सडक विस्तारको क्रममा सुख्खा पहिरो खस्दा एक जना बेपत्ता – Janata Live
  • Friday, February 3, 2023

सडक विस्तारको क्रममा सुख्खा पहिरो खस्दा एक जना बेपत्ता

  • जनता लाइभ
  • जेठ २३, २०७६

सडक विस्तारको क्रममा सुख्खा पहिरो खस्दा एक जना बेपत्ता

म्याग्दी । धौलागिरि गाउँपालिका–४ मा पर्ने म्याग्दीको विकट र दुर्गम मुदी गाउँलाई सडक सञ्जालसँग जोड्ने क्रममा सुख्खा पहिरो खस्दा मुदीका एक यूवा बेपत्ता भएका छन् ।

सडक विस्तारको क्रममा मुदीका ३१ वर्षीया पुन बेपत्ता भएका हुन् । पुन उपभोक्ता समितिमा समेत आवद्ध रहेको बताइएको छ ।

मुदीतर्फ सडकको ट्याक खोल्ने काम तीव्ररुपमा अगाडी बढिरहेको अवस्थामा एक्कासी सुख्खा पहिरो आएपछि स्काभेटरमामा समेत क्षती पुगेको छ । चालकदलका सदस्यले ज्यान जोगाएपनि नजिकै रहेका पुन सम्पर्क विहिन भएको प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले बताए ।

उनका अनुसार घटनाका बारेमा थप जानकारी लिने प्रयास भइरहेको छ ।स्काभेटरका चालकले समेत बेपत्ता भएका पुन सुख्खा पहिरो जाँदा आसपासकै क्षेत्रमा भएको प्रहरीलाई बताएका छन् ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी नायव निरिक्षक बलराम पौडेलको नेतृत्वमा ७ जनाको टोली पुगेको छ । गाउँपालिकाको गौरवको योजना रहेको सडक विस्तारको क्रममा पटकपटक भीरबाट ढुंगा खस्दा जोखिम मोलेर विस्तार गर्ने कार्य भइरहेको थियो ।

सडक निर्माण भएपछि मुदी, खिवाङ, नेरवाङ, बगर, नाउरा, चेचुङलगायत बस्तीका करिब एक हजार घरधुरी लाभान्वित हुने भएका छन् ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ – सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९...