डेढ वर्ष पछि धकेलियो मेलम्ची – Janata Live
  • Friday, February 3, 2023

डेढ वर्ष पछि धकेलियो मेलम्ची

  • जेठ २२, २०७६

डेढ वर्ष पछि धकेलियो मेलम्ची

काठमाडौं । आगामी एक वर्षभित्र पनि मेलम्चीको पानी काठमाडौं नआउने निश्चित भएको छ । आयोजनाको बाँकी काम पूरा गर्न मेलम्ची विकास समितिले १५ महिनाको समय सीमा तोकेर टेन्डर आह्वान गरेकाले सरकारको लक्ष्य पूरा नहुने भएको हो ।

समितिले हेडबक्स निर्माणका १५ महिना र सुरुङ निर्माणका लागि १२ महिनाको समयसीमा तोकेको छ । गत ६ जेठमा बसेको मन्त्रिपरिषद् बैठकले आयोजनाको बाँकी काम तत्कालै अघि बढाउने निर्णय गरेपछि समितिले टेन्डर आह्वान गरेको हो । यो समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

सरकारले आर्थिक वर्ष ०७६–०७७ को नीति तथा कार्यक्रममा चालू आर्थिक वर्षभित्र मेलम्चीको पानी काठमाडौं ल्याउने लक्ष्य राखेको छ । सोही लक्ष्यअनुरूप सरकारले सात अर्ब ३९ करोड रुपैयाँ विनियोजन गरेको छ ।

‘टेन्डर प्रक्रिया अघि बढेको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय कम्पनीले प्रतिष्पर्धामा भाग लिन पाउने छन्,’ आयोजना प्रमुख सूर्यराज कँडेलले भने, ‘कम्पनी छनोटका लागि एकदेखि डेढ महिना लाग्छ । कम्पनी छनोट हुनेबित्तिकै काम शुरु गर्ने तयारी छ ।’

काम शुरु हुन थप एक महिना लागेमा आगामी आर्थिक वर्षमा काम सकिने सम्भावना न्यून छ । त्यसमाथि निर्माण व्यवसायी अहिले आन्दोलनमा छन् । निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद नियमावली संशोधन गरिएको भन्दै सरकारी ठेक्का प्रक्रियामा भाग नलिने घोषणा गरेको छ ।

आपूर्तिका आठ प्याकेजमा स्थानीय ठेकेदार
विभिन्न १० प्याकेजमा विभाजन गरेर बाँकी काम सक्ने योजनाअनुरूप बाँकी आठ प्याकेजको काम स्थानीय ठेकेदारलाई दिने तयारी गरिएको छ । ती आठ प्याकेज दुई ठूला प्याकेजमा आवश्यक सामग्री आपूर्तिसँग सम्बन्धित रहेको कँडेलले जानकारी दिए ।

सुरुङमार्गको ठेक्का पाउने कम्पनीले सुरुङको अन्तिम संरचना निर्माण, डाइभर्सन सुरुङ, अडिट सुरुङको लाइनिङलगायतका काम गर्नुपर्नेछ । त्यसका लागि भेन्टिलेसन बनाउने काम गरिरहेका, पाइप आपूर्ति र जडानको काम गरिहेका ठेकदारसँग समन्वय गर्नुपर्ने आयोजनाले जनाएको छ ।

हेडबक्सतर्फको ठेक्का पाउनेले पानी थुन्ने इन्टेकको संरचना, पहुँचमार्ग स्तरोन्नति कफर ड्यामको डिजाइन र निर्माण, क्याम्प साइडको मर्मतलगायतका काम गर्नुपर्नेछ । आयोजनाका अनुसार हेडबक्सको ठेक्का पाउनेले सोझै हाइड्रोमेकानिकल गेट, एसएस पाइपको आपूर्ति जडानको ठेक्का पाउने ठेकेदारसँग समन्वय गर्नुपर्नेछ । बाँकी काम सम्पन्न गर्न करिब दुई अर्ब ६० करोड रुपैयाँ लाग्ने आयोजनाले जनाएको छ ।
२९ मंसिरदेखि काम ठप्प

गत २९ मंसिरमा इटालियन ठेकेदार कम्पनी ९सिएमसी०ले विभिन्न कारण देखाउँदै आयोजनाको काम बीचमै छाडेको थियो । सिएसमीले २ पुसमा काम नसक्ने भन्दै आयोजनालाई ठेक्का रद्द गर्न पत्र बुझाएको थियो । ६ माघमा सरकारले काम छाडेर भागेको कम्पनी सिएमसीलाई ठेक्का खारेजी किन नगर्ने भन्दै त्यसको कारण भए १४ दिनभित्र जवाफ पठाउन पत्राचार गरेको थियो ।

सरकारले तोकेको समयमा जवाफ नफर्काएपछि आयोजना बोर्डले ठेक्का तोड्ने निर्णय २४ माघमा गरेको थियो, त्यसयता आयोजनाको काम ठप्प छ । उपत्यकामा पानी ल्याउने हिसाबले आयोजनाको काम अब पाँच प्रतिशत मात्र बाँकी छ । अहिले बाँध नबाँधी ड्राइभर्सन बनाएर पाइपमार्फत पानी ल्याउने गरी गरिएको छ । खोलामा बाँध बाँध्नेलगायतका अन्य बाँकी कामका हिसाबले आयोजनाको काम १० प्रतिशत बाँकी रहेको समितिले जनाएको छ ।

आयोजना ठप्प पार्ने चेतावनी
ठेकेदार कम्पनी सिएमसीले काम छाडेको ६ महिनासम्म पनि भुक्तानी नपाएको भन्दै मजदुर र ठेकेदार आन्दोलित भएका छन् । उनीहरूले आयोजनापीडित स्थानीय संघर्ष समिति नै बनाएका छन् ।

समितिले मंगलबार विज्ञप्ति जारी गरेर आयोजना ठप्प पार्ने चेतावनी दिएका छन् । भुक्तानी नभई नयाँ टेन्डर आह्वान गरिएको भन्दै उनीहरू आक्रोशित बनेका हुन् । यही अवस्थामा नयाँ ठेकेदार काम गर्न आए अमान्य हुने उनीहरूको चेतावनी छ ।

Loading...
Loading...
Loading...

पिपुल्स हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं– पिपुल्स हाइड्रोपावरको आइपिओ बुधबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा कुल ५ लाख १५ हजार...

इस्टर्न हाइड्रोपावरको आइपीओमा आवेदन दिने समय थप

काठमाडौं– इस्टर्न हाइड्रोपावर कम्पनीको आइपीओमा आवेदन दिने समय थप भएको छ । सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनमा आज सार्वजनिक बिदा...

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकोको छ । जस अनुसार आज अमेरिकी एक...

इष्टर्न हाइड्रोपावरको आईपीओ खुल्यो, आजदेखि आवेदन दिन सकिने

इष्टर्न हाइड्रोपावर लिमिटेडले आजबाट आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्काशन गरेपश्चात...

घट्यो सुनचाँदीको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला एक सय रुपैयाँ र चाँदी प्रतितोला पाँच रुपैयाँले...

कतिमा हुँदैछ आज सुन–चाँदीको कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य स्थिर रहेको छ । बुधबार प्रतितोला ९४ हजार दुई सय रुपैयाँमा कारोबार भएको...