मेडिकल कलेज सञ्चालक नै भन्छन्– सरकारले तोकेभन्दा बढी शुल्क लिएकै हो – Janata Live
  • Sunday, February 5, 2023

मेडिकल कलेज सञ्चालक नै भन्छन्– सरकारले तोकेभन्दा बढी शुल्क लिएकै हो

  • जनता लाइभ
  • जेठ २३, २०७६

मेडिकल कलेज सञ्चालक नै भन्छन्– सरकारले तोकेभन्दा बढी शुल्क लिएकै हो

काठमाडौं । विद्यार्थीसँग बढी शुल्क असुलेर विवादमा तानिएका मेडिकल कलेजहरूले तोकेभन्दा बढी शुल्क लिएको स्वीकार गरेका छन् ।

संसद्को शिक्षा तथा स्वास्थ्य उपसमितिले बुधबार डाकेको छलफलमा सहभागी मेडिकल कलेज सञ्चालक तथा प्रतिनिधिले सरकारले निर्धारण गरेभन्दा बढी शुल्क लिएको खुलेआम स्विकारेका हुन् । उनीहरूले सरकारले तोकेको शुल्कमा कलेज चलाउन नसक्ने बताए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

‘महँगी बढेको छ । फ्याकल्टी पाइँदैन । त्यसैले थोरै पैसामा मेडिकल कलेज चलाउन मुस्किल पर्छ,’ जानकी मेडिकल कलेजका अध्यक्ष ओमप्रसाद पाण्डेले भने । विराट मेडिकल कलेजका अध्यक्ष डा। ज्ञानेन्द्रमानसिंह कार्कीले मेडिकल पढ्दा स्वाभाविक रूपमै बढी खर्च हुने दाबी गरे ।

‘चलाउनका लागि मात्र चलाउनु ठीक होइन, गुणस्तर पनि दिनुर्पयो, खर्च त भइहाल्छ नि,’ उनले भने, ‘हाम्रो त अहिले विद्यार्थी पनि ७५ जना छन् । सयसम्म विद्यार्थी आउँछन् भनेर सुनेको मात्र हो, देखेको छैन । अब भन्नुस् त कम खर्चमा कसरी पढाउने ?’

लुम्बिनी मेडिकल कलेजका सिइओ सन्तोषलाल श्रेष्ठले पनि नेपाली विद्यार्थीसँग ४७ लाख ९० हजार र भारतीय विद्यार्थीसँग भारु ४० लाख शुल्क लिएको स्वीकार गरे । ‘यही शुल्कले कलेज चलिरहेको छ । नत्र मुस्किल पर्छ,’ उनले भने ।

यो रकम सरकारले निर्धारण गरेभन्दा बढी हो । २८ असोज ०७५ मा सरकारले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तह र एमबिबिएस विद्यार्थीका लागि उपत्यकाभित्र ३८ लाख ५० हजार तथा उपत्यकाबाहिर ४२ लाख ४५ हजार शुल्क तोकेको थियो ।

तर, विद्यार्थीबाट शुल्क उठाउँदा हिनामिना नगरेको उनीहरूको दाबी छ । व्यक्तिको खातामा कलेजले पैसा हाल्न नलगाएको मणिपाल कलेजका प्रशासन प्रमुख गौरव यादवले बताए । ‘शंका लागे छानबिन गर्नुु्,’ उनले सांसदहरूलाई चुनौती दिए ।

त्यस्तै, लुम्बिनी मेडिकल कलेजका राजीव द्विवेदीले आफूहरूलाई पैसा कमाउन मात्रै बसेको भनेर आलोचना गरिएकोमा आपत्ति जनाए । ‘हामी मेडिकल कलेजहरूलाई त पैसा कमाउन बसे जसरी बुझिएको छ, त्यस्तो होइन,’ उनले भने ।

मेडिकल कलेजहरूले मनोमानी शुल्क उठाएपछि संसद्को शिक्षा तथा स्वास्थ्य समितिले छानबिनका लागि नौ सदस्यीय उपसमिति गठन गरेको थियो । छानबिनकै क्रममा उपसमितिले बुधबार बिहान कलेज प्रतिनिधिलाई छलफलमा बोलाएको हो । जानकी, नेपालगञ्ज, विराट, लुम्बिनी, देवदह र मणिपाल मेडिकल कलेजका प्रतिनिधि बैठकमा उपस्थित थिए ।

पौने २ घण्टासम्म चलेको बैठकमा समितिका सदस्यहरूले कलेज प्रतिनिधिसँग शुल्कलगायत विषयमा प्रश्न राखेका थिए । योगेश भट्टराई, खगराज अधिकारी, मनकुमारी जिसीलगायत सांसदले छानबिनका क्रममा भेटिएका प्रमाणका आधारमा प्रश्न राखेका थिए ।

बढी पैसा लिने मेडिकल कलेजको सम्बन्धन खारेज हुन सक्छ स् योगेश भट्टराई
तपाईंहरूले कि यतिमा पढाउन सक्दैनौँ भनेर विश्वविद्यालयलाई ‘कम्प्लेन’ गर्नुर्पयो, होइन भने तोकिएबमोजिम पैसा लिनुप¥यो । विद्यार्थीलाई ‘टर्चर’ दिनुहुन्छ रे । पैसा बढी लिनुहुन्छ रे । अभिभावकहरूले रुँदै आफ्नो पीडा पोख्नुभएको छ । त्यस्तो नगर्नुस् । बढी शुल्क लिने कलेजको सम्बन्धन नै खारेज हुन सक्छ ।

मेडिकल कलेजका होस्टेलले केटाकेटी बिगार्छ स् खगराज अधिकारीछात्रवृत्ति पाएको विद्यार्थीले समेत कलेजमा पैसा तिर्नुपरेको गुनासो सत्य हो रु शिक्षकहरूलाई पनि तलब दिनु भएन रे, त्यसैकारण शिक्षकले विद्यार्थीलाई फेल गराई दिन्छ भन्ने गुनासो छ । उजुरी सबै ठीक नहुन पनि सक्छ । तर, मेडिकल कलेजमाथि किन यति धेरै उजुरी आउँछ रु कसैले बौलाएर उजुरी गरेको त होइन होला नि ।

तपाईंहरूको होस्टेलमा बसेका विद्यार्थी बेलुका भएपछि रक्सी खाँदै बजार चहारेको त मेरै आँखाले देखेको छ । गाँजा खाएर हिँडेको पनि प्रमाण छ । केटीको होस्टेलमा केटा पसेको छ । यस्तो पनि हुन्छ होस्टेल रु हाम्रा साना नानीहरूलाई तपाईंहरूले बिगारेर घर पठाइदिन त भएन नि !

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।

तौल बढ्न नदिन के खाने, कसरी खाने?

काठमाडाैं- खाना घटाएर वजन घटाउने खोज्छन् धेरैले। तर, यो गलत तरिका हो। किनभने यसो गर्दा शरीरका लागि चाहिने न्युनतम तत्वको...

किन चिलाउँछ हत्केला, कसरी बच्ने?

काठमाडौं- हत्केला शरिरको संवेदनशील अंगमध्ये एक हो। यो सबै भन्दा बढी प्रयोग वा उपयोगमा आउने अंग हो। त्यसैले हत्केला चिलायो...