मेयर सहित चारजनाविरुद्ध पक्राउ पुर्जी – Janata Live
  • Thursday, October 21, 2021

मेयर सहित चारजनाविरुद्ध पक्राउ पुर्जी

  • जेठ २०, २०७६

मेयर सहित चारजनाविरुद्ध पक्राउ पुर्जी

काठमाडौं । राष्ट्रिय वन क्षेत्रमा अनधिकृत रुपमा नाला निर्माण गर्न एक्साभेटर प्रयोग गर्ने मेयरसहित चार जना विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । राष्ट्रिय वन क्षेत्रमा अनधिकृत रुपमा नाला निर्माण गर्न एक्साभेटर प्रयोग गर्ने मेयरसहित चार जना विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।

डिभिजन वन कार्यालय सप्तरीले सप्तकोसी नगरपालिकाका मेयर उत्तमकुमार शर्मा, वडा नम्बर १ का अध्यक्ष नारायण आचार्य र उपभोक्ता समितिका दुई पदाधिकारी विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

नगरपालिकाले सप्कोसी–१ भत्तेपुरमा पर्ने चुरे क्षेत्रबाट आउने खोलालाई डाइभर्ट गर्न नाला निर्माण गरिरहेको छ । त्यो नाला राष्ट्रिय वन क्षेत्रमा परेको छ । वन क्षेत्रमा अनधिकृत रुपमा नाला निर्माण गरेकाले पक्राउ पुर्जी जारी गरिएको डिभिजन वन कार्यालयका प्रमुख धीरेन्द्रप्रसाद सिंहले जानकारी दिनुभयो ।, नयाँ पत्रिका दैनिकले छापेको छ ।

Loading...
Loading...
Loading...