हिन्दुशास्त्रमा तुलसीको महत्व थाह छ ? – Janata Live
  • Saturday, February 4, 2023

हिन्दुशास्त्रमा तुलसीको महत्व थाह छ ?

  • जनता लाइभ
  • जेठ २६, २०७६

हिन्दुशास्त्रमा तुलसीको महत्व थाह छ ?

हिन्दु धर्म तथा शास्त्रको मान्यताअनुसार पवित्र मानिने अनेकौँ वस्तुहरूमध्ये तुलसीलाई सबैभन्दा पवित्र वृक्षको रूपमा लिइदै आएको पाईन्छ ।

साथै तुलसीलाई त्रीमूर्तीदेव विष्णु भगवानको अवतार भएको पनि विष्णु पुराण र श्रीस्वस्थानीमा बताइएको छ । ‘जुन घरमा तुलसीको मोठ छ, त्यो घर एकदमै पवित्र हुन्छ, त्यहाँ कुनै रोगव्याधले सताउँदैन अनि त्यहाँ मृत्युदेव यमराज आउन सक्दैन’ भन्ने हिन्दु धर्मावलम्बीहरूको विश्वास रहेको छ ।

नेपाल र भारत लगायतका देशहरु जहाँ हिन्दु मन्दिरको परिसरमा तुलसीको मोठ देख्न सकिन्छ । किनभने यसको पातलाई हिन्दु देव र देवीहरूलाई चढाउनको लागि पवित्र मानिन्छ-विशेष गरी ‘विष्णु भगवान’को लागि अत्यन्तै पबित्र मानिएको छ ।

आयुर्वेद शास्त्रमा पनि तुलसीको पात तथा बिरुवा लाई ठूलो महत्व को रुपमा लिइदै आएको पाइन्छ । आयुर्वेद र प्राकृतिक चिकित्साशास्त्रका अनुसार यसले रुघाखोकी, टाउको दुख्ने, टन्सिल हुने जस्ता समस्याबाट राहत दिएको प्रसस्तै उदाहरणहरु देख्न सकिन्छ ।

विज्ञानलाई नै आधार मानेर कुरा गर्ने हो भने पनि तुलसीको बोटले अन्य वृक्षले भन्दा बढि कार्बनडाइअक्साइड लिने र अक्सिजन फ्याँक्ने गर्दछ । त्यसैले नै घरको आँगनमा तुलसी रोप्नु धार्मिक र स्वास्थ्य पक्षबाट शुभ मानिएको छ ।

तर, सावधान ! धेरैले तुलसीको पातको गलत प्रयोग गरिरहेका हुन्छन् । जान्नुहोस्, तुलसीको पातलाई के गर्नुहुँदैन ।

धार्मिक र वैज्ञानिक कारणहरु :

चपाउने काम कहिल्यै नगर्नुहोस् ।

शास्त्र तथा कुनै कानीमा पनि सुन्नुभएकै होला- ‘तुलसीको पात कहिल्यै पनि चपाउनुहुँदैन, पाप लाग्छ ।’

अब धार्मिक पक्षबाट हेर्ने हो भने, तुलसीलाई विष्णु भगवानको स्वरूप मानिन्छ र यसको पातलाई दाँतले चपाउनु विष्णु भगवानको अपमान गरेको हुन्छ, भन्ने कुरा शास्त्र तथा बिभिन्न ग्रन्थहरुमा उल्लेख गरेको पाईन्छ ।

वैज्ञानिक पक्षबाट हेर्ने हो भने, तुलसीको पातमा एक प्रकारको रसायन हुन्छ जसले हाम्रो दाँतमा भएको क्याल्सियमलाई सोस्ने काम गर्छ । त्यसैले यसलाई चपाउनु एकदमै हानीकारक मानिन्छ ।

धर्मले उल्लेख गरेका कुराहरु बिज्ञानले पनी प्रमाणित गरेको छ । त्यसैले तुलसीको पात खानुपरेमा नचपाई पानीसँग निल्नु सबैभन्दा लाभदायी मानिन्छ र पाप पनि लाग्दैन । साथै बैज्ञानिक दृश्टीकोणबाट पनि स्वस्थकर मानिएको छ ।

शिबलिंगमा कहिले चढाउन नहुने

स्वस्थानि बर्तकथामा उल्लेख गरेअनुसार तथा हिन्दु धर्मका ग्रन्थअनुसार, शक्तिशाली असुर जालन्धरकी पत्नी ‘वृन्दा’ को वास्तविक रूप तुलसी हो । अनि जबसम्म वृन्दाको पतिव्रत धर्म चोखो र शुद्ध रहिरहन्छ, तबसम्म जालन्धरलाई कसैले पनि हराउन सक्दैन र अमर रहिरहन्छ ।

धेरै समय अधी भगवान शिवलाई हराउन भनेर जालन्धरले शिवसँग युद्ध गर्न जाँदा सबै देवताहरू जालन्धरको अमर शक्तिबाट हैरान परेका थिए । त्यसैबेला भगवान विष्णुले छलकपट गरी वृन्दाको पतिव्रत धर्म लुटिदिन्छन् र शिवजीले जालन्धरलाई हराउन सफल भएका थिए ।

