होटलका बाउन्सरले मरणासन्न हुने गरी ग्राहक कुटे – Janata Live
  • Thursday, October 21, 2021

होटलका बाउन्सरले मरणासन्न हुने गरी ग्राहक कुटे

  • पत्रपत्रिका
  • जेठ २६, २०७६

होटलका बाउन्सरले मरणासन्न हुने गरी ग्राहक कुटे

बारा । बाराको सिमरामा रहेको इच्छा होटलका बाउन्सरले शुक्रबार राति तीन जनालाई मरणासन्न हुने गरी कुटेका छन् । सिमराका विजय पाठक, धनबहादुर तामाङ र राम पुडासैनी घाइते बाउन्सरको कुटाईबाट घाइते भएका हुन् ।

घाइतेलाई होटलबाट प्रहरीले उद्धार गरी अस्पताल पुर्‍याएको थियो । स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि घाइतेमध्येका पाठकलाई राति नै काठमाडौं पठाइएको परिवारले जनाएको छ ।

अर्का घाइते तामाङको खुट्टामा र पुडासैनीको टाउकोमा चोट लागेको छ । कुटपिट हुन थालेपछि पुडासैनीले भागेका थिए ।

अपशब्द बोलेको भन्दै होटलका बाउन्सर रमेश पुनसहित कर्मचारीले नियन्त्रणमा लिई कुटपिट गरेका थिए । प्रहरीले उल्टै घाइतेलाई पक्राउ गर्न खोजेपछि स्थानीय युवाले विरोध गर्दा अस्पतलमा केहीबेर तनाव भएको थियो । घाइतेलाई पक्राउ गर्न पुगेका २० बढी प्रहरी स्थानीय युवा र जनप्रतिनिधिको विरोधपछि फर्किएका थिए ।

ग्राहकलाई मरणासन्न हुनेगरि कुट्ने बाउन्सर र कर्मचारीलाई कार्वाही गर्न माग गर्दै पीडित परिवारले प्रहरीमा उजुरी दिएका छन् ।

ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक सुभाष हमालले होटलबाट फोन आएपछि पुगेर घाइतेलाई उपचारका लागि अस्पताल लगेको बताए । घटनाबारे छानविन भएकाले उनले जानकारी दिए । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।

Loading...
Loading...
Loading...

बाढी पहिरोबाट ८७ को मृत्यु, २८ बेपत्ता

काठमाडौं– बेमौससी वर्षाका कारण देशका विभिन्न भागमा बाढी र पहिरोले ८७ जनाको ज्यान गएको छ । २८ जना बेपत्ता छन्...

बाढी र पहिरोबाट ११ वर्षमा २१ सयको मृत्यु

काठमाडौं– ०६८ देखि ०७८ कात्तिक ३ सम्म बाढी र पहिरोका कारण मात्रै मुलुकभर दुई हजार एक सय ३२ जनाले ज्यान...

यसरी बन्यो बैंक लुट्ने योजना

मोरङ– व्यवसायी श्याम मुखियाले करिब ५ वर्ष अगाडि १० लाख रुपैयाँ ऋण लिएर विराटनगर–६ मा गार्मेन्टको कारोबार सुरु गरे । तर,...

देशभर भारी वर्षाको सम्भावना, होशियारी अपनाउन आग्रह

काठमाडौं– आज (आइतबार) बिहान प्रदेश–१, प्रदेश–२ र वागमती प्रदेशमा सामान्य बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ...

८०४ ले जिते कोरोना, ४५५ नयाँ थपिए, आठको मृत्यु

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ४५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६,२१४ जनाकाे परीक्षण गर्दा पीसीआर विधिबाट...

नक्कली नोटको कारोबार : दुई जना पक्राउ परेपछि थप पाँच जना समातिए

धनकुट्टा– जिल्ला प्रहरी कार्यालय धनकुटाले नक्कली नोटको कारोबारमा संलग्न सात जनाको समूहलाई पक्राउ गरेको छ । असोज ११ गते धनकुटाकै...

दशैंको मासु भाग लगाउने क्रममा विवाद, चिर्पटले हानेर युवकको हत्या

सिन्धुली– दशैंको मासु भाग लगाउने क्रममा भएको विवादको क्रममा एक युवकको हत्या भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका–११ छतिवन बस्ने...

आज महाअष्टमी : शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिदै

काठमाडौं– आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरूपमा मनाउँदैछन्...