बाख्राको मासु बेच्नेलाई ५० हजार जरिवाना – Janata Live
  • Sunday, February 5, 2023

बाख्राको मासु बेच्नेलाई ५० हजार जरिवाना

  • जेठ १७, २०७६

बाख्राको मासु बेच्नेलाई ५० हजार जरिवाना

नेपालगञ्ज १७ जेठ । खसीको मासु भनेर ग्राहकलाई झुक्याएर बाख्राको मासु बिक्री गर्ने नेपालगञ्जका एक मासु पसलेलाई रु ५० हजार जरिवाना गरिएको छ। नेपालगञ्ज उपमहानगरपालिका–८ स्थित ‘बब्लु फ्रेस हाउस’का सञ्चालक सवानअली कुरेसीलाई कारवाही गरिएको हो।

पशु क्वारेन्टाइन कार्यालयका प्रमुख डा शितलबाबु श्रेष्ठका अनुसार अनुगमनका त्रममा कुरेसीले खसीको मासु भन्दै झुक्याएर बाख्राको मासु बेच्ने गरेका थिए। सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्याय, वाणिज्य कार्यालयका प्रमुख कृष्ण पौडेल, उपमहानगरपालिका र प्रहरीसहितको टोलीले मासु पसलको अनुगमन गरेको हो।

अनुगमन गर्न आएको थाहा पाएपछि अधिकांश मासु पसले पसल बन्द गरी भागेका थिए। सो क्रममा पसल दर्ता नगरी सञ्चालनमा आएका ६ मासु पसलमा ताला लगाइएको छ। रासस

यो पनि पढ्नुहोस्,सत्य बोल्नु, क्रोध नगर्नु, थोरै भएपनि दान गर्नु !
एकसमय श्रावस्तीको जेतवन मा विहार लिनु भएको बेला, महामोग्गल्लान थेर चारिका गर्दै सुगति प्राप्ति व्यक्तिहरुको सम्पर्कमा आउँनु भयो।
महामोग्गल्लान थेरले उनिहरु लाई सोध्नु भयो कि —

वहाँहरुले यस्तो के पुण्य कार्य गर्नु भएको थियो, जस को उत्तम बदलामा वहाँहरुको यो सुगति (स्वर्ग) प्राप्त भयो ?

उहाँहरु मध्ये प्रथममा एउटाले बताए कि- उनिले नत अफ्नो धेरै धन हरुलाई दानमा लगाएका थिए, अर्थात, नत उनले ज्यादा दाननै दिएका थिए, र नत राम्रो धम्म श्रवणनै गर्न पाएका थिए, उनले त केवल आफ्नो जीवनमा सत्य बोले का थिए। त्यै पुण्यको प्रभावले गर्दानै उनलाई यो सुगति प्राप्त भएको हो, भनेर उत्तर दिए।

दोस्रो पटकमा एउटि स्त्री थिइन् , उनले भनिन् कि( मैले आफ्ना पुत्रहरु आदिलाई सम्झाउन र सिधा पार्न भन्दै बहुतै पिटेँ (हिर्काएँ) को थ्यें, धेरै राम्रो-नराम्रो गालीहरु पनि गरेको थ्यें, परन्तु उनकोमनमा उनिहरु प्रति, कैलै थोरै मात्रमा पनि रिस, क्रोध, द्वेष थिएन, नराम्रो भावना भन्ने थिएन। त्यसैले त्यै पुण्यको प्रतापले उनको यो सुगति भएको हो।

तेस्रो पटक का व्यक्तिले भने कि- उनले त अल्पतम उखु, मात्र भिक्खुहरुलाई दिएका थिए, त्यस दान को तेज प्रतापले उनको यो सुगति को भव भएको हो।

यी तीन प्रकारका सत्कर्म (कुसलकर्म) फलहरु को बारेमा सुनेर महामोग्गल्लान तथागत भगवान् बुद्ध कहाँ जानु भयो र भगवानलाई यो बिषय बारे सोध्नु भयो कि –

भगवान- के ? सत्य मात्र बोल्नाले, क्रोध मात्र नगर्नाले र मात्र थोरै अल्प उखु, आदि दान गर्नाले, कोही सुगतिनै पाउन सक्छन् ? उत्तरमा भगवान ले यो गाथा गर्नु भयो-गाथा- सच्चं भणे, न कुज्झेय्य, दज्जाप्पस्मिम्पि याचितो । एतेहि तीणि ठानेहि , गच्छे देवान सन्तिके ।।”अर्थ-सत्य बोल्ने, क्रोध नगर्ने। थोरै मात्रामा पनि माग्नेलाई दान दिने। यी तीन कर्महरुले सुगतिको भवमा जाँदछन्। एतेन सच्चवज्जेन भवतु सब्ब मंगलं।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ – सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९...