एक वर्षका तैमूर जिमखानामा ? – Janata Live
  • Wednesday, October 28, 2020

एक वर्षका तैमूर जिमखानामा ?

  • एजेन्सी
  • जेठ २६, २०७६

एक वर्षका तैमूर जिमखानामा ?

एक वर्षकै बालक जिमखाना जान्छ भन्दा अपत्यारिलो लाग्ला । तर सैफअलि खान र करिना कपूर खानका एक वर्षिय छोरा तैमूर जिमखाना जान्छन् । पहिलोपल्ट देख्ने मान्छेले उनी आमा करिना कपूर खानसँग आएको ठान्छन् । तर, वास्तविकता भने हाम्रो आम बुझाइभन्दा फरक छ । एक वर्ष भर्खरै पार गरेका तैमूर आफैमा फिट रहन जिमखाना जान थालेका हुन् । गत आइतबार पश्चिम मुम्बईमा उनी कुनै जिमखानाबाहिर देखिए । जिमखानाबाहिर नैनीसँगको उनको तस्बिर एकाएक भाइरल भयो ।

सबैको चासोको विषय भने अर्कै थियो । यति सानो फुच्चेका लागि पनि जिमखाना हुन्छ भन्ने सवाल उठ्यो । हुन पनि हो जो आफैँ उभिन पनि सक्दैनन्, ती कसरी जिम गर्न सक्छन् ? त्यसका लागि हामीले जिमखानाकी निर्देशक मोनिया मेहरासँग कुरा ग¥यौँ । उनले भनिन्, ‘वास्तवमा यो जिमखाना केटाकेटीकै लागि खोलिएको हो । सबैलाई लाग्दो हो यो ‘प्लेस्कुल’ हो । तर कुरा त्यस्तो होइन । यो फिटनेस सेन्टर हो, यहाँ बालकको सम्पूर्ण विकासमा प्रोत्साहन गरिन्छ ।’

यहाँ छ हप्तादेखि १० वर्षसम्मका केटाकेटी आउँछन् । बिहान १० बजेदेखि दिउँसो एक बजेसम्म खुल्ने यस जिमखानामा हरेक सेसन एक घण्टाको हुन्छ । तीन महिनाको कोर्सका लागि १८ हजार तिर्नुपर्छ । एक वर्षको सदस्यता लिनका लागि भने वार्षिक ५६ हजार जम्मा गराउनुपर्छ ।

के के गर्छन जिममा ?
मोनिकाका अनुसार यहाँ केटाकेटीलाई मसल्स पुल, जिम्न्यास्टिक, टम्बलिङ, फरवार्ड रोल, ब्याकवार्ड रोल र ब्यालेन्सिङ सिकाइन्छ । उनी भन्छिन्, ‘हेर्नुहोस्, पहिले पहिले केटाकेटीलाई मालिस गरिन्थ्यो ता कि उनीहरूको मांसपेशीको विकास सहीरूपमा हुन सकोस् ।’ यहाँ केटाकेटीको सम्पूर्ण विकासमा ध्यान दिइन्छ । मांशपेसीको मात्रै सही विकास भएर हुँदैन, बालकका सबै अंगको विकास सही आकारमा हुन जरुरी हुन्छ ।’

‘यहाँ आउने सबै बालक पूर्णरूपमा सुरक्षित हुन्छन् भन्ने प्रत्याभूति दिलाउँछौँ । यहाँ आउने कुनै पनि बालकको अहिलेसम्म चोटपटक लागेको छैन । उनीहरू अभ्यास पनि गर्छन् र सुरक्षित पनि रहन्छन् ।’ मोनिका भन्छिन्, ‘थाहा छैन मान्छेलाई किन अचम्म लागेको हो । व्यायाम त जोकोहीलाई आवश्यक हुन्छ, केटाकेटीलाई पनि । हामी प्रायः घरमा केवल खाना खुवाएर सुताउँछौँ । अर्थात् खेल्न छोडिदिन्छौँ । यसले यिनीहरूको शक्ति वृद्धि हुँदैन । प्रायः त्यस्ता केटाकेटीमा चिडचिडापन भएको भेटिन्छ । यसरी व्यायामद्वारा प्राप्त शक्तिले उनीहरूमा सकारात्मक सोचको विकास हुन्छ ।’

