मेयर चौधरीमाथि फौजदारी मुद्दा लगाउन माग – Janata Live
  • Friday, February 3, 2023

मेयर चौधरीमाथि फौजदारी मुद्दा लगाउन माग

  • जनता लाइभ
  • जेठ २३, २०७६

मेयर चौधरीमाथि फौजदारी मुद्दा लगाउन माग

काठमाडौँ । पत्रकारको नाक भाँच्ने धम्की दिएर विवादमा परेका सुनसरी इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीलाई कारबाही गर्न सांसदहरुले माग गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको शून्य समयमा सांसदहरुले मेयर चौधरीले स्वतन्त्र पत्रकारिताको मूल्य मान्यताविपरीत धम्की दिएकाले फौजदारी कानुनअन्तरगत कारबाही गर्न माग गरेका हुन् ।

विपक्षी कांग्रेसकी सांसद सुजाता परियारले संसदमा भनिन्, ‘इटहरीको मेयरको हर्कत के हो ? पत्रकारमाथि नै आक्रामणको धम्की रु हामीले प्राप्त गरेको लोकतान्त्रिक उपलब्धी यही हो रु उनलाई कारबाही गरियोस् ।’

त्यस्तै सांसद हिरा गुरुङले इटहरीका उपमहानगरपालिका मेयरले दुई तिहाइको दभ्भ देखाएको आरोप लगाइन् । ‘मेयरलाई फौजदारी अपराधअन्तरत कारबाहीको दायरामा ल्याउनुपर्छ । कानुनी राज्यमा कसैले पनि धम्की दिन सक्दैन’, गुरुङले भनिन् ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ – सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९...