भीमले हजार हात्तीको बल कसरी पाएका थिए ? यस्तो छ महाभारतको रोचक कथा – Janata Live
  • Sunday, February 5, 2023

भीमले हजार हात्तीको बल कसरी पाएका थिए ? यस्तो छ महाभारतको रोचक कथा

  • जनता लाइभ
  • जेठ २६, २०७६

भीमले हजार हात्तीको बल कसरी पाएका थिए ? यस्तो छ महाभारतको रोचक कथा

महाभारतको युद्धमा अनेकौं शक्तिशाली योद्धाहरूले भाग लिएका थिए । कौरव र पाण्डवबीचको यो लडाईंमा दुवैतर्फका योद्धाले एकअर्कालाई कडा टक्कर दिएका थिए । यहाँ हामी यस्तै एक योद्धा महाबली भीमको चर्चा गर्दैछौं । उनमा हजारवटा हात्तीको बल थियो र उनले नर्मदा नदीको प्रवाहलाई समेत रोकिदिएका थिए। तर भीममा यति धेरै शक्ति आयो कसरी रु अलिकति पृष्ठिभूमिमा जाऔं ।

यदुवंशी राजा शूरसेनको पृथा नामक कन्या र वसुदेव नामक पुत्र थिए । कन्यालाई शूरसेनले आफ्नी फुपुको सन्तानहीन छोरो कुन्तीभोजलाई दिए । कुन्तीभोजले कन्याको नाम कुन्ती राखे । कुन्तीको विवाह पाण्डुसँग भयो ।

कुन्तीले दुर्वासा ऋषिको सत्कार गरेर उहाँलाई खुशी तुल्याएपछि देवतालाई बोलाउने वरदान पाइन् । मन्त्रलाई जाँच्नका लागि उनले सूर्यदेवलाई आह्वान गरिन् । सूर्यदेव आए र उनलाई छोरा कर्ण प्राप्ति हुने वरदान दिए । अविवाहित कुन्तीले लोकलाजको भयले कर्णलाई खोलामा बगाइदिइन् ।

पाण्डुले कुन्तीबाहेक माद्रीलाई पनि बिहे गरे । पछि उनलाई ऋषिको श्राप लागेर सहवास गर्दा मृत्यु हुने अवस्था आइलाग्यो ।

यतिखेर कुन्तीको वरदान काम लाग्यो । कुन्तीले धर्मराजलाई आह्वान गरेर युधिष्ठिर जन्माइन् । त्यसैगरी वायुदेवको अंशबाट भीम, इन्द्रको अंशबाट अर्जुन र अश्विनीकुमारको अंशबाट माद्रीको गर्भमा नकुल र सहदेव उत्पन्न भए ।

कौरव र पाण्डवहरूमा मतभेद थियो । एक योजनाअन्तर्गत दुर्योधनले धोकापूर्ण तरिकाले भीमलाई विष पिलाएर गंगा नदीमा फ्याँकेका थिए । मूर्च्छित अवस्थामा भीम बग्दै बग्दै नागलोक पुगे ।

त्यहाँ विषालु नागहरूले भीमलाई खुबै डसे । नागले डस्दा भीमको शरीरमा भएको विषको असर घट्दै गयो ।

विषको असर घट्दै गएपछि भीम बौरिए अनि नागहरूलाई धमाधम मार्न थाले । यो खबर नागराज वासुकिकहाँ पुग्यो र उनी स्वयं भीमकहाँ आइपुगे । वासुकिको साथी आर्यकले भीमलाई चिने ।

आर्यक भीमका प्रपितामह थिए । भीमले आफूलाई धोका दिएर विष खुवाइएको र गंगामा बगाइएको कथा सुनाए ।

त्यसपछि आर्यकले भीमलाई हजार हात्तीको बल दिने कुण्डहरूको पानी पिलाए । यसले गर्दा भीम अझै शक्तिशाली भए ।

दुर्योधनको लाख प्रयासका बाबजुद पाण्डवहरू र विशेषगरी भीमलाई केही भएन । पछि महाभारतको युद्ध अन्त्य हुने बेलामा भीमले दुर्योधनको वध गरे ।

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...