दावी
यस जिमखानाको आधिकारिक वेभसाइटमा ३० भन्दा बढी देशमा यसको शाखा विस्तार भइसकेको दाबी गरिएको छ । भारतमै मात्र पनि मुम्बईबाहेक अहमदाबादमा यसको शाखा विस्तार गरिएको छ । सप्ताहान्तमा भने डान्स, म्युजिक, गेम्स र सामाजिक सीपमा ध्यान दिइन्छ । बालमनोविज्ञ डा. अनुजा कपूर भन्छिन्, ‘आजभोलि आमाबाबु बालबालिकालाई व्यस्त राख्न उनीहरूका हातामा मोबाइल थमाइदिन्छन्, पर्खालभित्र थुनेर राख्छन् । यसो गर्दा एक वर्षमा नै बालबालिकाले भिडियो गेम त खेल्न जान्दछन् । तर, उनीहरूको मांसपेशी भने तन्दुरुस्त हुन सक्दैन । त्यसकारण यो अवधारणा पश्चिमी नै भए पनि हामीलाई कुनै घाटा पु¥याएको छैन ।’ आजभोलिका केटाकेटीलाई जन्मिनेबित्तिकै ग्याजेट थमाइदिनाले केटाकेटी घरबाहिर निस्किँदैनन् । सामाजिक समूह निर्माण हुन सक्दैन र दिनानुदिन बालबालिका ‘क्रिमिनल’ हुँदै गइरहेका छन् ।

सतर्कता आवश्यक
डा. अनुजा यस्ता ठाउँहरूमा पनि सतर्कता अपनाउनु जरुरी रहेको बताउँछिन् । उनी भन्छिन्, ‘कतिपय अवस्थामा ठूला बच्चाले साना बच्चालाई चोट पनि पु¥याउँछन् । त्यसैले तिनको एकदमै सतर्कताका साथ हेरचाह गर्नु जरुरी हुन्छ । तब कि कुनै पनि किसिमको ‘अति’ नहोस् ।’ त्यहाँ आएकी तीन वर्षकी बालिकाकी आमा ज्योति भन्छिन्, ‘यस किसिमका फिटनेस सेन्टर केवल पैसा कमाउने उद्देश्यले खोलिएका हुन् । जुनरूपमा घामा हेरविचार पु¥याउन सकिन्छ त्यति त कहीँ पनि सकिँदैन । मेरी तीन वर्षकी छोरी छ । ऊसँग रंगीन किताब छ । त्यो कथाको किताब हो । म ऊसँग धेरैभन्दा धेरै समय सँगै बिताउन चाहन्छु । ऊ हरेक साँझ पार्कमा खेल्न जान्छे । मलाई लाग्दैन कि उसलाई त्योभन्दा अझ बढी गर्नुपर्छ । यहाँ आइरहेका उसका केही साथी पनि मैले देखेकी छु, जसको सामाजिक विकास भइरहेकै छैन ।’

डाक्टर के भन्छन् ?
यसबारेमा हामीले गंगाराम अस्पतालका बालविशेषज्ञ कनव आनन्दसँग कुरा ग¥यौँ । उनी भन्छन् ‘यसरी व्यायाम गर्नुमा कुनै खराबी नभएको उनको धारणा छ । तर त्यतिखेर उसको उमेरको भने हामीले ख्याल गर्नुपर्छ । यदि कम उमेरको बालकलाई बढी कसरत गराइयो भने यसले फाइदाभन्दा बढी नोक्सान पु¥याउन सक्छ । ‘वर्कआउट’ प्रतिबन्धित नै पनि त होइन । मालिस पनि एक किसिमको ‘वर्कआउट नै हो । यसको फाइदा पनि छ, तर अलिकति मात्र पनि लापरबाही गरियो भने नोक्सान हुन सक्छ । डा. आनन्द भन्छन्, ‘यदि सही तरिकाले व्यायाम गराइयो भने उनीहरूले आफूलाई सन्तुलित राख्न र अनावश्यक मोटोपनको समस्याबाट टाढा राख्न सक्छन् ।’

