राष्ट्र बैंकको ३० वर्षे अवकाश नीति हट्दै – Janata Live
  • Sunday, February 5, 2023

राष्ट्र बैंकको ३० वर्षे अवकाश नीति हट्दै

  • जेठ २३, २०७६

राष्ट्र बैंकको ३० वर्षे अवकाश नीति हट्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकलाई कर्मचारी अवकाशमा भएको दोहोरो व्यवस्था हटाउन बाटो खुला भएको छ ।

सर्वोच्च अदालतले कर्मचारी व्यवस्थापनका विषयमा राष्ट्र बैंक आफैं निर्णय गर्न सक्ने फैसला गरेपछि ३० वर्षे अवकाश नीति हटाउन बाटो खुला भएको हो ।

न्यायाधीशद्वय तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले आवश्यक निर्णय गर्ने अधिकार राष्ट्र बैंकमै रहेको फैसला गरेको हो । राष्ट्र बैंकका सहायक निर्देशक ऋतुनाथ लम्सालको मुद्दामा यस्तो फैसला गरेको हो ।

राष्ट्र बैंकमा सेवाका हिसाबले ३० वर्ष र उमेरका हदका आधारमा ५८ वर्ष पुगेपछि अवकाश हुने दोहोरो व्यवस्था छ । राष्ट्र बैंकले ८ असोज २०७४ मा कर्मचारी नियमावली संशोधन गरेर सेवा अवधि ३० वर्ष पूरा गरेका कर्मचारीको अनिवार्य अवकाश पाउने व्यवस्था खारेज गरेको थियो । यो समाचार आजको राजधानी दैनिकमा छ ।

Loading...
Loading...
Loading...

पिपुल्स हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं– पिपुल्स हाइड्रोपावरको आइपिओ बुधबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा कुल ५ लाख १५ हजार...

इस्टर्न हाइड्रोपावरको आइपीओमा आवेदन दिने समय थप

काठमाडौं– इस्टर्न हाइड्रोपावर कम्पनीको आइपीओमा आवेदन दिने समय थप भएको छ । सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनमा आज सार्वजनिक बिदा...

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकोको छ । जस अनुसार आज अमेरिकी एक...

इष्टर्न हाइड्रोपावरको आईपीओ खुल्यो, आजदेखि आवेदन दिन सकिने

इष्टर्न हाइड्रोपावर लिमिटेडले आजबाट आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्काशन गरेपश्चात...

घट्यो सुनचाँदीको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला एक सय रुपैयाँ र चाँदी प्रतितोला पाँच रुपैयाँले...

कतिमा हुँदैछ आज सुन–चाँदीको कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य स्थिर रहेको छ । बुधबार प्रतितोला ९४ हजार दुई सय रुपैयाँमा कारोबार भएको...