले कतारबाट कुनै पनि प्रकारको क्षतिपूर्ति नपाएको जर्मनीको टेलिभिजन डब्लुडिआरले तयार गरेको डकुमेट्रीलाई आधार मानेर साउदीको अरब न्युजले लेखेको समाचारमा उल्लेख छ। ट्रयाप्ड इन कतार’ नाम दिइएको यो डकुमेन्ट्री शुक्रबार मात्र सार्वजनिक गरिएको हो।

स्टेडियम तथा विश्वकप केन्द्रित पूर्वाधार निर्माणको लागि काम गर्ने कामदारले न्युनतम आधारभूत आवश्यता र सुविधा बिना नै काम गर्नुपरेको खुलासा भएको छ। न्युनतम सुविधा र आवश्यकताका बस्तु तथा सेवा बिनानै ठूलो संख्यामा नेपाली कामदारले काम गर्नुपरेको डकुमेन्ट्रीमा देखाइएको छ।

तीन बर्ष कतारबाट प्रवासी नेपालीबारे रिपोर्टिंग गरेका कान्तिपुरका कार्यरत दिनेश रेग्मीको भनाई उदृत गर्दै अरब न्युजले लेखेको छ, ‘तीन बर्षअघि नेपाली कामदारको अवस्था जे जस्तो छ अहिले पनि उस्तै छु रेग्मीले भनेका छन,३ बर्षअघि म त्यहाँ हुँदा कमाईको आशामा आउने नेपाली कामदारको पिडा देखेको छु, नेपाली कामदारहरु साइटबाट खसेर मर्छन भने कोही यहाँको गर्मिको कारणले ज्यान गुमाउछन।रेग्मीकाअनुसार नेपाली कामदारले आधारभूत तलब र सुविधा समेत पाउन्दैनन्।

भिडियो रिपोर्टमा नेपाली कामदार दिल प्रसादले भनेका छन, ‘हामिहरु बन्धक बनाईएका छौं, प्रत्येक दिन पानि र रोटिले भोक मेट्न बाध्य छौं, पैसा बिना हामि केहि गर्न सक्ने अवस्थामा छैनौँ, प्रत्येक महिना हाम्रो अवस्था बिग्रिदै गएको छ, मलाई थाहा छैन अहिलेकै अवस्थामा अब हामि कति दिन यो काम गर्न सक्ने हो, म मात्र मेरो घर फर्कन चाहन्छु, अहिले नेपालमा परिवारसंग फोनमा कुराकानी गर्न समेत पाउदैनौं ।

नेपालको अध्यागमन विभागका एक अधिकारीको भनाई उदृत गर्दै अरब न्युजले लेखेको छ, ‘कतारमा नेपाली कामदारको अवस्थाबारे सरकार सचेत छ, हामी कामदारलाई त्यहाँ जान प्रोत्साहित गर्दैनौं ।’

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ – सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९...