सडक खन्ने क्रममा अचानक फेला पर्‍यो गुप्तेश्वर महादेवको मूर्ति ! – Janata Live
  • Wednesday, February 8, 2023

सडक खन्ने क्रममा अचानक फेला पर्‍यो गुप्तेश्वर महादेवको मूर्ति !

  • जनता लाइभ
  • जेठ २०, २०७६

सडक खन्ने क्रममा अचानक फेला पर्‍यो गुप्तेश्वर महादेवको मूर्ति !

रामप्रसाद राई गाउँपालिका–३ भुल्केमा सडक खन्ने क्रममा देवीदेवताको मूर्ति फेला परेको छ । देवताको मूर्ति फेला परेपछि सो स्थललाई अहिले ‘गुप्तेश्वर महादेव’ नामाकरण गरी स्थानीयले संरक्षण गरिरहेका छन् ।

स्थानीय पुजारी गणेशप्रसाद निरौलाका अनुसार परापूर्व कालमा त्यहाँ देवस्थल रहेको तर पहिरोले पुरिएको हुनसक्ने र अहिले सडक खन्ने क्रममा मूर्ति फेला परेको हो । देवस्थलमा अहिले भक्तजन आउने गरेका छन् । सो ठाउँमा साँझ बिहान पूजापाठ गरिन्छ । उक्त स्थानमा शिवलिङ्गसँगै अन्य विभिन्न देवीदेवताको मूर्तीसमेत देख्न सकिन्छ । “स्थानीय स्तरमा संरक्षण समिति गठन गर्दैछौँ” निरौलाले भन्नुभयो ।

धार्मिक स्थलको संरक्षणसँगै प्रचारप्रसारको काम भइरहेको वडाध्यक्ष डिकमान राईले बताउनुभयो । गत पुसमा वडा कार्यालयदेखि धोद्खानीको फिलुङगेटारसम्म करीब तीन किलोमिटर सडक विस्तारका क्रममा विभिन्न देवीदेवताको मूर्ति भेटिएको हो । “भुगर्भविद् ल्याएर यथार्थ पत्ता लगाउने तयारीमा जुटेका छौँ”, राईले भन्नुभयो । अहिले सो ठाउँमा विभिन्न समयमा मेलासमेत लाग्ने गरेको छ । गाउँपालिकाका अध्यक्ष विजय राई योजनाबद्ध ढङ्गले यसको विकासका लागि आगामी वर्ष बजेट विनियोजन गर्ने बताउनुहुन्छ ।

साप्ताहिक राशिफल : हेर्नुहोस् तपाइँको यो साता कसरी वित्नेछ ?

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)मन अशान्त रहला, सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान्,विगतको श्रमबाट भने लाभ हुनेछ,उद्योग र व्यापारमा विशेष फाइदा हुने समय छ, सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ धन आर्जन को साधन बन्ने छ नयाँ-नयाँ ब्यक्ति हरुसङ्ग सम्पर्क हुनेछ जसद्वारा आफुलाइ लाभ मिल्ने छ। खर्च अधिक हुने छ आफ्नो कार्य मा ध्यान दिनु होला नभए कार्यमा बाधा उत्तपन्न हुन सक्छ, गोपनीयतामा ध्यान पुर्याउनुहोला।

वृष (इ,उ,ए,ओ,बा,बि,बु,बे,बो)आसाअनुकुल लाभ मिल्ने छ धनको खर्च अधिक बड्ने छ आफ्ना इस्टमित्र, भाइ बन्धु सँङ्ग भेट घाट एवं सम्पर्क हुनेछ। उन्नति को अवसर प्राप्त हुनेछ, सन्तानद्वारा खुसिको अनुभूति मिले छ, नयाँ कार्य को योजना बन्ने छ। परिस्थितिमा केही असहजता बढ्न सक्छ,सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ, आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ,धेरैले तपाईंका कामको तारिफ गर्नेछन्, सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)स्थान परिवर्तनएवं बिदेश समन्धि लाभ प्राप्त हुने छ, परिवार मा ब्यर्थ मा वादबिवाद हुनेछ, छिमेकमा पनि असमझदारी बढ्न सक्छ, भने परिवारमा नयाँ खबर सुन्न पाइनेछ, मान सम्मान मिल्ने छ। प्रतिस्पर्धाबाट सामान्य फाइदा हुनेछ,पढाइलेखाइमा बाधा हुनेछ भने व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ,नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला, शत्रुहरू किनारा लाग्नेछन भने मानसिक चिन्ता बड्नेछ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)पतिपत्नीमा असमझदारी हुनेछ, सानातिना समस्याले अप्ठ्यारो परिस्थिति सिर्जना हुनेछ ,स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुन सक्छ, आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ, भाइबन्धु सँङ्ग मतभेद हुनेछ, भविष्यका लागि विशेष काममा जग बसाउने मौका, छ, तत्काल ठूलो फाइदा भने नउठ्न सक्छ, धर्मकर्म मा रुचि बड्ने देखिन्छ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)धन आर्जनको साधन बनिरहने छ भने पशु र जमिनबाट पनि सामान्य लाभ होला, अरूको भर पर्दा धोका हुन सक्छ, भौतिक साधन जोड्ने समय छ, चोट आदिको भय रहेको छ, केही अप्ठ्यारा परिस्थिति आउन सक्छन्, सचेत हुनुहाेला,विगतको श्रमबाट भने लाभ हुनेछ, आर्थिक योजनामा केही बिघ्न बाधा आउन सक्छ,मानसिक तनाब शारीरिक आलस्य एवं चिन्ता बड्ने छ।