यति हुँदाहुँदै पनि बच्चाको उमेरको अनुपातमा वर्कआउट गराइएन भने हड्डीमा असर पर्न सक्छ । किनभने बच्चाको हड्डी एकदमै कमजोर हुन्छ । मांशपेसीमा पनि असर पर्न सक्छ । त्यसैले उनीहरूको उमेरले नथेग्ने व्यायाम गराउनु हुँदैन । डा. आनन्द भन्छन्, ‘बालबालिकालाई एक घण्टासम्म त ठीकै हो, त्यो भन्दा बढी ‘वर्कआउट’ गराउनु हुँदैन ।’

Loading...
Loading...
Loading...

चन्द्रमामा पानी छ : नासा

न्यूयोर्क, ११ कार्तिक । चन्द्रमामा पानीको अभाव छ भन्ने वाक्यांश पृथ्वीका लागि एक ‘हलमार्क’ जस्तै बनेको छ । तर, नासाका...

अफगानिस्तान : राजधानीमै शिक्षा संस्थानमा आत्मघाती विस्फोट, कम्तीमा १८ को मृत्यु

एजेन्सी, ९ कार्तिक । अफगानिस्तान एक शिक्षा संस्थानमा आत्मघाती बम बिस्फोट गराइएको छ । सो क्रममा कम्तीमा १८ जनाको मृत्यु...

अफगानिस्तानमा शक्तिशाली भूकम्पको झड्का

एजेन्सी । अफगानिस्तानमा शक्तिशाली भूकम्पको झड्का महसुस गरिएको छ । शुक्रबार ३ बजेर ४० मिनेटमा गएको भूकम्प ५.२ रेक्टर स्केल...

‘विश्वकै सबैभन्दा ठूलो’ मध्येको गुलाबी हिरा नोभेम्बर ११ मा रूसबाट विक्री गरिने

मस्को, २७ असोज । विश्वको सबैभन्दा ठूलो उज्ज्वल बैजनी (गुलाबी) हिरा बेच्न आगामी नोभेम्बर ११ मा लिलाम प्रक्रियामार्फत् आगामी नोभेम्बर...

कोरोनाबारे भ्रम छरेको भन्दै फेसबुक र ट्वीटरले हटाइ दियो ट्रम्पको पोस्ट

काठमाडौं, २१ असोज । फेसबुकले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको पोस्ट हटाएको छ । उक्त पोस्टमा उनले कोभिड-१९ फ्लूभन्दा कम घातक...

प्रयोग भइसकेका कण्डम विभिन्न उपाय अपनाएर पुन: बिक्री गर्ने महिला पक्राउ !

एजेन्सी । भियतनाममा प्रयोग भइसकेको कण्डम विभिन्न उपाय अपनाएर पुन: बिक्री गर्ने महिला पक्राउ परेकी छन् । उनलाई भियतनाम प्रहरीले...

चीनमा अब ब्याक्टेरियाका कारण हज्जारौं बिरामी

एकातिर संसार कोरोनाभाइरसको कहरसँग जुधिरहेको छ जुन चीनको ऊहानबाट संसारभरी फैलिएको थियो अब अर्कोतर्फ चीनको उत्तर पश्चिमी इलाकामा रहेको गेन्सू...

दिल्लीमा ८६ वर्षीया वृद्धामाथि बलात्कार

काठमाडौँ, २५ भदौ । भारतमा प्रत्येक वर्ष हजारौं बलात्कारका घटनाहरू दर्ता हुन्छन्, तर त्यहाँ केहि यस्ता घटनाहरू छन् जसले समाजलाई...