नेपालमै पहिलो पटक बिना अपरेसन निकालियो फोक्सोको ट्युमर – Janata Live
  • Friday, February 3, 2023

नेपालमै पहिलो पटक बिना अपरेसन निकालियो फोक्सोको ट्युमर

  • जनता लाइभ
  • जेठ २२, २०७६

नेपालमै पहिलो पटक बिना अपरेसन निकालियो फोक्सोको ट्युमर

काठमाडौं । नेपाल मेडिसिटी अस्पतालमा फोक्सोमा ट्युमर बिना शल्यक्रया उपचार गरिएको छ । २० वर्षीय एक युवकको बिना शल्यक्रिया फोक्सोको ट्युमरको उपचार गरिएको अस्पालले जानकारी दिएको छ । ट्युमरको सर्जरीका विकल्पमा ‘माइक्रोवेभ एब्लेसन’ प्रक्रियाबाट उनको उपचार गरिएको हो ।

माइक्रोवेभ एब्लेसन फोक्सोको ट्युमरको उपचार गर्ने नवीनतम पद्धति हो । कलेजो, फोक्सो, थाइरोइड ग्रन्थि तथा हड्डी लगायतका स्थानमा रहेका ३ देखि ५ सेन्टिमिटर आकारका ट्यूमरको उपचार गर्न यो विधि अपनाउन सकिन्छ । चिकित्सकका अनुसार यस प्रविधिमा चिरेर गर्नुपर्ने शल्य क्रियाको आवश्यक पर्दैन ।

यसमा सुईको प्रयोगबाट ट्युमरको निराकरण गर्न सकिन्छ। चिकित्सका अनुसार यस प्रविधिमा खुला शल्यक्रिया आवश्यक पर्दैन र सुईको प्रयोगबाट ट्युमरको निराकरण गर्न सकिन्छ ।

मेडिसिटीमा गरिएको यो उपचारमा संलग्न चिकित्सक डा. ओम बिजु पन्तका अनुसार नेपालमा कहीँ–कहीँ यस प्रविधिद्वारा कलेजोमा रहेको ट्युमरको उपचार गरेको पाइएपनि फोक्सोमा भएको ट्युमरका लागि योनै पहिलो सफलता हो।

आइतबार भएको उक्त उपचार मा रेडियोलोजी विभाग प्रमुख प्रा. डा. राम कुमार घिमिरे, सोही विभागका डा. ओम बिजु पन्त तथा एनेस्थेसियोलोजिस्ट डा. अपूर्व शर्मा सहभागी थिए। उपचारपश्चात् बिरामीलाई सोमबार नै डिस्चार्ज गरिएको छ।

Loading...
Loading...
Loading...

तौल बढ्न नदिन के खाने, कसरी खाने?

काठमाडाैं- खाना घटाएर वजन घटाउने खोज्छन् धेरैले। तर, यो गलत तरिका हो। किनभने यसो गर्दा शरीरका लागि चाहिने न्युनतम तत्वको...

किन चिलाउँछ हत्केला, कसरी बच्ने?

काठमाडौं- हत्केला शरिरको संवेदनशील अंगमध्ये एक हो। यो सबै भन्दा बढी प्रयोग वा उपयोगमा आउने अंग हो। त्यसैले हत्केला चिलायो...

अमृत तुल्य ज्वानोले यस्ता रोगबाट छुटकरा मिल्छ, ज्वानोका चमत्कारी ९ फाइदा

मौसम परिवर्तनको बेला हुने संक्रमणले मानिसहरू अनेक खालका मौसमी रोगबाट पीडित छन् । यस्तोमा राम्रोसँग तरकारीमा ज्वानोको प्रयोग गर्ने हो...

विस्तारामा पिसाब फेर्ने समस्या छ ? यसाे गर्नुहाेस्

नेपालमा यो समस्या धेरै घरहरूमा देख्न र सुन्न सक्नु हुन्छ । बच्चा बच्चीहरूमा देखिने यो समस्याले एकातर्फ परिवार र आफन्तलाई...

विहान उठ्नु अघि अनिवार्य गर्नुस् यी ३ काम

जीवनमा सफलता र प्रगतिका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो चिन्तन र मनन । चिन्तनको अर्थ समस्याका विषयमा सोंचेर बस्नु भन्ने...

शरीरमा भिटामिन डीको कमी भएको ५ संकेत

अन्य पोषण तत्व झै शरीरमा भिटामिन डीको पर्याप्ता हुन जरुरी हुन्छ। सूर्यको प्रकाश भिटामिन डीको सबैभन्दा ठूलो स्रोत हो। शरिरको...

कुन अवस्थामा स्तन क्यान्सरको जोखिम बढी हुन्छ?

परिचय विकासोन्मुख देशहरुमा स्तन क्यान्सर एउटा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएको छ। स्तनमा भएका कोष कोषिकाहरुमा असामान्य परिवर्तन भई तिनीहरूको...

कफी पिउँदा रोग हैन, मुटु जोगाउँछ

न्युयोर्क- कफी पिउँदा मुटु रोग लाग्नुको सट्टा जोगाउन सकिने एउटा अध्ययनले देखाएको छ । कफीको प्रयोगलाई लिएर केही चिकित्सक र...