नेकपा विप्लवमा जिम्मेवारी हेरफेर, नयाँ सैन्य भर्नाको तयारी – Janata Live
  • Friday, February 3, 2023

नेकपा विप्लवमा जिम्मेवारी हेरफेर, नयाँ सैन्य भर्नाको तयारी

  • जनता लाइभ
  • जेठ २५, २०७६

नेकपा विप्लवमा जिम्मेवारी हेरफेर, नयाँ सैन्य भर्नाको तयारी

काठमाडौं । सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना कमाण्ड र ब्युरो नेतृत्व फेरबदल गरेको छ । स्रोतका अनुसार महासचिव विप्लवले हेडक्वार्टरको प्रत्यक्ष निगरानीमा मध्यकमाण्डलाई राखेका छन् । त्यसको जिम्मेवारी खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ दिइएको छ ।

हेमन्तप्रकाश ओली ‘सुर्दशन’ पक्राउ परेपछि बलियो मानिएको मध्यकमाण्ड कमजोर बनेको विश्लेषण पार्टीले गरेको छ। पार्टी स्रोतअनुसार तत्काल प्रकाण्डलाई कमाण्ड सुम्पन नहुने विश्लेषणसहित उनलाई हेडक्वार्टरको प्रत्यक्ष निगरानी रहने ठाउँमा जिम्मेवारी दिइएको हो ।

प्रहरीले २२ साउन २०७५ मा पक्राउ गरेका प्रकाण्ड केही महिनापछि सर्वोच्चको आदेशले रिहा भएका थिए । पक्राउ पर्नुअघि उनी पार्टीको अर्थ विभाग प्रमुख थिए । व्यापारीबाट उठाएको चन्दाको सबै हिसाब किताब उनले राख्ने गर्थे। उनी पक्राउ परेपछि आर्थिक विभागका बिवरण सार्वजनिक भएका थिए ।

हाललाई यो जिम्मेबारी उनी एक्लैलाई छोडिएको छैन । ‘आर्थिक विभागमा प्रकाण्डसहित अर्का एक जना हेडक्वार्टरले तोकेका व्यक्ति रहने निर्णय भएको छ’, स्रोतको दावी रहेको छ ।

पूर्वी कमाण्डमा रहेका अनिल शर्मा बिरहीलाई प्रकाशनको जिम्मेबारी दिँदै कमाण्डको नेतृत्व ‘विषम’ लाई दिइएको छ। पार्टीको पूर्वी कमाण्डको मुख्यालय समेत तोकिएको छ। पूर्वी कमाण्डका लागि ‘बिषम’सहित ‘शिलु’ जिम्मेवारी तोकिएको छ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ – सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९...