कन्या (टो,प,पि,पु,ष,ण,ठ,पे,पो)स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ, काममा लगानी बढाउने समय रहेको छ,सन्तान चिन्ता मनमा अशान्त क्रोध बड्नेछ। बेलामा होश नपुग्नाले खर्च मात्र हुनेछ, स्थान परिवर्तनको सम्भावना रहेको छ, सन्तान समन्धि केही जटिल समस्या उत्पन्न हुनेछ, आफन्तबाट टाढिनुपर्ला,आफ्नै कमजोरीले विवादमा परिनेछ भने लगनशीलताले फाइदा हुनेछ,टाढाको यात्रा सम्भावना छ, भने धार्मिक कार्यमा रुचि बड्ने छ।

तुला (र,रि,रु,रे,रो,ता,ति,तु,ते)सुख सुबिधा मा वृद्धि होला,आतिथ्यपूर्ण सम्मान मिल्नेछ,सहयोगीहरूबाटै धोका पाइएला, व्यावसायिक काममा खर्च बढ्नेछ,काम पूरा नहुनाले खिन्नता बढ्ला, सेवामूलक कामबाट प्रतिष्ठा मिल्न सक्छ, मुद्दा–मामिलामा विजयी भइनेछ, आम्दानी कम भए पनि जीवनसाथीका माध्यमबाट काम बन्न सक्छ। स्वास्थ्य अवस्था कम्जोर रहनेछ भने बिदेशी कार्य मा धन खर्च बड्नेछ।

वृश्चिक–(तो,व,ना,नि,नु,ने,नो,या,यि, यु)मानसिक तनाब आकस्मिक धन खर्च कार्य ब्यवसायमा बिघ्न बाधा आउने छ्न् । घर जग्गा लेनदेन कार्य मा ध्यान दिनु होला, बाध्यतापूर्ण काममै समय बित्न सक्छ, आफ्नो कर्मको उचित प्रतिफल पाइनेछ, कार्य शुभारम्भ गर्न सकिनेछ, रोकिएको काम बन्ने छ,परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ, आर्थिक रूपमा केही नोक्सानी हुन सक्छ भने परिवार सन्तान पक्षबाट सुख मिल्ने छ।

धनु (ये,यो,भ,भि,भु,ध,फा,ढ,भे)बिग्रेका काम बन्नेछन् कीर्तिमानी काम गर्ने समय छ, स्वास्थ्यमा समस्या आउने छ,गोपनीयतामा ध्यान पुर्याउनु होला अझ समस्या थपिन सक्छन्, सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ,चोट आदिको भय रहेको छ, उपचारमा अधिक खर्च हुने योग छ भने भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने छ।

मकर (भो,ज,जि,खि,खु,खे,खो,गा, गि)आफ्नो काममा अरुको सहयोग प्राप्त हुनेछ, आर्थिक कार्य मापरिवारको सहयोग मिल्नेछ, मानप्रतिस्ठा बढ्नेछ, विगतको श्रमबाट भने लाभ हुनेछ, महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहाेला,माताकाे सहयाेग र मातृधनकै उपयोगबाट लाभ उठाउन सकिनेछ। रहन सहन को स्तर मा सुधार आउने छ,धर्म कर्ममा रुचि बड्ने छ, भने समयानुकूल केही लाभ मिल्ने छ ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,द)शुभ कार्यको थालनी हुनेछ। धर्म कर्ममा रुचि बड्नेछ, कृषि तथा पशुपालनमा लाभ हुनेछ व्यापारमा प्रशस्त फाइदा हुने योग छ, चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ, संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिने समय छ, शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ, ब्यपारमा पनि प्रशस्त फाइदा हुनेछ। रिस बड्ने छ, शान्त रहनु होला अनि मात्र कार्य सिद्ध हुने छ,धन खर्च अधिक हुने छ भने सन्तान द्वारा आसाअनुसार को फलप्राप्त हुने छ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,च,चि)ब्यवसाय क्षेत्र मा उत्साहा बड्ने छ आय आर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ पारिवारिक समस्या एवं स्वास्थ्य अवस्था कम्जोर रहने छ, पैत्रिक सम्पत्ति सम्बन्धी समस्या आउनेछ भने मुद्दा–मामिलामा विजयी भइनेछ, माताकाे सहयाेग र मातृधनकै उपयोगबाट लाभ उठाउन सकिनेछ, पशुधन र जमिनबाट पनि सामान्य लाभ होला, अरूको भर पर्दा धोका हुन सक्छ।

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...