ललितपुरमा आमाछोरीको शव झुण्डिएको अवस्थामा फेला

काठमाडौं । ललितपुरको महाँकाल गाउँपालिकामा आमाछोरी शव झुण्डिएको अवस्थामा भेटिएको छ ।
महांकाल गाउँपालिका–४ स्थित गुम्बाडाँडामा २१ महिनाकी छोरीलाई पहिला झुण्ड्याएर एक महिलाले आत्महत्या गरेकी छन् । आत्महत्या गर्ने महिला मुगुकी २६ वर्षे जानु शर्मा रहेको प्रहरीले जानकारी दिएको छ ।
बुधबार साँझ ६ः३० बजेतिर घटनाका बारेमा जानकारी आएपछि ललितपुर प्रहरी घटनास्थलमा पुगेको थियो । जानु स्थानीय प्रेमप्रसाद घिमिरेको घरमा भाडामा बस्दै आएकी थिइन् । ढोका बन्द रहेको र बोलाउँदा कुनै प्रतिक्रिया नआएपछि प्रहरी र वडाध्यक्षसहितको टोली कोठाभित्र पसेको थियो । त्यहाँ जानु झुण्डिएको अवस्थामा फेला पारेकी थिइन् ।
महानगरीय प्रहरी परिसर जाउलाखेलका प्रवक्ता नारायण चिमोरीयाका अनुसार जानुले कोठामा आत्महत्या गरेको पुष्टि भएको छ । उनले कोठाभित्र रहेको बलोमा सलको पासो बनाएर छोरीलाई झुण्ड्याएरपछि आफू पनि त्यहीं झुण्डिएको प्रहरीले जनाएको छ ।
घटनास्थल महानगरीय प्रहरी वृत्त चापागाउँबाट करिब ६० किलोमिटरको दूरीमा पर्छ । घटनास्थलमा पुगेका चापागाउँ वृत्तका प्रमुख राजकुमार खिउजुका अनुसार जानुले मजदुरी गरेर गुजारा गर्दै आएकी थिइन् । प्रहरीका अनुसार उनी कामको सिलसिलामा मुगुबाट महाँकाल आएकी थिइन् ।
श्रीमानले अर्की श्रीमती ल्याएका कारण जानु केही महिनादेखि एक्लै बस्दै आएकी थिइन् ।
सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता
काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...
प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी
मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...
विजयी सुरुआतसँगै चर्चामा योगेश
गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...
निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था
काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...
जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते
जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...
मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने
काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।
बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत
बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...
भाइटीकाको साइत कुन देशमा कतिबजे ?
काठमाडौं– यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा जुरेको छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले यस वर्षको...