बारा पर्सापछि नबलपरासी र अर्घाखाँचीमा हावाहुरी, १० बर्षीया बालिकाको मृत्यु, दर्जनौ घाइते – Janata Live
  • Friday, February 3, 2023

बारा पर्सापछि नबलपरासी र अर्घाखाँचीमा हावाहुरी, १० बर्षीया बालिकाको मृत्यु, दर्जनौ घाइते

  • जनता लाइभ
  • जेठ २०, २०७६

बारा पर्सापछि नबलपरासी र अर्घाखाँचीमा हावाहुरी, १० बर्षीया बालिकाको मृत्यु, दर्जनौ घाइते

काठमाडौं । नबलपरासी र अर्घाखाँचीमा हावाहुरीले वितण्ड मच्याएको छ । आइतबार बेलुका आएको हावाहुरीका कारण नवलपरासी र अर्घाखाँचीका बस्तीमा क्षती पुराएको छ ।

हावाहुरीका कारण अर्घाखाँचीमा दुई दर्जनभन्दा बढी घरमा क्षति पुगेको छ । त्यसैगरी नवलपरासीमा एक बालिकाको मृत्यु हुनुका साथै ८० भन्दा बढी घरमा क्षती पुगेको प्रहरीले जनाएको छ ।

नवलपरासीमा आएको हावाहुरीले घरको जस्तापाता उडाउँदा जस्तापाताले लागेर विनयी त्रिवेणी गाउँपालिका–७ त्रिवेणीकी १० वर्षीया अञ्जली यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिवेणीका प्रहरी नायब निरीक्षक कृष्ण शाहले जानकारी दिए। जस्तापाताले लागेर अञ्जलीको घटनास्थलमा नै मृत्यु भएको हो। हावाहुरीका कारण उडाएको जस्तापाताले लागेर अन्य केही व्यक्तिसमेत घाइते भएको उनले बताए।

हावाहुरीले विनयी त्रिवेणी वडा नम्बर ६ र ७ मा गरी करिब ८० घरमा क्षति पु¥याएको प्रहरी नायब निरीक्षक शाहले जानकारी दिए। हावाहुरीले घरको छानो उडाइदिएको छ। हावाहुरीका कारण नेपाल भारत सीमा त्रिवेणी व्यारेज पुलमा सिसीटिभी अनुगमनका लागि स्थापना गरिएको अस्थायी प्रहरी पोष्टमा समेत क्षति पुगेको छ।

त्यसैगरी अर्घाखाँचीमा राति आएको हावाहुरीले जिल्लाका ६ वटै स्थानीय तहका दुई दर्जनभन्दा बढी घरमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। हावाहुरीले छत्रदेव गाउँपालिकामा मात्र एक दर्जनभन्दा बढी घरको छानो उडाएको छ। हावाहुरीले पोल ढलेकाले विद्युत सेवा अवरुद्ध भएको छ। टेलिफोन सेवा पनि अवरुद्ध भएकाले क्षतिबारे थप जानकारी दिन समस्या भैरहेको प्रहरीले जनाएको छ।

सोमबार विहानैदेखि हावाहुरी प्रभावित क्षेत्रमा प्रहरीको टोली गएको छ । अन्य क्षति के कति भयो यस सम्बन्धी विवरण आउन बाँकी छ ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ – सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९...