सांसद भएर खुशी होऊ कि नागरिक भएर दुःखी, अलमलमा परेको छु : गगन थापा – Janata Live
  • Friday, February 3, 2023

सांसद भएर खुशी होऊ कि नागरिक भएर दुःखी, अलमलमा परेको छु : गगन थापा

  • जेठ २१, २०७६

सांसद भएर खुशी होऊ कि नागरिक भएर दुःखी, अलमलमा परेको छु : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले अध्ययन बिनै आर्थिक वर्ष २०७६–७७ को बजेट ल्याएको आरोप लगाएका छन् ।

दुई पार्टीबीच एकता भएर जन्मेको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को उमेर भर्खरैको भएका कारण सिद्धान्तविहीन पार्टी जस्तै बजेट पनि आएको आरोप लगाएका छन् । उनले विगतमा भएका अध्ययनको वेवास्ता गरिएको र बजेटमा स्थिर सरकारको आभास नभएको बताए ।

उनले कम्युनिष्ट सरकारको विद्धान अर्थमन्त्रीले ल्याएको बजेटले देशको समस्यालाई बुझ्न नसकेको बताए । उनले अर्थमन्त्रीलाई प्रश्न गर्दै भने, ‘बा–आमालाई एक हजार दिने काम गरें भनेर स्थापित गर्न खोज्नु भएको हो ?’

प्रतिनिधिसभाको बैठकमा सोमबार बजेटमाथिको छलफलमा धारणा राख्ने क्रममा नेकपाका महासचिव विष्णु पौडेलले वृद्धभत्ता बढेको बेठिक हो रु भनेर औपचारिक ढङ्गले भन्ने आँट गर्न प्रतिपक्षी दललाई चुनौती दिएका थिए । प्रतिनिधिसभाको मंगलबारको बैठकमा गगनले पौडेललाई ‘मेरो हिम्मत छ’ भन्दै जवाफ फर्काएका छन् ।

‘एक जना बलवान् सांसद हिजो यहाँ उभिएर चुनौती दिनुभयो । वृद्धभत्ताबारे बोल्ने हिम्मत छ’, थापाले जवाफ फर्काउँदै भने, ‘मेरो हिम्मत छ ।’ उनले आफूले विगतमा पनि शेरबहादुर देउवा सरकारले ६५ वर्षको उमेरमा वृद्धभत्ता दिने र ५ हजार पु¥याउने निर्णयको विरोध गरेको उदाहरण पेश गरे ।

‘पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले बिदा लिंदै गर्दा ६५ वर्षको उमेरमा ५ हजार वृद्धभत्ता पुर्‍याउँछु भन्दै गर्दा हचुवाको भरमा वृद्धभत्ता बढाउन पाइँदैन भनेर विरोध गरेको मात्र होइन । कानुन बनाउँदै गर्दा ७० वर्षलाई आधार वर्ष बनाउनु पर्छ उमेर झार्न पाइन्न भनेर संशोधनकर्ता सांसद हुँ म ।’

नेता थापाले थपे, ‘सामाजिक सुरक्षाका यतिधेरै कार्यक्रम छन् । एकीकरण गर्ने, ¥यासनलाइज गर्ने, कसलाई युनिभर्सल बनाउने, कसलाई टार्गेटेड बनाउने, कसलाई उत्पादनसँग जोड्ने भनेर छुट्याउने । सबभन्दा ठूलो कुरा भनेको सामाजिक सुरक्षा भनेको नगद हस्तान्तरण मात्र होइन गैरनगद प्रबन्धबाट तीन हजार मात्र होइन ३० हजारको सुविधा प्राप्त गर्ने अवस्था के यसको विषयमा छलफल गर्ने कुरा वाञ्छनीय छैन ?’

उनले आफू काठमाडौंबाट प्रत्यक्ष निर्वाचित सांसद भए पनि काठमाडौंसँग सम्बन्धित योजनाहरूमा जोडिन सक्ने अवस्था बजेटले नदिएको गुनासो गरे । ‘म प्रत्यक्ष निर्वाचित सांसद हुँ । विकासको मागसँग जोडिनु पर्छ भन्ने मलाई पनि थाहा छ । म पनि जोडिन चाहन्छु’, थापाले भने, ‘बजेटमा मेलम्ची आयोजना, सुरुङ मार्ग निर्माण गरेर राजधानी जोड्ने, अतिक्रमित जग्गाको कुरा, हरित शहरीकरण, साइकल सिटीको कुरा छ । यो मेरो निर्वाचन क्षेत्रसँग सम्बन्धित छ । म यसमा जोडिन चाहन्छु । तर कसरी जोडिने भनेर प्रश्न राख्छु, उत्तर आउँदैन । संसदमा प्रस्ताव राख्छु, छलफल हुँदैन ।’

नेता थापाले भने, सरकार मलाई यी सबैसँग अलग राख्छ र भन्छ–माननीय ज्यू तपाईंले ६ करोड प्राप्त गर्नु भएको छ । जानुस् निर्वाचन क्षेत्रमा, मन्दिरको पर्खाल बनाउनुहोस् । सामुदायिक भवन बनाउनुहोस् । किरियापुत्रीको भवन बनाउनुहोस् ।

जनतासँग जोडिनुस् । हामी निर्वाचन क्षेत्रका जनतासँग जोडिन ६ करोडको होइन, ६ खर्बको हाम्रो ठाउँसँग जोडिएको नीतिसँग जोडिन चाहन्छौं । योजनासँग जोडिन चाहन्छौं ।’ उनले भने, ‘बजेटबारे अर्थमन्त्रीलाई प्रश्न सोध्न चाहन्छु, सांसद भएर खुशी हौं कि नागरिक भएर दुःखी हौं अलमलमा परेको छु ।’

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ – सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९...