डेनमार्कमा कांग्रेसको कार्यक्रममा परिवारसहित २५ जनाको टोली – Janata Live
  • Saturday, February 4, 2023

डेनमार्कमा कांग्रेसको कार्यक्रममा परिवारसहित २५ जनाको टोली

  • जेठ २०, २०७६

डेनमार्कमा कांग्रेसको कार्यक्रममा परिवारसहित २५ जनाको टोली

काठमाडौंं। कांग्रेसको विदेशस्थित नेपाली जनसम्पर्क समितिले डेनमार्कको कोपनहेगनमा गर्न लागेको प्रशिक्षण कार्यक्रममा केन्द्रीय नेतासहित २५ जना सहभागी हुने भएका छन् ।

आगामी २१ देखि २३ जुन (६–८ असार) सम्म हुने ३२ वटै देशमा रहेका समितिका महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यसहितका कार्यकर्तालाई दिइन लागेको प्रशिक्षण कार्यक्रममा नेपालबाट नेता र तिनका आफन्तको लर्को लाग्ने भएको हो ।

कांग्रेसले एउटै कार्यक्रममा धेरै नेतालाई आसनग्रहण गराउँदा र वक्ता बनाउँदा कार्यक्रमको उद्देश्य नै प्रभावित हुने भन्दै छरितो कार्यक्रम गर्ने घोषणा गरेको थियो । तर, विदेशमा हुन लागेको कार्यक्रममा कांग्रेस नेताहरू परिवारसहित जान लागेपछि यसले खर्च बढाउने र विदेशमा कार्यक्रमको व्यवस्थापन गर्न गाह्रो हुने भन्दै पार्टीभित्रैबाट विरोध शुरु भएको छ ।

केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक एवं उपसभापति विमलेन्द्र निधिले आफूसहितका पदाधिकारी, केन्द्रीय नेता, प्रतिष्ठानका सदस्यसहितका नेता डेनमार्क जान लागेको जानकारी दिए ।

‘३२ वटा देशमा रहेका कांग्रेसका जनसम्पर्क समितिका महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यसहित आउन चाहने सदस्यलाई प्रशिक्षण दिन बोलाएका छौँ,’ निधिले नयाँ पत्रिकासित भने, ‘प्रशिक्षणमा केही समयअघि पारित कांग्रेसको विधानको व्यवस्था, महसमितिका राजनीतिक, आर्थिकसहितका प्रस्तावका विषयमा छलफल हुनुका साथै विदेशमा रहेका नागरिकलाई मताधिकारको व्यवस्था गर्न सर्वोच्च अदालतले दिएको आदेशलाई कार्यान्वयन गराउन दबाब दिने कार्यक्रम छ ।’ प्रशिक्षणका लागि जान लागेका नेताहरूको भिसा आवेदन दिइसकिएको छ ।

प्रशिक्षण केका लागि ?

प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले पनि विश्वभर रहेका कांग्रेसका कार्यकर्ताबीच आइडिया सेयर गर्ने र नेपालको विकासका लागि सुझाब लिन कार्यक्रम गर्न लागिएको जानकारी दिए ।

‘३२ वटै देशको जनसम्पर्क समितिको कोअर्डिनेसन डेनमार्कको समितिले गर्नेछ,’ उनले भने, ‘त्यहाँ तीनदिने प्रशिक्षणमा डेमोक्रेटिक कल्चरबारे आइडिया सेयर गर्ने, नेपालमा भएको परिवर्तनलाई विदेशमा भएका नेपालीले कसरी लिएका छन् र नेपालको शान्ति, समृद्धिमा उनीहरूले कसरी योगदान गर्न सक्छन् भन्ने पनि बुझ्नेछौँ ।’

पूरै कार्यक्रमको संयोजन डेनमार्कस्थित जनसम्पर्क समितिमा सभापति वीरेन्द्रसिंह कार्कीले गरेका छन् । पहिलो दिन कार्यक्रमको उद्घाटन, दोस्रो र तेस्रो दिन प्रशिक्षणको कार्यक्रम रहेको खबर नयाँ पत्रिका दैीनकले छापेको छ ।

