दलित महिलामाथि पटकपटक जवरस्ती गरेको आरोपमा एक जना पक्राउ

नवलपरासी । पुर्बी नवलपरासीको पहाडी बिकट बुलिगंटार गाउँपालिकामा एक महिला माथि जर्बजस्ती गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बुलिगंटार गाउँपालिका वडा नं ६ भारतीपुरमा एक ३० वर्षीया दलित महिला माथि जर्बजस्ती गर्ने सोही गाउँपालिका वडा नं ६ भारतीपुर बस्ने ३६ वर्षीया लालबहादुर राना मगरलाई प्रहरी चौकी बुलिगंटारको टोलीले पक्राउ गरि जिल्ला प्रहरी कार्यालय नवलपुरमा बुझाएको प्रहरीले जनाएको छ ।
धेरै पटक हरेक बिध्वशं कार्यमा सल्गंन रही पटक पटक प्रहरी हिरासतमा परेका लालबहादुर राना मगरले निज महिलालाई पटक पटक धम्कयाएर जर्बजस्ती गर्ने गरेको र असह्य भए पछि प्रहरीमा पुग्नु परेको पीडित महिलाले बताइन । पीडित महिलाका अनुसार बाहिर कसैलाई भने मार्ने जस्ता धम्की दिएर महिलालाई जर्बजस्ती गरेको र स्थानीयले घटना थाहा पाए पछि प्रहरीमा पुगेको र हाल प्रहरीले पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा हिरासतमा राखेको छ ।
यसै बीच प्रहरी हिरासतमा परेका लालबहादुर राना मगरले बुलिगंटार गाउँपालिका ६ भारतीपुरका वडाध्यक्ष सुर्य बहादुर राना मगरलाई समेत ज्यान मार्ने धम्की दिएको र निजलाई ज्यान मार्ने उद्योगमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको जनाईएको छ ।समाजमा उर्छिर्खल गतिबिधिमा सकृय लालबहादुर रानामगरलाई हदै सममको कारबाहीको माग गर्दै आज जिल्ला प्रहरी कार्यालयमा मूद्दा दर्ता गरिएको स्थानीय भारतीपुरका बासिन्दाले जानकारी दिएका छन् ।
वडाध्यक्ष रानामगरले आफुलाई पटक पटक धम्कयाउने लालबहादुरलाई किटानी सहितको जाहेरी दिएको बताए ।
सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता
काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...
प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी
मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...
विजयी सुरुआतसँगै चर्चामा योगेश
गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...
निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था
काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...
जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते
जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...
मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने
काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।
बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत
बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...
आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै
काठमाडौँ – सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९...