समिति छल्दै सामान्य प्रशासनमन्त्री, सिंहदरबारमै कर्मचारीको भीड – Janata Live
  • Sunday, February 5, 2023

समिति छल्दै सामान्य प्रशासनमन्त्री, सिंहदरबारमै कर्मचारीको भीड

  • जनता लाइभ
  • जेठ २३, २०७६

समिति छल्दै सामान्य प्रशासनमन्त्री, सिंहदरबारमै कर्मचारीको भीड

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित सहभागी नभएपछि प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको छलफल प्रभावित भएको छ ।

विवादमा परेको स्थानीय तहमा कर्मचारी भर्ना गर्नेसम्बन्धी लोकसेवा आयोगले गरेको विज्ञापनका सम्बन्धमा छलफल गर्न समितिले बुधबारका लागि मन्त्री पण्डितलाई बोलाएको थियो । आफू व्यस्त भएको भन्दै पण्डितले शुक्रबारसम्म छलफलमा आउन नसक्ने जवाफ समितिलाई पठाएपछि सांसद आक्रोशित छन् ।

संसदीय समितिलाई छल्न खोजेको भन्दै उनीहरूले मन्त्रीलाई पर्खेर महत्त्वपूर्ण विषयमा समिति अनिर्णयको बन्दी बन्न नहुने धारणा राखेका छन् । समिति सभापति शशि श्रेष्ठसमक्ष मन्त्री नआए पनि लोकसेवाको विवादित विज्ञापनबारे स्पष्ट धारणा दिनुपर्ने उनीहरूले माग गरे । आयोगले गत साता ५ सय १५ स्थानीय तहका विभिन्न पदका लागि ९ हजार १ सय ६१ कर्मचारी माग गर्दै विज्ञापन गरेको थियो । विज्ञापन समावेशी नभएको भन्दै विरोध भएको छ । यो समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

मन्त्रीको जवाफदेहिता समितिप्रति नदेखिएको प्रमुख प्रतिपक्षी कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूको आरोप छ । ‘मन्त्रीलाई भोलि नै बोलाउनुपर्छ, होइन भने समितिले सधैं कुरेर बस्न सक्दैन,’ उनले भने । मन्त्रीका कारण समिति पङ्गु हुन नहुने राजपा अध्यक्ष मण्डलका नेतासमेत रहेका सांसद राजेन्द्र महतोले बताए । मन्त्री पण्डितको अनुपस्थितिमै समितिले आफ्नो निर्णय गर्नुपर्ने उनको माग छ ।

आयोगले संविधान विपरीत कर्मचारी मागेको उनको दाबी छ । संघीयता कमजोर बनाउने खेलअन्तर्गत विज्ञापन आएकाले यसलाई रद्द गर्नुपर्ने उनको माग थियो । विज्ञापनको विषयमा के हुँदैछ भन्दै जनस्तरबाट आफूहरूलाई प्रश्न आउन थालेको सांसद डिला संग्रौलाले बताइन् । संविधानमा व्यवस्था भएका प्रावधानलाई जबर्जस्ती ढंगले मिच्न नहुने उनको भनाइ छ । ‘स्थानीय तहको अधिकार खोस्नु हुँदैन,’ उनले भनिन् ।

सभापति श्रेष्ठले भने सरकारलाई धारणा राख्न दिनुपर्ने भन्नै तत्काल निर्णय गर्न मानिनन् । प्रधानमन्त्री केपी ओलीको विदेश भ्रमणका कारण मन्त्रीले शुक्रबारअघि छलफलमा आउन नपाउने सूचना दिएको सभापति श्रेष्ठले जानकारी दिइन् ।

‘बरु मन्त्रीलाई हामी कति दिन कुर्न सक्छौं माननीयहरूले भन्नुस्,’ श्रेष्ठले भनिन्, ‘आउनु भएन भने सोहीअनुसार गरौंला ।’ तीन दिनअघिको छलफलमा के गर्ने हो, त्यो छिटो टुंग्याउन आयोगले अनुरोध गरेको प्रसंग जोडदै सभापति श्रेष्ठले मन्त्रीलाई बोल्ने अवसर नदिई निर्णय गर्दा गलत परम्परा बस्न सक्ने धारणा राखिन् ।

कर्मचारीको पदपूर्तिका विषयमा संसद्मा समेत आवाज उठेपछि समितिले सोमबार आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीलगायत पदाधिकारीसँग छलफल गरेको थियो । मैनालीले संघीय कानुन र मन्त्रिपरिषद्को निर्णयअनुसार नै कर्मचारी माग गरेको बताएका थिए ।

बैठकमा मन्त्रालयका प्रवक्ता भूपाल बरालले आफूहरूले स्थानीय तहको मागअनुसार आयोगमा लेखी पठाएको जानकारी दिएका थिए । कानुनमा टेकेर आयोगलाई पत्राचार गरेको उनको भनाइ छ । विवाद नआओस् भनी स्थानीय तहले कर्मचारी आवश्यकताको लिस्ट पठाउँदा प्रशासकीय अधिकृत र जनप्रतिनिधिको हस्ताक्षर अनिवार्य समावेश गर्न निर्देशन दिएको उनले जानकारी दिए ।

सिंहदरबारमै कर्मचारीको भीड
समितिमा सांसदहरूले कर्मचारी समायोजनलगायत विषयमा पनि कुरा उठाए । ठूला पदका र जानेबुझेका कर्मचारी सिंहदरबारमै राख्ने गरी समायोजन गरिएको र अनावश्यक रूपमा केन्द्रमा कर्मचारी थुपारिएको उनीहरूको भनाइ छ ।

ठूला कर्मचारी बाहिर जान नचाहने भएकालेआफ्नो सुविधाका लागि धेरै दरबन्दी केन्द्रमा राखिएको सांसद भुसालले बताइन् । ‘काठमाडौं महानगरपालिकामा कृषि र वनको दरबन्दी छ, तराईमा छैन,’ उनले भनिन्, ‘आफ्नो सुविधाका लागि सिंहदरबारमै धेरै कर्मचारीको भीड जम्मा गर्न खोजिएको छ ।’

सांसदले तत्काल आयोगको विज्ञापन रद्द गरेर करारमा कर्मचारी राख्न स्थानीय तहलाई अधिकार दिनुपर्ने सुझाव दिए । प्रदेश लोकसेवा गठन नहुँदासम्म करार सेवामा कर्मचारी राख्ने व्यवस्था मिलाउनुपर्ने सांसद यशोदा सुवेदीको जोड छ ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ – सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९...