लोकसेवा आयोगको विज्ञापन विरुद्ध माइतीघरमा २ घण्टा धर्ना – Janata Live
  • Sunday, February 5, 2023

लोकसेवा आयोगको विज्ञापन विरुद्ध माइतीघरमा २ घण्टा धर्ना

  • जेठ १७, २०७६

लोकसेवा आयोगको विज्ञापन विरुद्ध माइतीघरमा २ घण्टा धर्ना

काठमाडौं । लोकसेवा आयोगले निकालेको विज्ञापन प्रति असन्तृष्ट जनाउँदै मधेसी तथा दलीत विद्यार्थीहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् । लोकसेवा आयोगले जेठ १५ गते निकालेको निजामती कर्मचारीको रिक्त पद पुर्तिका लागि कर्मचारी भर्ना गर्ने बिज्ञापनमा दलित जनजाति मधेसी र अल्पसंख्यकहरुलाई वेवास्ता गरी समावेशीता तथा समानुपातिक व्यवस्थाको बेवास्ता गरेको भन्दै माइतीघरमा प्रदर्शन गरेका हुन् ।

संविधानमा उल्लेख गरेको समाबेसी समानुपातिक प्रणालीलाई बेवास्ता गर्दै गर्दै न्युनतम मापदण्ड पनि अबल्म्बन गरि पद पुर्ती गर्न खोजिएको भन्दै उक्त विज्ञापन खारेजको माग गरेका छन् ।

शुक्रबार एक विज्ञप्ती जारी गर्दै विज्ञापन खारेज गरी समावेशी प्रणालीमा नलगे चरण बद्द आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।

बिज्ञापनमा दलित जनजाति मधेसी र अल्पसंख्यकहरुलाई देशले संविधानमा उल्लेख गरेको समाबेसी समानुपातिक व्यवस्थालाई बेवास्था गर्दै न्युनतम मापदण्ड पनि अबल्म्बन गरि पद पुर्ती गर्न खोजिएको हुँदा लोकसेवा आयोगको यस कार्यको विरुद्ध चरण बद्द आन्दोलन गर्ने चेतावनी रुवरुप मधेसी विद्यार्थी र दलित विद्यार्थी नेताहरुको संयुक्त प्रयासमा बिरोध प्रदर्शन गरेका हुन् ।
सोही अनुसार मधेसी विद्यार्थी र दलित विद्यार्थी नेताहरुको संयुक्त रुपमा काठमाडौंको माइतीघर मन्ड्लामा शुक्रबार २ घन्टा धर्ना दिएका हुन्।

कार्यक्रममा नेबिसंघका नेता पवन नेपाली, अखिल क्रान्तिकारिका राम नेपाली, दलित विद्यार्थी संघ नेता होम बिस्वकर्मा, मङ्ग्ल नेपाली अनेरास्ववियुका नेता दिपा नेपाली, मधेसी विद्यार्थीका नेता देभ नारायण यादव, अजय मिश्र लगाएत ठूलो संख्यामा उपस्थित विद्यार्थीहरुले साङ्केतिक बिरोध प्रदर्शन कार्यक्रम गरेका थिए ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ – सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९...