भगवान विष्णुको यस्तो छलकपटबाट क्रोधित वृन्दाले विष्णुलाई तुलसी वृक्षको रूप लिनुपरोस् भनेर श्राप दिएकी थिइन् र आफ्नो पति जालन्धरको वध गरेको हुनाले शिवजीलाई कहिल्यै पनि तुलसीको पवित्र पात नचढोस् भनेर श्राप दिएकी थिइन् ।

यसकारण नै शिवलिङ्गमा तुलसीको पात चढाउनु अनर्थ मानिएको शास्त्रमा उल्लेख गरिएको छ ।

यस्ता तुलसीको पात टिप्नु अशुभ मानिन्छ ।

हिन्दू शास्त्रको मान्यता अनुसार आइतबारको दिन, एकादशीको दिन अनि सूर्य ग्रहण लागेको दिनमा कहिल्यै पनि तुलसीको पात टिप्नुहुँदैन

भन्ने हिन्दु धर्ममा विश्वास रहंदै आएको छ ।

किनभने, शिवजीले जालन्धरलाई हराएको दिन पनि आइतबार थियो, त्यस दिनमा एकादशी परेको थियो र साथै सूर्य ग्रहण पनि लागेको थियो। त्यसैले यी दिनहरूमा तुलसीको पात टिप्नु भनेको वृन्दाको सतिहरण गरेसरह हुने र पात टिप्ने व्यक्तिको जीवनमा कहिल्यै पनि शुभ-शान्ती नआउने विश्वास गरिन्छ।

भगवान गणेशले पनि मन पराउदैनन् तुलसी

सत्ययुगको समयमा जब युवती वृन्दा जङ्गलमा चाहार्दै थिइन्, तब उनले गणेश देवले ध्यान गरिरहेको देखेकी थिइन् । गणेशको सुन्दरता र गहिरो ध्यानको प्रभावले गर्दा वृन्दा मोहित भइन् र तुरुन्तै गणेशसँग विवाह गर्ने प्रस्थाव राखिन् ।

भगवान गणेसको तर्कमा आफू ब्रह्मकुमार भएको र त्यसैले गर्दा विवाह गर्न नहुने बताउँदै गणेशले वृन्दाको विवाह प्रस्तावलाई अस्वीकार गरेपछि वृन्दा क्रोधित भएकी थिइन् । क्रोधमै अन्धि बनेर उनले गणेशलाई आफ्नो ब्रह्मकुमारको प्रतिज्ञा तोडेर विवाह गर्नुपरोस् भनेर श्राप दिएकी थिइन् ।

उनको यस्तो तर्कहीन श्रापले गर्दा गणेश पनि क्रोधित भएर वृन्दालाई ‘चाँडै नै विवाह गर्नुपरोस्, त्यो पनि दैत्यसँग । त्यसपछि श्रापको कारण नश्वर संसारमा वृक्ष भएर जन्म लिनुपरोस्’ भनेर श्राप दिए ।

गणेशको क्रोध र श्रापले गर्दा वृन्दाले आफ्नो गल्ती महशुस गरी गणेशसँग क्षमा मागेकी थिइन् । वृन्दाको क्षमा याचना देखि प्रसन्न भई गणेश भगवानले उनको श्रापलाई कम गरीदिएका थिए ‘नश्वर संसारमा जुन वृक्ष भएर जन्म लिन्छौ, त्यस वृक्ष एकदमै पवित्र होस्।

तर मेरो पूजा गर्दा तिम्रो पात चढाउन नहोस् ।’त्यसकारण नै गणेशको पूजा गर्दा तुलसीको पात चढाउनु अशुभ मानिन्छ र पूजाको फल पनि नपाइने हिन्दु धर्ममा विश्वास रहंंदै आएको छ ।

घरभित्र तुलसी रोप्नु अशुभ

विभिन्न धर्मग्रन्थका अनुसार, जालन्धरको मृत्युपश्चात विष्णुले वृन्दालाई आफ्नी शखीको रूपमा मानेका थिए । अनि वृन्दाले आफूलाई पनि उनकै साथ लैजान विष्णुसँग आग्रह पनि गरेकी थिइन् भन्ने कुरा शास्त्रमा उल्लेख गरेको छ । तर विष्णुले अस्वीकार गर्दै भने- “मेरी धर्मपत्नी लक्ष्मी हुन् तर मेरो तिमी सदा मेरो हृदयमा हुनेछौ । त्यसपश्चात वृन्दाले विष्णुको घरबाहिर आँगनमा बस्न पाउने आग्रह गरिन्, जुनलाई विष्णुले स्वीकार गरेका थिए । त्यसकारण नै विष्णु र वृन्दारूपी तुलसीको मोठलाई घरबाहिर राख्नुपर्ने, घरभित्र राख्दा अशुभ हुने विश्वास परापूर्वकाल देखी नै रहँदै आएको छ ।

तर कतिपय ठाउँमा मानिसहरूले आफ्नो सहजताको लागि तुलसीको मोठलाई घरको छतमा राखेको पाइन्छ । घरको छतलाई पनि घरभित्रकै परिसर मानिने हुनाले यसो गर्न हुँदैन । जहिले पनि तुलसीको मोठलाई घरबाहिर नै राख्नुपर्दछ ।

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...