विहानैदेखि काठमाडौंमा हावाहुरीसहित वर्षा, सचेत रहन आग्रह – Janata Live
  • Friday, February 3, 2023

विहानैदेखि काठमाडौंमा हावाहुरीसहित वर्षा, सचेत रहन आग्रह

  • जेठ २४, २०७६

विहानैदेखि काठमाडौंमा हावाहुरीसहित वर्षा, सचेत रहन आग्रह

काठमाडौं । काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा आज (शुक्रबार) बिहानैदेखि हावाहुरीसहित वर्षा भएको छ । हावाहुरीको गति निकै तीव्र भएका कारण केही स्थानमा विद्युत आपूर्ति बन्द भएको छ ।

हावाहुरीले केही रुखहरु ढल्दा अवरुद्ध भएको छ । मौसमविद् सुवास रिमालले बिहीबार कैलाली कञ्चनपुरमा पश्चिम चापीय असरका कारण हावाहुरी आएको र त्यही प्रणाली पूर्वतिर आएको बताए ।

उनले शुक्रबार बिहान काठमाडौंमा आएको हावाहुरी पनि त्यही चापीय असरले भएको बताए । उनले मेघगर्जनसहितको हावाहुरीको क्रम काठमाडौं बिहान ९ बजेसम्मै रहन सक्ने बताए । उनले दिउँसोतिर पनि फेरि यस्तै हावाहुरीसहितको वर्षा हुन सक्ने बताएका छन् ।

त्यसपछि बिस्तारै पूर्वतिर सर्ने समेत उनले बताएका छन् । बंगालको खाडीबाट जलवाष्प आइरहेकाले केही दिनसम्म असर पार्ने मौसमविद् रिमालले बताए । उनले भनी भन्छन्, ‘मनसुन अझै शुरु भएको छैन । ढिला नै आउँला ।

तर मेघगर्जनसहितको वर्षा र चट्याङ लाग्ने क्रम भइरहने छ ।’ उनले सचेत रहेर बस्न पनि आग्रह गरेका छन् । प्रि–मनसुनमा विध्वंश मच्याउने क्रम जारी नै रहने मौसमविद् रिमालले बताए । यता सुदूरपश्चिममा हावाहुरीका कारण हिजो बेलुका एक जनाको ज्यान गएको छ भने ८० बढी घाइते भएका छन् । सयौं घरको छाना उठाएको छ ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ – सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९...