श्रीमती र दुई छोरासहित जाँदै उपसभापति निधि
अपारदर्शी ढंगले नाम छनोट

डेनमार्क जाने नेताहरूको नाम अपारदर्शी ढंगले छनोट गरिएको एक केन्द्रीय सदस्यले बताए । ‘एउटै कार्यक्रममा यसरी यति धेरै नेता जाने कार्यक्रम भएपछि पार्टीमा छलफल भएको छैन,’ ती नेताले भने, ‘कसलाई लाने र नलाने भन्ने नेताहरूले स्वविवेकमा तय गरेका छन् । यति धेरै संख्यामा किन जान लागियो आश्चर्य लागेको छ ।’

उपसभापति निधि त परिवारसहित नै जाँदै छन् । उनको साथमा पत्नी र दुई छोरा पनि हुने बताइएको छ । ‘पार्टीले राष्ट्रिय जागरण अभियानदेखि कार्यक्रमलाई छरितो बनाउने घोषणा ग¥यो,’ कांग्रेसका एक केन्द्रीय सदस्य भन्छन्, ‘यति धेरै जन्ती डेनमार्क होइन, डिल्लीबजारमा हुने कार्यक्रममा पनि जान हुँदैन ।’ जति नेता गए पनि भाषणै गर्ने भन्दै उनले उपसभापति र महामन्त्री मात्रै गए पुग्ने बताए । सकारात्मक प्रभावका लागि गर्न लागिएको कार्यक्रममा जाँदा सम्पर्क समितिलाई अनावश्यक आर्थिक भार पर्ने र नकारात्मक प्रभाव पर्ने उनको भनाइ छ ।

पौडेल भन्छन, ‘नो कमेन्ट’

१२ औं महाधिवेशनपछि प्रतिष्ठानकै नेतृत्व सम्हालेका नेता रामचन्द्र पौडेलले निष्पक्ष रूपमा कार्यक्रम गर्नुपर्ने पक्षमा आफू रहेको बताए । ‘प्रशिक्षणको बोलाउनुपर्ने सबैलाई बोलाइएको छैन भन्ने सुनेको छु’ पौडेलले भने, ‘बेल्जियम, अष्ट्रेलिया, क्यानडा, जापानसहित देशका समितिलाई नबोलाइएको सुनेको छु । सबैलाई बोलालाएर राम्रो, निष्पक्ष र छरितो कार्यक्रम गर्नुपर्छ ।’
यी हुन् डेनमार्क सूचीमा रहेका नेता रपदाधिकारी

उपसभापति विमलेन्द्र निधि दुई छोरा र श्रीमतीसहित
डा. शशांक कोइराला महामन्त्री
विश्वप्रकाश शर्मा, प्रवक्ता

केन्द्रीय सदस्यहरू
डा. रामशरण महत
डा. मिनेन्द्र रिजाल
नविन्द्रराज जोशी
गगन थापा
भीष्मराज आङदेम्बे

दीपक गिरी
धनराज गुरुङ
अर्जुनप्रसाद जोशी
गोविन्द्र भट्टराई
किरण पौडेल आमन्त्रित सदस्य

आरजु राणा
दुर्लभ थापा भक्तपुर सभापति
प्रतिष्ठानका तर्फबाट
पुरुषोत्तम दाहाल (कार्यकारी निर्देशक)

राजु नेपाल
कान्ता रिजाल
नानुमैंया बास्तोला
प्रतिमा गौतम

मुक्ति आचार्य (सचिव केन्द्रीय कार्यालय)
प्रकाश शर्मा (केन्द्रीय कार्यालय)
यी हुन् डेनमार्क जाने
तयारीमा रहेका नेता

विमलेन्द्र निधि, उपसभापति
डा. शशांक कोइराला, महामन्त्री
विश्वप्रकाश शर्मा, प्रवक्ता
केन्द्रीय सदस्यहरू

डा. रामशरण महत
डा. मीनेन्द्र रिजाल
नवीन्द्रराज जोशी

गगन थापा
भीष्मराज आङदेम्बे
दीपक गिरी
धनराज गुरुङ

अर्जुनप्रसाद जोशी
गोविन्द्र भट्टराई
किरण पौडेल
आरजु राणा
दुर्लभ थापा
(भक्तपुर सभापति)

प्रतिष्ठानका तर्फबाट

पुरुषोत्तम दाहाल
(कार्यकारी निर्देशक)
राजु नेपाल
कान्ता रिजाल

नानुमैयाँ बास्तोला
प्रतिमा गौतम
मुक्ति आचार्य
(सचिव केन्द्रीय कार्यालय)
प्रकाश शर्मा
(केन्द्रीय कार्यालय)

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ – सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९...