विवाह गरे ५० हजार छुट ! – Janata Live
  • Friday, February 3, 2023

विवाह गरे ५० हजार छुट !

  • जेठ १९, २०७६

विवाह गरे ५० हजार छुट !

काठमाडौं । सरकारले केही दिन अघि ल्याएको नयाँ बजेटमा आगामी आर्थिक वर्षका लागि आयकरका दरहरुमा वृद्धि गरिएको छैन् । बजेटमा आयकर छुट हुने सीमा वृद्धि गरी अविवाहित व्यक्तिका लागि ४ लाख र विवाहित व्यक्तिका लागि साढे चार लाख पु¥याउने व्यवस्था गरिएको छ ।
यसअघि अविवाहितले तीन लाख ५० हजार र विवाहितले चार लाखसम्मको आम्दानीमा कर तिर्नुपर्दैनथ्यो ।

यसैगरी बजेटमा एक व्यक्ति एक स्थायी लेखा नम्बर नीतिलाई कार्यान्वयन गर्न जुनसुकै आन्तरिक राजस्व कार्यालयबाट स्थायी लेखा नम्बर लिन सक्ने व्यवस्था मिलाइएको छ ।

यसका साथै, कारोबारमा आधारित पुनरावलोकन गरिएको, सामाजिक सुरक्षाकोषको आयमा कर नलाग्ने व्यवस्था मिलाइएको, बैंक तथा वित्तिय व्यवसायीको मर्जरमा कर छुट गरिएको, दुर्घटना तथा स्वास्थ्य बिमामा मूल्य अभिवृद्धि कर नलाग्ने व्यवस्था मिलाइएको, र कर दाताको आयविवरणमा कुनै त्रुटि भएमा पेस गरेको मितिले ३० दिन भित्र संसोधित आय विवरण बुझाउन सक्ने कानूनी व्यवस्था मिलाइएको बजेटमा उल्लेख छ ।

कर्मचारीको तलब १८ र २० प्रतिशत वृद्धि, संघीय कर्मचारीको तलब–भत्तामा २८ अर्ब थप खर्च वामपन्थी सरकारले राष्ट्रसेवक कर्मचारीलाई पनि खुसी बनाएको छ । राजपत्र अनंकित कर्मचारी (सुब्बासम्म) को तलब मासिक २० प्रतिशतले बढेको छ भने राजपत्रअंकित (अधिकृत र सोभन्दा माथि) को तलब १८ प्रतिशतले बढेको छ ।

Loading...
Loading...
Loading...

भाइटीकाको साइत कुन देशमा कतिबजे ?

काठमाडौं– यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा जुरेको छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले यस वर्षको...

सत्यमोहनले इच्छाएको चक्रसंवर

जोशी अस्पताल भर्ना भएदेखि नै चित्रकारको मनमा बेचैन छ– छिटो पूरा गरेर देखाउने । मौलिक शास्त्रअनुसार चित्रहरू कोर्ने, रङ भर्ने...

जोशीको निधनमा एक दिन शोक बिदा दिने सरकारको घोषणा

काठमाडौं– वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको सम्मानमा सरकारले एक दिन राष्ट्रिय शोक बिदा दिने भएको छ । जोशीको पार्थिव शरीरमा...

सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको उपचारकै क्रममा किष्ट अस्पतालमा निधन भएको...